
बजार प्रवेशका क्रममा एउटा उदेश्य लिएर उत्साहका साथ लगानी बढाउने हामी लगानीकर्ता बजार प्रवेश गरिसके पछी भने आफुले आफुलाई असुरक्षित महसुष गर्छौं । हाम्रो यस्तो मान्यता हुन्छकि आज लगानी गरेपछी सकेसम्म आजै बजार बन्द हुँदा नत्र भोली त मैले किनेको सेयरको मुल्य बढ्नै पर्छ ! सोचे अनुरुप बढ्यो भने दंग पर्दै कागजी नाफामा रमाउने अनि घट्न थाल्यो भने आत्तिएर घाटामै फालिदिने अनि “हैट यो त जुवा नै पो रैछ” भन्दै हिंड्ने कतिपय भेटिन्छन् बजारमा।
असारमा रोपेको धान भित्र्याउन मंसिरसम्म कुर्नै पर्छ । एउटा कुखुरा तयार पार्न पनि चल्ला हुलेर ४५ दिन त कुर्नै पर्छ । स्याहार सुसार र रेखदेख पनि उत्तिकै आवश्यक हुन्छ। धैर्यता त झनै आवश्यक छ।
सेयर बजार चाहिं कुन त्यस्तो जादुको क्षेत्र हो र आज को भोली नै प्रतिफल दिनें ? एउटा कुरा राम्रोसँग बुझ्नु जरुरी छ कि हामिले लगानी गरेको कम्पनीलाई आफ्नो श्रोत,साधनको सक्दो उपयोग गरेर कमाउन १ बर्ष लाग्छ। सोही अनुसार उसले लगानिकर्तालाई प्रतिफल दिने हो। अनि हामी चाहिं उक्त कम्पनीको सेयरमा आज लगानी गरेर आजको आजै नभए भोलीनै कमाउन खोज्ने ?
बजार प्रवेश गरिसके पछी हामी आफ्नो बाटोबाट बिचलित हुन्छौं, सुरुको उदेश्य बिर्सन्छौं, सकारात्मक भन्दा नकारात्मक सोचलाई बढावा दिन्छौं, बजार हल्ला र अरुको लहलहैमा लागेर आफुले आफुलाई पेण्डुलम बनाउँदै दिनप्रतिदिन धैर्यता गुमाउँदै जान्छौं ।
लगानी गर्दाको समय र पछिल्लो समयमा भएका बजारको लागी अनुकुल अनि प्रतिकुल अवस्थाको फरकलाई केलाउनुहोस्। कम्पनीको नाफाको बृद्धीलाई दाँज्नुहोस्। कम्पनीले प्रदान गरेको प्रतिफललाई सम्झनुहोस्। कागले कान लाग्यो भन्ने हल्ला आउँदा दौडनु पुर्व आफ्नो कान छाम्नुहोस् ।
एउटा चर्चित बिज्ञापनको डाईलग निकै हिट छ “डर के आगे जित है!” तर सेयर बजारमा धैर्य गर्न नसक्नेको लागी यो कुरा ठिक उल्टो हुन्छ “डर के आगे हार है!” अनि यो क्षेत्रबाट डराएर हात धोएर बाहिरिनेले सायद कुनै पनि क्षेत्रमा सफलता हातपार्न नसक्ला । आखिर जहाँ पनि धैर्यता त चाहिन्छ नै ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्