×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानमा नेपालीहरुको समस्याको परिभाषा र समाधानहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जापानमा नेपालीहरुको समस्याको परिभाषा र समाधानहरु

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

भुवन रोका
प्रस्न : जापानमा बस्ने नेपालीहरुले भोग्ने समस्याहरुको समाधान वा न्युनिकरण नेपालीहरुबाट हुनै सक्दैन। किन ?
उत्तर : प्रतिक्षा गर्नुहोला


भुमिका 

मैले केही दिन अगाडी समाजिक संजालमा यो स्टाटस राखेको थिय। यसको उत्तरमा म प्रष्ट थिए र सामाजिक संजालमानै उत्तर राख्ने सोचमा थिए तर धेरै जनाको बिभिन्न प्रतिकृया आएको हुनाले कही लेख्ने प्रयास गरेको छु।
यो माथिको प्रश्न र उत्तर जापान बसाईको ५ बर्षले भन्दा बिगत २ बर्ष देखि झेलिरहेको समस्या समाधानको लागी पहल गर्ने क्रममा सिकेका अनुभवको आधारमा लेख्ने प्रयास गरेको छु ।
हामी जापान जस्तो बिकसीत र समृद्ध राष्टमा छौ। यहाँ अबसरहरु छन्, यहाँ शुरक्षा छ, कानुन छ, रोजगारी छ संस्कार छ, आदी आदी । यति धेरै सकारात्मक सम्भावनाहरु हुदा हुदै पनि नेपालीहरु समस्या भोग्न बाध्य छन्।
नेपालीहरुले भोग्ने समस्याको परिभाषा:
कुनै पनि नेपालीहरुले जापानको सामाजिक मुल्य, मान्यता र जापानको कानुन बिपरित गर्ने गराउने कार्यहरुबाट जन्मिएका भए र त्रासहरु नै सबै नेपालीहरुका लागी समस्या हुन् । जापान आउने र ल्याउने वा पठाउने बिच जापानको सत्यतथ्य बारेमा स्पष्ट बुझ्ने र बुझाउने कुरा नहुदा यहाँ आईसकेपछि हुने अन्योलताले जन्माउने नकारात्मक परिणामहरु नै समस्या हुन् ।
समस्याहरुको परिणाम :-
१) समस्याहरुको परिणाम स्वरुप एउटा ब्यक्तिले गलत निर्णय गरेका उदारणहरु छन् ।
२) नकारात्मक कृयाकलापहरुले नै जापानमा नेपालीहरु बिच बिभाजीत हुन प्रेरित गर्ने सम्भावना रहेको देखिन्छ ।
३) नेपालीहरुलाई जापानीजहरुले बिगतमा राम्रो दृष्टिकोणले हेर्ने गरेको पाईए पनि यस्ता कृयाकलापहरु बढ्दै गएमा यो दृष्टिकोण नकारात्मक तिर बढ्न सक्ने निश्चित छ ।
४) दिर्घकालीन रुपमा यसको असर नराम्रो पर्ने र जापान प्रवेशमा कठिनाई बनाउन सक्ने सम्भावना पनि अनुमान गर्न सकिन्छ ।
समस्याको पहिचान कसले गर्ने ?
सतहमा हेरेर वा सुनेर समस्याको पहिचान हुनै सक्दैन । हरेक ब्यक्तिले गरिरहेको कार्यको सुक्ष्म बिश्लेषणबाट मात्र समस्या पहिचान हुन्छ । आधिकारीक निकायहरुले मात्र समस्याको सहि पहिचान गर्न सक्छन् । जापानमा नेपालीहरुले भोगीरहेको समस्या पहिचानमा जापानबाट प्रकासीत हुने नेपाली अनलाईन र छापा मेडीयाहरुको भुमिका पनि महत्वपूर्ण हुन्छ यदी खोज र अनुसन्धानमुलक पत्रकारिता गर्ने हो भने । टोकियोमा रहेको नेपाली राजदुतावास र जापानको सम्न्धित निकायहरु नै आधिकारीक हुन् जसले हरेक कुराको अध्ययन गरी यहाँ नेपालीहरुले भोग्ने बास्तबिक समस्याहरुको पहिचान गरी समाधान गर्न सक्छन् ।
नेपालीहरुले समस्या समाधान वा न्युनिकरण गर्न नसक्ने कारणहरु :-
जापानमा नेपालीहरुको संख्या २०१६ सम्ममा ६०६८९ पुगेको छ । नेपालीहरुको संख्या बृद्दि संगै समस्याहरु पनि थपियका छन् । समाधानका धेरै बहसहरु भए र भईरहेका छन् नेपाली समुदाय बिच तर समाधान भएको पाईदैन ।
नेपालीहरुले समाधान गर्न नसक्ने कारणहरु :-
१) बास्तबिक समस्याको पहिचान गर्ने अधिकार नेपाली राजदुतावास बाहेक अन्य नेपाली समुदायका कुनै संस्था वा ब्यक्तिलाई छैन्। जव समस्या नै पहिचान हुदैन भने समाधान कसरी हुन्छरु
२) यदी छलफलबाट समस्याको समाधान भेटिए पनि त्यसलाई कार्यान्वयन गर्ने आधिकारीक्ताको प्रत्याभुति कसैबाट हुन सक्ने कुरामा विश्वस्त हुन सक्ने कुनै ठाउ छैन् ।
३) केही नेपाली ब्यक्तीहरुलाई जापानको कानुन बिपरित पैसा लेनदेनको बिषयमा गिरफ़्तार गरेपछि मात्र हामीलाई समस्या थाहा भएको थियो । यस्ता कृयाकलाप गर्ने ब्यक्तिलाई नेपाली संघ संस्थाहरुले पहिल्यनै किन निरुत्साहित गर्न सकेनरु क्षेत्राधिकार नभएर नै हो ।
४) जापानको शभ्य संस्कृतिमा बसेर पनि सत्य बोल्ने वा बोल्न लगाउने वा गल्ति स्विकार गर्ने परम्परा नेपालीहरुमा कम नै छ जसले गर्दा पनि समस्या समाधानको कुनै सम्भावना देखिदैन ।
नेपाली समुदायको भुमिका :-
बास्तबिक समस्याहरुको पहिचान र समाधान गर्न नसके पनि नेपाली समुदायले एक अर्कालाई समस्या पर्दा सहयोग गरेका उदारणहरु धेरै छन् । यो राम्रो पक्ष मान्न सकिन्छ । नेपाली समुदायले समस्या पहिचान र समाधानमा सहयोगीको भुमिका निर्वाह गर्न सक्छ । सहयोगले मात्र समस्या समाधान भएको कुरा मान्न सकिदैन किनकी एउटै प्रकृतिको समस्यालाई पटक पटक गरिने सहयोग समाधान होईन । एउटा समस्याबाट पाठ सिकेर त्यहि प्रकृतिको अर्को समस्या जन्मन नदिनु मात्र समाधान हो त्यो कुरामा नेपाली संघ संस्थाहरुको कम ध्यान गएको देखिन्छ ।
नेपाली संघ संस्थाहरुले निश्पक्ष रुपमा ब्यक्तिको समस्याको प्रकृति बुझेर आधिकारीक ठाउमा जान सल्लाहकारको भुमिका निर्वाह गर्न सक्छन् । संघ सस्थाहरुले नेपाली दुतावासमार्फत जापान सरकार संग नेपालको समन्धित निकायलाई आर्थिक पार्टनरसिप सहमति ९भ्एब्० गर्न पहल गर्ने कुरामा भुमिका खेल्न सक्छ जसले नेपाली बिद्यार्थीहरुले तिर्नुपर्ने ट्यक्समा सुबिधा पाउने हुदा थोरै भए पनि आर्थिक भार कम हुनेछ ।
समाधानहरु:-
जहाँ समस्याहरु हुन्छन् त्यहाँ समाधान पनि हुन्छ । जापानमा हुने समस्या समाधानमा स्वयम ब्यक्तिको पहलबाट आधिकारीक निकायहरुले मात्र गर्न सक्छन
१) जापानीज भाषाको अध्ययन नै समस्या समाधानको प्रमुख उपाय हो। जापानीजहरुसगको घुलमिल पनि अर्को उपाय हो ।
२) आफ्ना छोरोछोरीहरुलाई जापानिज स्कुलमा पढाउने। जापानको शिक्षा उत्कृष्ट मध्यको एक मानिन्छ र यो निशुल्क भएकोले आर्थिक हिसावले पनि सजिलो छ । धेरै जापानिज स्कुलहरुमा अग्रेजी भाषा पनि सिकाईन्छ यदि बिदाको दिनहरुमा थप अंग्रेजी भाषाको ट्युसन दिने हो भने झनै राम्रो हुन्छ । यसले गर्दा अभिभावकहरुलाई जापानीजहरु संग घुलमिल हुने र भाषा सिक्ने अबसर पनि मिल्छ ।
३) स्वास्थ्य बिमा गर्ने र गराउन सल्लाह दिने । नियमित स्वास्थ्य परिक्षण गर्ने र गर्न लगाउने ।
४) केही समस्या भएमा नेपाल सरकारको आधिकारीक निकाय नेपाली राजदुताबासमा जानकारी गराउने ।
५) सिटी अफीसहरुमा बिदेशिहरुको सहजताको लागी बिभिन्न जानकारी उपलब्ध गराउने ठाउ हुन्छ त्यहाँ आफ्ना समस्याहरु निर्धक्क राख्ने हो भने समाधानका उपायहरु पक्कै आउछन् ।
६) जापानमा आफुले सुरु गरेको काम वा ब्यबसायको राम्रो अध्ययन गरि कानुनी प्रकृया पुरा गरेर मात्र काम गर्ने गराउने ।
७) सिटी अफिसबाट दिईने बिभिन्न सुबिधाहरुको जानकारी राख्ने र बिदेशिहरुलाई लक्षित गरि गरिने कार्यक्रमहरुमा सहभागी हुने ।
८) यदि हामी हरेक ब्यक्ति आफैमा सजग नहुने हो भने कुनै दिन जापानको आधिकारीक निकायले छानबीन गरि सबै समस्याहरुको पहिचान गर्दै समाधान गर्ने नै छ ।
अन्तमा 
फेरी पनि बिदेशमा नेपाली समुदायको आबस्यकता पर्दछ । सबै संघ संस्थाहरु राम्रो कार्यका लागी नै स्थापना गरिएका हुन्छन् । सबै नेपालीहरु एकजुट भएर रहनुले हाम्रो एकताको परिचय दिन्छ । रमाईलो कार्यक्रम गरौँ, नेपाली कला र संस्कृतिको प्रचार र प्रबर्धन गरौँ ।
चाडबाडको बेला नेपालका पुर्व देखि सुदुर पश्चिम सम्मका बिभिन्न कलाकारहरुको प्रस्तुति हेरीरहदा नेपालमा आफन्तहरुको बिचमा भएको अनुभूति हुन्छ । यी संघ सस्थाहरुले नेपालको बिकासको निम्ती पनि धेरै गर्न सक्ने सम्भावना छ।
 यति राम्रा बिकल्पहरु हुदाहुदै जापानमा रहेका नेपालीहरुका समस्याहरु समाधान गर्छौ भनेर नभन्दा राम्रो हेला । यदि समाधानको लागी पहल गर्ने भए आधिकारीक निकायबाट समस्या पहिचान गराएर यी प्रकृतिका समस्या समाधानमा पहल गर्छौ भनिदिदा अझै प्रष्ट हुने र समस्यामा परेका नेपालीहरु विस्वस्त हुने थोरै आधार मिल्ने थियो ।    
लेखक जापानमा अंग्रेजी बिषयका शिक्षक हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: