×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्ज भन्सारको ६ महीनामा ५५ अर्ब राजस्व सङ्कलन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वीरगञ्ज भन्सारको ६ महीनामा ५५ अर्ब राजस्व सङ्कलन

४ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सुरोकार संम्वाददाता 

काठमाण्डौ – आयातनिर्यात परिमाणका आधारमा मुलुककै मुख्य नाकाबाट चालू आर्थिक वर्ष २०७३र७४ को पहिलो ६ महीनामा ५५ अर्ब १७ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको अवधिमा राजस्वका रूपमा सो रकम सङ्कलन गरेको हो । 
सङ्कलित राजस्व लक्ष्यभन्दा ५ प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले बताए । भन्सार विभागले सो अवधिका लागि उक्त भन्सार कार्यालयलाई ५२ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो ।
गत आवको समीक्षा अवधिमा उक्त भन्सारले १४ अर्ब ७४ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको थियो । सो रकम लक्ष्यको तुलनामा करीब ४४ प्रतिशतमात्रै हो । त्यसबेला वीरगञ्जकेन्द्रित मधेश आन्दोलन र भारतले लगाएको नाकाबन्दीका कारण उक्त नाकाको राजस्व पनि प्रभावित भएको थियो । सो अवधिका लागि वीरगञ्ज भन्सारलाई ३३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँको राजस्व लक्ष्य तोकिएकोमा आन्दोलन र नाकाबन्दीले आयातनिर्यात नै ठप्प भएपछि राजस्व प्रभावित भएको भन्सारले बताएको थियो ।
चालू आवको पुस महीनामा मात्रै उक्त भन्सार कार्यालयले ८ अर्ब ८९ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको तथ्याङ्क छ । यो १ महीनाका लागि ८ अर्ब ६६ करोड ८२ लाख रुपैयाँको लक्ष्य थियो । पुसमा सङ्कलित राजस्वमध्ये भन्सार महशुलतर्पm ३ अर्ब ३४ करोड ८० लाख, मूल्यअभिवृद्धि कर ३ अर्ब २५ करोड २१ लाख र अन्तःशुल्क १ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ छ ।
‘कतिपय उद्योग भैरहवा तथा अन्य जिल्लामा नसरेका होइनन्,’ एक वीरगञ्जका स्थानीय व्यापारीले भने, ‘तर, कोलकातासम्मको सीधा सम्पर्कका कारण उद्योगका कच्चा पदार्थ र काठमाडौंमा सबैभन्दा बढी उपयोग हुने सामान यही बाटो भएर भित्रिने भएकाले आयातसँगै राजस्व पनि बढेको हो ।’ यस अर्थमा नेपालको समग्र अर्थतन्त्र नै वीरगञ्जको भरमा रहेको मान्न सकिने उनको भनाइ छ ।
तथ्याङ्कअनुसार पर्सापछि दोस्रो स्थानमा ललितपुर जिल्ला परेको छ । यसले कुल राजस्वमा १८ प्रतिशत योगदान पु¥याइरहेको छ । त्यसैगरी, भैरहवा नाका रहेको रूपन्देहीले १७ प्रतिशत र काठमाडौंले १४ प्रतिशत राजस्वको अंश ओगटेका छन् । महालेखाको तथ्याङ्कअनुसार डँडेलधुरा जिल्लाको योगदान कुल राजस्व सङ्कलनमा लगभग शून्य छ । पुस २४ सम्मको आँकडाले डँडेलधुराबाट कुल राजस्वको शून्य दशमलव शून्य १ प्रतिशत मात्र प्राप्त भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: