×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के यो सेयर किन्ने बेला हो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

के यो सेयर किन्ने बेला हो ?

२६ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • विशाल पण्डित 

सेयर किन्ने र बेच्ने सहि समय ठम्याउनु निस्चयनै गाह्रो कुरा हो। भन्न त भनिन्छ कि घटेको बेला किन्ने अनि बढेको बेला बेच्ने ! तर यो शुत्रलाई विफल बनाउन अघि सर्ने मानवीय गुणहरु जस्तै लोभ, मोह, डर अनि आशाले गर्दा हामीलाई केही असहज बनाँउछ । अनुभवी लगानीकर्ता जो वर्षौं देखि बजारलाई नजिकबाट नियाल्दै आइरहनु भएको छ, उहाँहरुलाई पक्कै पनि ज्ञान छ कि मङ्सिर, पौष अनि माघ महिना नेपाली पुजी बजारको लागि अफसिजन मानिन्छन । 
अनि यति बेला नै बजारमा नकारात्मक पक्षहरु हाबि हुन्छन्। कहिले मधेस आन्दोलन एवं नाकाबन्दी त कहिले तरलताको समस्या, यस्ता विभिन्न कारणहरुले बजार सामान्य लगानीकर्ताले सोचेभन्दा धेरै घट्ने गर्छ। आज किनेको सेयर भोलि घट्छ, अनि पर्सि झन घट्छ भने अवस्य नै त्यसले लगानीकर्ताको मनस्थिति कमजोर बनाउँछ। बजार दिनानुदिन बढ्दै छ भने एक न एक दिन घट्छ भन्ने कुरा हामीहरु बिर्सन्छौँ र घट्दा पनि सधै घट्छ जस्तो सोचेर किन्न सक्दैनौँ । 
आज कठिन छ , भोलि अझै झन कठिन होला, तर पर्सि घाम झुल्किनेछ ! धैर्य गर्न सक्ने लगानीकर्ताले पर्सिको उज्ज्वल भविस्य सम्झदै आज लगानी गर्छ र अरु डराएको बेला थोरैथोरै गरि किन्दै जान्छ, उसले नै बजार बढ्दा लाभ लिन सक्ने हो ।
सामान्यतया, देशको समग्र अर्थतन्त्र कमजोर भएको बेला र तरलताको अभाव भएको अवस्थामा सेयर किन्न हुदैन भन्ने तर्कहरु सुन्ने गरिन्छ । हो यिनै र यस्तै कारणहरुले गर्दा त बजार अहिले यो स्थितिमा छ, जब यी समस्याहरुको बिस्तारै हल हुँदै जान्छ अनि बजार बढ्ने हो । तर बजार बढ्छ अनि किन्छु भन्दा ढिला भइसक्छ। आफ्नो बचतको पैसाले यस्तो प्रतिकुल अवस्थामा लगानी गर्दा भोलि बजारमा व्यापक तरलता र देशको अर्थतन्त्रमा सुधार आँउदा राम्रै नाफा हुनेछ । 
नेप्से यति पुग्छ उति पुग्छ अनि लगानी गरौँला भनेर बस्नु भन्दा पनि अहिलेको बजार मुल्यलाई दुई तीन वर्ष अघिको मुल्यसंग दाजौँ जतिबेला बाणिज्य बैकको पुजि ८ अर्ब पुर्याउने कुरा आएकै थिएन। हामी सजिलैसंग देख्न सक्छौं कि नेप्से ८०० देखि ९०० हुदाँको बाणिज्य बैकको मुल्य र नेप्से अहिले १४०० देखि १५०० छँदाको मुल्य खासै फरक छैन । 
त्यसैले नेप्से परिसूचक भन्दा पनि प्रत्येक कम्पनीको कुरा गर्ने हो भने प्रायजसो वाणिज्य बैक (जसको सेयरमा कम्तिमा एक वर्षको लागि लगानी गर्दा तुलनात्मक रुपमा जोखिम कम छ) अवमूल्यनको अवस्थामा रहेको देखिन्छ । नेप्से परिसूचकलाई बजार पुँजिकरणले प्रत्यक्ष प्रभाव पार्ने हुँदा जलविद्युत लगानी तथा बिकास कम्पनी जस्ता अन्य थुप्रै कम्पनीको सेयर सूचीकरण भएकोले परिसूचक बढेको हो । र यो पनि भन्न सकिन्छ कि यदि वास्तविक क्षेत्रलाई पुँजिबजारमा आउन दिने हो भने नेप्सेले छिटै नयाँ उचाइको यात्रा तय गर्नेछ।
अहिलेको घट्दो बजारमा अत्यन्त उपयोगी औजार भनेको धैर्यता हो । त्यस्तो कुन क्षेत्र छ जहाँ बिना जोखिम बिहान गरिएको लगानीले बेलुका प्रतिफल दिन्छ? हरेक कुरामा धैर्यता चाहिन्छ। रात परेपछी दिन आउँछ, अनि बल्ल फेरि रात पर्छ। नेपाली पुँजीबजार त अझै ठूलो संभावना बोकेको क्षेत्र हो । 
“बगेको खोला फर्किदैन” भन्ने भनाइ यहाँ गलत सावित भएको छ किनकि यस क्षत्रमा पटक पटक मौका आँउछन त्यसलाइ हामीले समाउन सिक्नुपर्यो। बढ्दो बजारमा जसले पनि आजको भोलि नाफा गर्छ तर घट्दो बजारबाट सबैले लाभ लिग्न सक्दैनन। विवेकशील तवरले घट्दो बजारमा गरिएको लगानीले अवस्य पनि प्रतिफल दिन्छ। आफ्नो हैसियतले भ्याएसम्म बिस्तारै लगानी बढाउदै जाने हो । 
राम्रोसंग अध्ययन गर्ने हो भने चालू आर्थिक वर्षको लाभांस अहिलेदेखि नै अन्दाज गर्न सकिने स्थिति छ। नयाँ तथा साना लगानीकर्तालाई एउटै सुझाव भनेको धैर्य गर्ने बानी बसाल्नु नै हो। डराउनु पर्ने त्यस्तो केहि देखिदैन किनकि बजार बढेको थियो, त्यसैले घट्यो । अहिले घट्दै छ र यो घटाइ पक्कै पनि बढ्नको लागि हो !
हामीले यो बुझ्न जरुरी छ कि अहिले बजार घटाउनको लागि जे जति कारणहरु देखिएका छन् , यी कुनै पनि दीर्घकालीन होइनन् । तरलताको समस्या अबको दुई चार महिनामा हल हुने संभावना बलियो छ। त्यस माथी यथास्थितिमा चुनाव घोषणा भए विभिन्न बहानामा सरकारी ढुकुटीको पैसा बजारमा आउने देखिन्छ। अहिले खुलेका र खुल्ने तयारीमा रहेका आइपिओ र एफपिओ दुई महिना भित्र बाँडफाँड भए पश्चात बजारमा अर्बौं रकम भित्रिनेछ भन्नू अन्यथा नहोला । 
बोनस र राइट सेयरले गर्दा आपूर्ति बढेको भन्ने जुन अर्को तर्क छ, बजार बिस्तार हुँदै जाने क्रमले माग र आपूर्ती बिच केही हदसम्म सन्तुलन कायम हुनेछ। अबको दुइ वर्ष भित्र पक्कै पनि अन्लाइन ट्रेडिङ लागू भइ देशभर छरिएको पैसा बजारमा भित्रिनेछ र बजार कति बिस्तार होला त्यो अनुमान लगाउन गाह्रै छ। यि बाहेक अहिले चर्चामा रहेको बैकलाई ब्रोकर लाइन्सेन्स दिइ पुँजीबजारलाई देशब्यापी बनाउने कुराले निश्चित रुपमा बजारमा राम्रो छाप छोड्ने छ।
यी विविध पक्षहरुलाई केलाँउदा नेपाली सेयर बजारको भविस्य निकै उज्ज्वल देखिन्छ। यो सुवर्ण अवसरबाट धेरैभन्दा धेरै लगानीकर्ताहरु लाभान्वित हुनुहुनेछ भन्ने मेरो ब्यक्तिगत विस्वास हो। चैत्र देखि बाँझो जोतेर असार मा रोपाइँ गरेको बुल मङ्सिर मा दाइ हालेर खेती भित्र्याएपछी अहिले थाकेर आराम गर्दै छ। यो चक्र हरेक वर्ष झै यसरी नै चलिरहन्छ ।   
अत: आधारभुत एवं प्राविधिक विश्लेषणलाई प्रमुख हतियार बनाएर, आज किनेको सेयर कम्तीमा दुई वर्ष पाल्न सक्ने क्षमता बोकेर कोहि लगानी गर्न चाहनुहुन्छ भने उहाँको लागि यो सहि समय हो। अँध्यारो पछि अवस्य उज्यालो आउने हुँदा अहिले लगानी गर्नुस, नाफा नोक्सानको हिसाब ७-८ महिना पछि गरौँला !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: