×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घाटा नखाने भए यसरी गर्नुस लगानी

PRIME CA

घाटा नखाने भए यसरी गर्नुस लगानी

१८ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • सन्तोष पाण्डे 

अरु कुनैपनि व्यवसाय तथा बजारबाट त्यति धेरै पैसा कमाउन सकिँदैन जति सेयर बजारबाट कमाउन सकिन्छ । तर यथार्थ एकदमै थोरै प्रतिशत लगानीकर्तालेमात्रै सेयर बजारबाट पैसा कमाउन सकिराखेका छन् र धेरै प्रतिशत लगानीकर्ताहरुले सधै घाटानै खाइराखेका हुन्छन् । 
ती धेरै लगानीकर्ता जस्ले सेयर बजारमा पैसा गुमाइराखेका छन ती हुन तपाईं र म जस्तै थुप्रै साना तथा नयाँ लगानीकर्ता जो लगानीकानिम्ति अनालाइन मिडिया र सामाजिक सन्जालमा लेखिएका पोस्टहरु हेरेर लगानी गर्ने गर्दछौ । सेयर बजारबाट पैसा कमाउनकानिम्ति सहि ज्ञान अनि अनुशासनको खाचो रहन्छ । तर हामीजस्ता साना तथा नयाँ लगानीकर्तामा न त सहि ज्ञान छ, न त अनुशासन नै ! त्यसैले त हामीहरुले पैसा गुमाइराखेका छौ । यहाँ म लगानीका त्यस्ता  १० शुत्र बताउन गईराखेको छु, जुन शुत्रहरुलाई तपाईले आफ्नो लगानीमा अनुसरण गर्नुभयो भने अबदेखि तपाइले सेयरबजारमा कहिल्लै पैसा गुमाउन पर्नेवाला छैन ।
(तल उल्लेखित शुत्रहरु केबल अल्पकालिन लगानी वा सेयर ट्रेडरहरुको  लागि मात्र हो । दीर्घकालीन लगानीको लागि यस्ता शुत्रहरुले काम गर्दैनन् ।)
१) Stock follow pattern and trend, trend must be our best friend.
यदि सेयरबजारमा घाटा नखाने हो भने तपाइले ती pattern र trend लाई पछ्याउनु पर्दछ। यो भनेको हामीले जहिले पनि up trend मा सेयर खरिद गर्नुपर्छ भने down trend मा जहिले पनि बिक्री गर्नुपर्दछ । ( घट्दो क्रममा कहिल्लै पनि सेयर खरिद गर्नुहुदैन)।
२) कम्पनीले गरेको व्यापार ब्याबसाय त्यस कम्पनीको सेयरमूल्यको उतार चढाबसँग सम्बन्ध राख्दैन । सेयरको मूल्य जहिले पनि बजारमा उक्त कम्पनीको माग र आपुर्तिमा निर्भर रहन्छ।यदि माग बढी छ भने मूल्य उकालो लाग्दै जान्छ अनि यदि आपुर्ती बढि छ भने मूल्य ओरालो लाग्दै जान्छ । नाफा कमाउने नै हो भने p/e ratio लाई नहेर्नुहोस केबल माग र आपुर्तिलाई ध्यानमा राख्नुहोस ।
३) कम्पनीका बारेमा पत्रपत्रिका तथा टेलिभिजनमा आएका समाचारहरुलाई आधार मानेर कहिल्लै लगानी नगर्नुहोस।अझै अन्लाईन पत्रीका तथा समाजिक सन्जालमा आएका सुचनाहरुबाट त चार कोष टाढा रहनुहोस। लगानी सम्बन्धी पाएका निशुल्क सूचनाहरु केबल तपाइलाई डुबाउनका लागि मात्र हुन त्यसैले त्यस्ता निशुल्क सुचनाहरुको फिटिक्कै बिश्वास नगर्नुहोस।
४) थोरै नोक्सानी वा छिटो नोक्सानी चाहिँ सबैभन्दा राम्रो नोक्सानी हो।यस्तो अवस्थामा जतिसक्दो छिटो stop loss गर्नुहोस। मूल्य घट्दा एभरेजिङ गर्दै जाने काम चाहिँ गर्दै नगर्नुहोस।यदि यसो गर्नु भयो भने तपाइले झनै ठूलो नोक्सानी ब्यहोर्नु पर्ने हुन्छ।
५) जहिलेपनि लगानी विविधीकरण गर्न सिक्नुहोस। तपाइलाइ जति नै राम्रो नै लागेता पनि भएभरको पैसा एक वा दुई कम्पनीमा खन्याउने काम चाहिँ भुलेर पनि नगर्नुहोस।विविधीकरण गर्ने निहुमा ४०/५० ओटा कम्पनीमा पैसा लगाउनुहोस भनेको पनि होइन। राम्रा भन्दा राम्रा तपाइको दिमाखले खाएका कम्पनी मध्य छानेर १० देखि १२ ओटा कम्पनीमा मात्र लगानी गर्नुहोस।
६) जहिले पनि सेयर खरिद गर्ने समयमा नै बिक्री तार्गेट बनाउनुहोस। तपाइको तार्गेट पूरा भएपछी लोभी भएर तार्गेट बढाउने काम गर्दै नगर्नुहोस तुरुन्त आफ्नो सेयर बिक्री गरेर बहिर निस्किनुहोस। यदि तपाइले आफ्नो बिक्री तार्गेट थप्दै जानुभयो भने तपाइले पक्का आफ्नो फाइदा गुमाउनुहुनेछ।
७) तपाइले लगानी गरेर कमाएको नाफा फेरि त्यही बर्ष लगानी नगर्नुहोस किनभने सेयर बजारमा ट्रेन्ड बदलिन्छ अनि तपाइले बूक गरिसकेको नाफा पनि गुमाउनु पर्ने हुन सक्छ।नाफा गरेको रकम अर्को बर्ष चाहिँ लगानी गर्न सक्नुहुन्छ।
८) तपाइले आफ्ना सेयरहरु सङ्ग बिहे नगर्नुहोस।यदि तपाइले आफ्ना सेयरहरुलाइ माया गर्न थाल्नुभयो भने सहि समयमा ती सेयरहरुलाइ बिक्री गर्न सक्नुहुनेछैन। तपाइको मायाको खाचो तपाइको परिवारलाई छ त्यसैले परिवारलाई माया गर्नुहोस नकि आफ्नो सेयरलाई।
९) घाटा खानु दुखद कुरा हो तर नाफा गर्न त्यो भन्दा नि दु:ख छ।त्यसैले समय समयमा नाफा बूक गर्न नबिर्सिनुहोस।कसैलाइ पनि थाहा हुदैन भोलि के हुदैछ? 
१०) माग र आपुर्तिको अवस्था मार्केट डेप्थमा हेर्ने हो तर आजभोली मार्केट डेप्थमा धेरै fake buy अनि fake sell राखिने गरेका छन जसबाट खरिद अनि बिक्रीचाप हेर्न निकै मुस्किल हुने गरेको छ त्यसैले बास्तबिकता पत्ता लगाउन निम्ति floorsheet लाई पनि नियालेर हेर्ने गर्नुहोस।
अनि एउटा महत्त्वपूर्ण कुरा कम्पनीको बित्तिय अवस्था कम्पनीले त्रैमासिक विवरण प्रकाशित गर्नु भन्दा पहिल्ला नै उक्त कम्पनीका प्रोमोटरहरुले थाहा पाइसकेका हुन्छन अनि यदि कम्पनीले राम्रो मुनाफा गरेको भए प्रोमोटरहरुले केही दिन पहिला नै खरिद गरि विवरण प्रकाशित गर्नासाथ बिक्री गर्ने गर्दछन अनि हामी त्यही समाचार हेरेर तिनै प्रोमोटरहरुले बिक्री गरिरहेको सेयर महँगोमा खरिद गर्ने गल्ती गरिराखेका हुन्छौ ।
अनि अर्को महत्वपूर्ण कुरा जब कुनै कम्पनीको मूल्य up trend मा बढ्दा बढ्दै २०० रुपैयाँबाट बढेर २५०, ३००, ३५० हुँदै ४०० सय सम्म पुग्यो तर तपाइले त्यो uptrend मा उक्त कम्पनीको सेयर खरिद गर्न सक्नुभएन। जब उक्त कम्पनीकोको मूल्य ४०० मा गएर स्थिर भयो अनि फेरि क्रमश: घट्ने क्रम सुरु भयो down trend सुरु भयो भने तपाइले फेरि यो ४०० मा पुगेको सेयरलाई ३०० मा पाइयो भनेर मख्ख परेर खरिद गर्ने गल्ती कहिल्लै नगर्नुहोस किनकी down trend सुरु भइसकेपछी उक्त कम्पनीको मूल्य उक्त कम्पनीको uptrend भन्दा पहिलाको मूल्य २०० या त्यो भन्दा पनि तल झर्न सक्ने संभावना पनि उत्तिकै हुन्छ। मूल्य जतिसुकै होस, त्यो महत्वपूर्ण कुरा होइन तर सेयरखरिदको लागि अर्को uptrend को प्रतीक्षा गर्नैपर्ने हुन्छ।
अब up trend र down trend सुरुभएको  वा trend परिबर्तन भएको चाहिँ कसरी थाहा हुन्छ भन्नुहोला ? trend थाहा पाउने उपाएचाहिँ आगामी दिनमा लेख्नेछु ।
(पुनश्च्य: उल्लेखित शुत्रहरु केबल अल्पकालिन लगानी वा सेयर ट्रेडरहरुको लागि मात्र हो।दिर्घकालिन लगानी को निम्ति यस्ता शुत्रहरु काम लाग्दैनन।)
नोट: उल्लेखित  लगानी 
नोट: उल्लेखित लगानीका सुत्रहरु युट्युब लगाएत अन्य शेयर सम्बन्धी लेख तथा रचनाहरुबाट साभार गरिएका हुन।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: