
- रोहित शर्मा
अहिले नेपाली पूँजी बजारमा एफपिओ संस्कारकर रुपमा मौलाउदै गएको छ । पछिल्लो एक बर्षमा शिखर इन्सुरेन्स र नेपाल इन्भेस्टमेन्ट बैक हुँदै नेपाल एसबिआइ बैक र नेपाल लाईफ इन्सुरेन्सको समेत एफपिओको लागी बुक क्लोज भैसकेको अवस्था छ र अन्य थुप्रै कम्पनिको निस्काशन हुने प्रकृयामा छ । एफपिओ निस्काशन गर्ने होडबाजी देख्दा शन्का लाग्छ कि कतै यो सन्स्कार पुजी बजारलाई प्यारालाईसिस बनाउने रोग बन्ने त हैन ?
एकातिर संस्थाले आफ्नो Core Business बाट थोरै नाफा गर्दा पनि एफपिओ जारी गर्दा सन्कलन भएको प्रीमियम रकमबाट बर्षौ सम्म बोनस बाढ्न सकिने र थोरै नाफा हुँदा पनि त्यसबाट बाढ्न सकिने Cash Dividend ले गर्दा संस्थापक शेयर धनीले नगद कुम्ल्याउन सक्ने ।
(एफपिओको प्रीमियमबाट बोनसमात्रै बाढ्न सकिने भएपनि नियमित ब्यापारको नाफाबाट Cash Dvidend बाढ्न सकिन्छ) । यती भएपछी संस्थापक शेयर धनी र सन्चालकको टाउको दुखाइ पनि नहुने । अझ बिदेशी साझेदार कम्पनिको हकमा एफपिओ नेपालिको पैसा लुट्ने बैधानिक उपकरण हो । त्यसैले अहिले परल मुल्यमा जती सक्दो प्रीमियम मुल्य जोडेर एफपिओ जारी गर्ने दौडमा संस्थाहरु लागी परेको देखिन्छ ।
यति सम्मकी संस्थागत सुशासन कमजोर भएका, नियमन गर्ने निकाय नभएका हाइड्रोले पनि एफपिओ जारी गर्ने भन्ने कुराले नितिगत भ्रस्टचारको चरामोत्कर्षलाई उजागर गरेको छ । पुजी बृद्दी गर्ने, सन्थापकको शेय र होल्डिङ घटाउने अन्य बिकल्प हुँदा हुँदै एफपिओ लाई नै प्रार्थमिकतामा राख्न खोज्नु स्विकार्य हुन सक्दैन ।
कम्पनी एन २०६३ को दफा २९ मा संस्थाले परल मुल्यमा प्रीमियम जोडेर शेयर निश्कासन गर्न सक्ने आधार दिएको छ । लगातार पछिल्लो तीन बर्ष सम्म नाफामा रही Dividend बितरण गरेमा, कुल दायित्व भन्दा Net Worth बढी भयमा र साधरण सभाले पारित गरेमा कम्पनी रजिस्ट्रारको स्विकृती लिएर संस्थाले प्रीमियम मुल्यमा शेयर जारी गर्न सक्छ । बास्तबमा यो कानुनी प्राबधान उत्पादन मुलक्, पर्यटन्, स्वास्थ्य जस्ता क्षेत्रलाई पुजी बजारमा भित्य्राउन प्रयोग गरिनु पर्छ ।
१०० रुपैया प्रती शेयरका दरले राम्रो ब्यापार गरिरहेका उधोगलाई भित्र्याउन नसकिने हुँदा निश्चित मापदन्ड बनाइ ति उधोगको मुल्यान्कन गरेर प्रीमियम मुल्यमा सार्बजनिक रुपमा शेयर निश्कासन गर्न लगाइ पुजी बजारमा ल्याउनु जरुरी छ जसले बजार बलियो बनाउन मद्दत पुग्छ । यसको ठिक बिपरित यो कानुनी आधारलाई टेकेर एफपिओ जारी गर्ने गलत परिपाटी बस्दै छ । यदी यो परिपाटिलाई समयमै रोक्न नसके पुजी बजारले अपुरणिय क्षती ब्यहोर्नु पर्ने हुन सक्छ ।
एफपिओ संस्था आफै र बजारको निम्ती घातक छ । प्रीमियम मुल्यको शेयर निस्काशन गर्न सकिने कानुनी बाटो रियल सेक्टरलाई भित्र्याउन प्रयोग गरिनु पर्छ न कि एफपिओ निस्काशन गर्न् । त्यसैले सम्बन्धित निकायले समयमै आफ्नो निहित स्वार्थ माथी उठेर यस तर्फ ध्यान पुर्याउनु अपरिहार्य छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्