×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला हिंसाको फरक रुप : ‘कर्पोरेट क्षेत्रमा बढेको ब्वाईफ्रेन्ड आतंक’ ! समाधान के ?

PRIME CA
GLOBAL IME BANK

महिला हिंसाको फरक रुप : ‘कर्पोरेट क्षेत्रमा बढेको ब्वाईफ्रेन्ड आतंक’ ! समाधान के ?

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • सुरज प्याकुरेल 
महिला हिंसाका बढीनै कुरा सुनिन्छ हाम्रो समाजमा । यसो त महिला हिंसाविरुद्धमा काम गर्ने दर्जनौं संस्थाहरुपनि छन् नेपालमा । घरभित्र हुने हिंसा, परिवारमा हुने हिंसा, वा अरु कुनै सार्वजनिक स्थानमा महिलामाथि हुने शारिरिक वा मानसिक हिंसाको खुब बहस हुन्छ नेपालमा । तर कर्पोरेट क्षेत्रमा बढेको फरक खाले महिला हिंसा, आफ्नो मान्छेका नाममा मच्चाइएको आतंक, कानुनको अपव्याख्या गरेर सुनाइएका उदाहरणजस्ता कार्यहरुले एकातर्फ महिला हिंसाको फरक स्वरूपले सीमा नाघेको छ भने अर्कोतर्फ महिलालाई कर्पोरेट क्षेत्रमा बदनाम, र कमजोर बनाइदैछ ।

उदाहरणका केहि घटना 
पुतलीसडकमा कार्यालय भएको एउटा कन्सलटेन्सी, रिसेप्सनमा एक १९ बर्षीय किशोरी । कार्यालयमा पुर्याउने उसको ‘ब्वाईफ्रेन्ड’ र लिन आउनेपनि उसकै ‘ब्वाईफ्रेन्ड’ । कार्यालयमा लिन आउँदा उसको पारा कुनै गुण्डाकोभन्दा कम थिएन । कुनै बेला कार्यालयको आन्तरिक बैठक बसीरहेको बेलामा उसले अफिसका हाकिमलाई निकै गाली गलौज गर्यो । मनपरी बोल्यो । बेलुकानै उक्त कर्मचारीको मोबाइलमा हाकिमले मेसेज पठाए, ‘हिसाब गर्न आइतबार आनुहोला, यतिन्जेल काम गरिदिनुभयो धन्यवाद ! भोलिदेखि अफिस नआउनुहोला ।’

केहि महिनाअघि कोटेश्वरकै एक कार्यालय । पुरुष हाकिमले अफिसियल कार्यक्रमको फोटो आफ्नी गर्लफ्रेन्डको फेसबुकमा फोटो ट्याग गरेको बहानामा ठुलै झगडा पर्यो । केटीले हाकिमको साथ लिएपछि केटाले उनीहरु बीच भएको शारीरिक सम्बन्धको अश्लील भिडियो इन्टरनेटमा अपलोड गर्यो । अफिसलाई गाह्रो भएको भन्दै अफिसले पनि निकालिदियो । केस हाल्दा झन् गाह्रो हुन्छ भनेर अहिले उक्त महिला भूमिगत छिन् । महिला कानुनकै विद्यार्थी समेत थिइन् ।

एक बैंकको पुतलीसडकस्थित साखामा त्यस्तै घटना घट्यो । ब्वाईफ्रेन्डले ‘अति’ गरेपछि ट्रेलरमा काम गर्ने एक महिला कर्मचारीलाई वाध्य भएर बैंकले निकाल्यो ।       

अर्को यस्तै घटना घट्यो कोटेश्वरकै  । मिडियाको कार्यालय । कर्मचारी महिला पत्रकार । अफिसमा ल्याईदिने ‘ब्वाईफ्रेन्ड’, अफिसबाट घर लैजाने ‘ब्वाईफ्रेन्ड’ । यतिसम्मकि दिनभर फेसबुकमा भिडियो ‘अन’ गरेर राख्नुपर्ने वाध्यता । कार्यालयका हाकिम पुरुष । ‘फलानी’ मेरी बुढी हो, मेरो जिन्दगी हो, धेरै काम लगाउनुभयो भने राम्रो हुँदैन ।’ भन्ने लगातार धम्कीपूर्ण फोन, र एसएमएस । संगसँगै कानुनको अपव्याख्या । अफिसबाट कामको शिलशिलामा कतै निस्किनुपर्यो भनेपनि ब्वाईफ्रेन्डसँग अनुमति माग्नुपर्छ उक्त महिला पत्रकारले । जहाँ उनी जान्छिन्, केटा वा केटाको कोहि अरु साथी त्यहाँ टुप्लुक्क आउँछ । कलेज एउटै । उसले कोहिसँग बोल्न पाउँदिन । अझ अचम्ममको कुरा त के छ भने, महिला हिंसाविरुद्धको अभियानमा चर्का कुरा गर्ने तीनै महिला पत्रकार हुन्छिन् र ती कुरा सुनेर ताली बजाउने तीनै ‘ब्वाईफ्रेन्ड’ । 
यस्तै गरी काम चल्दै थियो । एकदिन त छापामार शैलीमा ती ‘ब्वाईफ्रेन्ड’ अफिसको कार्यालयभित्रै छिरे । अफिसमा बैठक बसीरहेको थियो । उनी कहाँ छिन् भनेर काम गरिरहेको ठाउँमा ‘ब्वाईफ्रेन्ड’ छिर्यो । चर्को गाली गर्यो । बनाइरहेको समाचार अपूरो छोडेर, ग्लासमा रहेको तातोपानी समेत पिउन नपाउंदै उनी लुखुर लुखुर ती ‘ब्वाईफ्रेन्ड’को पछी लाग्नुपर्यो । कुनै विकल्प नभएजस्तो । अरुलाई महिला हिंसाको पाठ सिकाउने उनी आफं लाचार थिइन् । अफिसमा रहेका हाकिम र बैठकमा रहेका अरु रिसले चुर बने, तर केहि बोलेनन् । पछी चर्चा भयो । यसरी कर्पोरेट क्षेत्र, त्यहाँमाथि मिडियाजस्तो संवेदनशील क्षेत्रमा काम गर्न / गराउन गाह्रो हुन्छ’ भन्ने चर्चा चल्यो । घटना दोहोरिन सक्ने र त्यसले कार्यालयको ख्यातीमाथि आंच पुग्न सक्ने भन्दै ती महिला कर्मचारीलाई समेत, कि सम्झाउने कि निकाल्ने कुरा भयो । त्यसको विकल्प पनि थिएन ।
यी त प्रतिनिधि घटनामात्र हुन् । नेपाली कर्पोरेट क्षेत्रमा हुने यसखाले महिला हिंसा र ‘ब्वाईफ्रेन्ड आंतक’ ले हिजोआज सीमा नाघेको छ । तर बोल्ने कसले ?  
तुहिदैछ महिलाको क्षमता, रोजगारीमा समस्या निम्तदै 
कर्पोरेट क्षेत्रमा बढिरहेको यस्तो ‘ब्वाईफ्रेन्ड आंतक’ ले महिलाहरुकै क्षमतामा ह्राश आउंदैछ । आफुसँग डेटिङ जाने, रमाइलो गर्नेबाहेक आफ्नी गर्लफ्रेन्डले केहिपनि गर्न नहुने भन्ने दरिद्र सोच भएका  केटाहरुका कारण उनीहरुले क्षमता प्रदर्शन गर्न सकेका छैनन् । १९-२० वर्षका यस्ता किशोरीहरुलाई ‘ब्वाईफ्रेन्ड’हरुले दिएको मानसिक तनाव  र शारीरिक दवावका कारण ती किशोरी तथा महिलाहरु जहिले पनि उदाश देखिन्छन् । २१औं शताब्दीमा काठमाडौँजस्तो ठाउँमा बसेरपनि समस्या उस्तै छ । दुरदराजमा हुने महिला हिंसाका घटनाको के कुरा गर्नु र खै ?  
अर्कोतर्फ यसले महिलाको रोजगारीको अवसरलाई कुण्ठित बनाउँदैछ । अझ मिडिया वा कर्पोरेट क्षेत्रमा त यसले झन् प्रभाव पार्छ । ‘तपाइले पहिलाको अफिस किन छोड्नुभयो ?’ संभवत: जागिरमा अन्तर्वार्ता लिंदा सोधिने प्रश्नहरुमा यो प्रश्न छुट्दैन ।’ अझ मिडियाको हकमा र त्यसमापनि महिलाको हकमा त त्यो सोधिंदैन मात्र, बुझिन्छपनि । कुरा बुझ्दै जाँदा ‘ब्वाईफ्रेन्ड आंतक’ नै हुने भए जागिरमा नराखौं भन्ने हुन्छ । यसले महिलाको समस्या न कहिले समाधान हुन्छ, न कहिले उ माथि जान सक्ने सम्भावना रहन्छ ।
यौनजन्य हिंसा बढ्दा पनि कसले बोल्ने ?
यसरी ‘ब्वाईफ्रेन्ड’को आतंक अफिसमा मात्र हुने पक्कै हुँदैन । यस्ता महिलाहरु नै बढी शारीरिक शिकार हुन्छन् । आफ्नो ‘ब्वाईफ्रेन्ड’ले आफ्नो कार्यालयमा आएर धावा बोल्दा समेत चुपचाप बस्ने किशोरी आफ्नो ‘ब्वाईफ्रेन्ड’ले कुनैपनि बेला, कुनैपनि स्थानमा भनेको मान्ने अवस्थामा नपुग्न्लीन्  भन्ने पक्कै हुँदैन । यसले यौन हिंसा बढाएको छ । अफिसमा कसैले केहि भन्ने कुरापनि भएन । ”ब्वाईफ्रेन्ड’ हो, के भन्ने ? अव ‘ब्वाईफ्रेन्ड’सँग नभएको कुरा अरु को सँग हुन्छ र ? वा यो २१ औं शताब्दीमा सामान्य कुरा हो’ भन्ने गरिन्छ । महिला अनेकथरी हिँसामा पर्छन् । तर बोल्ने कसले ?

किन हुन्छ यस्तो ?
‘ब्वाईफ्रेन्ड’ ले कोहि केटि साथीमाथि धावा बोल्ने धेरै कारणहरु देखिएका छन् वा हुन सक्छन् । महिलाको परिवारलाई चिनेको हुनाले अनेकथरी कुरा लगाइदिने धम्की दिएको हुन सक्छ । एकपटक वा पटकपटक शारीरिक सम्बन्ध राखिसकेपछी आफुले भनेको नमाने परिवार वा अरुलाई सुनाइदिने धम्की दिएको हुन सक्छन्  । वा कुनै पार्टी वा समुहको नाम भजाएर आफुले भनेको नमाने जेपनि हुन सक्छ भन्ने धम्की दिएकोपनि हुन सक्छ । वा मनको कुनै कुनामा यसले मलाइ छोड्न सक्छे भन्ने कुराले उक्त व्यवहारलाई थप प्रोत्शाहन दिएको हुन सक्छ । महिलालाइ उक्त केटासँग ‘सबैथोक’ भइसकेकाले अव आवाज उठाउनुभन्दा सहेर बस्नु नै ठिक भन्ने हुन सक्छ । यस्तो सोच्नेमा अधिकांस पढेलेखेका महिला छन् । यी विविध कारणले महिला हिँसासंगै काठमाडौँका कर्पोरेट अफिसहरुमा ‘ब्वाईफ्रेन्ड आतंक मच्चिएको छ । 

समाधान के त ?
यसको समाधान भनेको महिला आफैं बलियो हुनुपर्छ । समाजमा आफुमाथि हुने हिंसाका विरुद्ध उठ्ने आँट बटुल्नुपर्छ । यस्ता ‘ब्वाईफ्रेन्ड’ पीडीत कतिपयको घरमा समस्या हुन्छ । घरका अभिवावकसँगनै केटाको राम्रो सम्बन्ध हुँदा झन् समस्या हुन्छ । तर यसका विरुद्ध आवाज नउठाए समस्या झन् ठुलो हुन्छ । भोलि उसंग विवाह भएन भने समाजसंग लड्नु पर्ने, उसका कुराहरुलाई सहनुपर्ने लगायतका सबै कुराहरुमा सामाजिक वा कानुनी रुपमा तयारी गर्नुपर्छ । उसँगनै विवाह भयो भने पनि आफु कतिदिन त्यस्तो अत्याचार सहेर बस्ने ? २१औं सताब्दीमा दरिद्र सोच लिएर कसरी अगाडी बढ्न सकिन्छ र  ? जति सह्यो, समस्या उतिनै ठुलो हुन्छ । हरेक महिलाले बुझ्न जरुरी छ । आजको यो प्रतिष्पर्धी युगमा कोहि एक जनाका लागि अफिसले खासै वास्ता पनि गर्दैन । काममा नै असर गर्ने भएपछि वास्ता गर्नु ठिकपनि होइन । त्यसैले यसका विरुद्ध महिलाहरु आफैं तयार हुन जरुरी छ । 

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="' + fisrc + '"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: