
भर्खरै सम्पत्ति विवरण बुझाएका मन्त्रीहरूको सम्पत्तिमा सेयरमा लगानी पनि केही देखिएको छ । ३१ जना मन्त्रीहरूको सम्पत्ति विवरण केलाउने हो भनेचाहि एक दर्जनको पनि सेयरमा लगानी देखिन्न । लगानी भएका मन्त्रीहरूको पनि केही सीमित आईपीओ र सामान्य लगानी छ ।
तर, हाल सरकारमा रहेर आफ्नो सम्पत्ति विवरण पेश गर्ने ३१ मन्त्रीहरूमध्ये ११ मन्त्रीसँग मात्रै सूचीकृत संस्थाको सेयर रहेको छ । यस्ता कम्पनीको सेयर स्वामित्वका आधारमा सबैभन्दा धेरै सेयर हुनेमा भूमिसुधार मन्त्री विक्रम पाण्डे अग्रस्थानमा छन् । राप्रपाका नेता तथा व्यवसायी रहेका पाण्डे र उनको पार्टीका अकौ नेता बाणिज्य मन्त्री दीपक बोहराको धेरै लगानी रहेको छ । सबैभन्दा धेरै सेयर भए पनि पाण्डेसँग प्राइम बैंकको मात्रै सेयर छ । त्यस्तै, सबैभन्दा कम सेयर हुने मन्त्रीमा सामान्य प्रशासन मन्त्री केशवबहादुर बुढाथोकी छन् । उनीसँग कृषि विकास बैंकको ३७ कित्ता सेयर छ ।
कतिपय मन्त्रीहरूले पैतृक सम्पत्तिको रुपमा समेत सेयर पाएको उल्लेख गरेका छन् । स्वाथ्यमन्त्री गगन थापास“ग आफू र आफन्तका नाममा सूचीकृत संस्थाको २२ हजार ७ सय १९ कित्ता सेयर छ । थापाकी श्रीमती अञ्जना केसी थापा, पिता महेन्द्रकुमार थापा, छोरी गार्गी ए थापा र जियना ए थापाका नाममा समेत सेयर रहेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू लुम्बिनीलगायतमा पनि थापा परिवारको लगानी रहेको छ । थापासँग स्थानीयमा सेयर जारी गरेको तर सर्वसाधारणमा सेयर जारी गर्न नसकेको अपर तामाकोशी जलविद्युत् कम्पनीको २ सय ९३ कित्ता सेयर छ ।
कुन मन्त्रीसँग कुन बैंकको सेयर ?
बिक्रम पाण्डेः प्राइम कमर्शियल बैंक, कालिका पावर कम्पनी, कालिका कन्स्ट्रक्शन, कालिका इनर्जी, कालिका इन्फोटेक, कालिका इलेक्ट्रोपावर, कालिका आर्शिवाद माइनिङ, कालिका टिभी, कालिका एफएम, कालिका इन्टरनेशनल ।
रमेश लेखकः कुबेर मर्चेन्ट फाइनान्स, वल्र्ड मर्चेन्ट फाइनान्स, एनएमबी बैंक, एनआईसी एशिया, लर्ड बुद्ध फाइनान्स (हाल ग्लोबल आईएमई बैंक), काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक र रिडी हाइड्रोपावर कम्पनीमा ११०० कित्ता छ ।
प्रकाशशरण महतः सिटिजन्स बैंकमा करिब १ लाख कित्ता, कुमारी बैंक, सिद्धार्थ बैंक, स्कुल अफ जोमेट्रिक्स, ग्लोवल कलेज, बिष्णुमति कलेज, अस्याङ एजुकेशन ।
बालकृष्ण खांड :लर्ड बुद्ध फाइनान्स, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, नेपाल सेयरमार्केट फाइनान्स, रिलायन्स फाइनान्स, स्तुपा सहकारी, राजधानी ग्यास, कुमारी बैंक, मायादेवी टेक्निकल कलेज, भुवनेश्वरी इन्भेष्टमेन्ट ।
दीपक बोहराः बैंक अफ काठमाण्डू, लुम्बिनी, नबिल, एभरेष्ट, सेञ्चुरी, कृषि बिकास बैंक, एससिटी र सिंगटी हाइड्रो । जीवनबहादुर शाहीः कृषि विकास बैंक, चिलिमे जलविद्युत् कम्पनी, ज्योती बिकास बैंक, शुभचिन्तक सहकारी, माउन्ट कैलाश इनर्जी प्रालि ।
विमलेन्द्र निधिः कृषि विकास बैंक, नवबिहानी सहकारी र बीपी स्मृति अस्पताल ।
अर्जुननरसिंह केसीः कृषि बिकास बैंक । हितराज पाण्डेः नेपाल इन्भेष्टमेन्ट बैंक ।
केशवकुमार बुढाथोकी – कृषि विकास बैंक
रोमी गौचन थकालीः फेवा विकास बैंक, एलिको इन्स्योरेन्स, ग्रामर फाउण्डेशन र धौलागिरी बोडिङ स्कुल ।
नवीन्द्रराज जोशीः एस डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, सम्पूर्ण एकेडेमी, किमिट कलेज ।
जनार्दन शर्माः सनराइज बैंक, पिपल्स हाइड्रोपावर ।
गगन थापाः एनआईसी एशिया बैंक, मेगा बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, अपी पावर, अपर तामाकोशी हाइडो, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, न्यादीखोला हाइड्रो, खानीखोला हाइडो, जलविद्युत् लगानी तथा विकास कम्पनी, बैंक अफ काठमाडौं, बरुण हाइड्रोपावर, जनता बैंक ।
-सेयर बजार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्