- सन्तोष राज बजगाईंको ब्लग
बजार १८८८ पुग्न धेरै समय लागेन । भुकम्प पश्चात् पुजी वृद्धिको कुराले बजारले निकै कम समयमा नै ठुलो छलाङ्ग मार्यो । बजारमा कसैले म्यानुमुलेसन गरेको होईन (एक दुई पटक म्यानुपुलेसन भयो तर आफ्नो ठाउमा आईपुग्यो ) । बजार आजको लेभल सम्म पुग्नु सामान्य प्रकृया थियो ।
बजार घटनु किन स्वभाविक थियो ?
१. दशै सुरुवात सङ्गै बजारमा तरलता समस्या देखियो । तरलता क्र्याईसिसले गर्दा बैंक तथा वित्तिय सस्थाहरुले व्याज वृद्धि गर्न बाध्य भए। बैंकमा निक्षेप वृद्धि गर्न सानो समयका fixed deposit स्किम ल्याउन बाध्य भए । ९% सम्म हाकाहाकी स्किम पत्रपत्रीकामा आए तर विभिन्न समाचार श्रोत अनुसार fixed deposit मा दोहोरो प्रतिशतमा व्याज दिएको पाईयो । सन्सार भरिको चलन भनेको बैंकमा व्याज दर वृद्धि हुदा सेयर बजारमा नकारात्मक असर पुग्ने गर्छ । उच्च व्याज दरका कारण तीन कुराले बजारलाई असर पार्छ । सर्वप्रथम बैंकमा राम्रो ब्याजमा लोभिएर लगानी कर्ता हरु सेयर बजार ( रिस्की क्षेत्र ) बाट बैंक ( सेफ क्षेत्र ) मा पैसा जम्मा गर्छन किनकी १०% को हाराहारिमा व्याज भनेको राम्रै प्रतिफल हो । दोश्रोमा व्याज वृद्धि हुदा सेयर कर्जा पनि महङ्गो हुन्छ ,जसले गर्दा सेयर लगानी केही महङ्गो हुन्छ । अन्त्यमा, माथिका दुई कारणले बजार घटछ र मार्जिन कलको चिन्ताले अझ बजारमा सेलिङ्ग प्रेसर आउने गर्दछ ।
२. बजार निकै सानो समयमा १८८८ सम्म पुग्यो । जसमा मेजर करेक्स्न देखिएन । त्यही कारणले गर्दा पनि अहिले को बजारमा केही हत सम्म करेक्सनको पेलानमा परेकै हो । ३. पुजी वृद्धि पछि अधिक मात्रामा बोनस र राईट सेयरको बाडि आयो । जसको कारणले केही हत सम्म बजारमा सेलिङ्ग प्रेसरको अवस्था सिर्जना भयो ।
४. नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठुलो मात्रामा भारु नोट भएको पाईन्छ र आयात निर्यातमा सम्लग्न व्यापारीहरुको ठुलो मात्रामा भारु नोट निष्क्रिय भएको पाईन्छ । जसले गर्दा धेरैले सेयर बेचेर आफ्नो व्यापार चलाउन बाध्य भए ।
५. पौष महिना सकिदै जादा सधै जसो आउने सेलिङ्ग प्रेसर ।
६. बैंकको पुजी ८ अर्ब पुग्दै ।