×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर सा’प, अलिकति शरम गर्नुस् !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गभर्नर सा’प, अलिकति शरम गर्नुस् !

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम


  • दिनेश आचार्य

केही दिनअघिको कुरा हो, नेपाल बंगलादेश बैंकले एउटा कार्यक्रम राख्यो । खासै कुनै महत्वपूर्ण नभए पनि पा“चतारे होटलमा राखेको सो कार्यक्रममा बैंकको लोगो परिवर्तन गरेको जानकारी दिइयो । पत्रकार बोलाएर माछा मार्ने बल्छी आकारको लोगो सार्वजनिक गरेको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपाल पनि थिए ।
 त्यहा“ उनलाई किन बोलाइएको थियो, भन्ने कसैले भेऊ पाएनन् । कोही रक्सी खानकै लागि यस्ता कार्यक्रम नछुटाउने पत्रकारजस्तो त उनी पक्कै हैनन् । कामै नभएर फुर्सदै–फुर्सदमा रहेका पनि हैनन् । तर, पनि एनबी बैंकको अध्यक्षले नया“ लोगो सार्वजनिक गरेको कार्यक्रममा गएर गभर्नर चुपचाप ताली बजाएर बसे ।
एउटा निजी बैंकको नया“ लोगो सार्वजनिक गर्ने कार्यक्रम केन्द्रीय बैंकका गभर्नरको लागि कति महत्वको हो र उनले त्यहा“ बिताएको समयले के उपादेयता राख्ला ? लोगो सार्वजनिक, शाखा उद्घाटन, वार्षिकोत्सव समारोह, रक्तदान कार्यक्रम, एटीएम उद्घाटन, भवन शिलान्यास, जिल्लातिरको मेला  महोत्सव आदि । गभर्नरले आतिथ्यता ग्रहण गरेर घन्टौं बसेर आधा घन्टा लामो पट्यारलाग्दो भाषण गरेर देखाएको मेहनतका केही उदाहरण यही हो । 
कुनै बैंकको लोगो उद्घाटन एउटा नितान्त व्यापारिक गतिविधि हो । भोलि अर्को बैंकले कुनै बचत खाताको स्किम सार्वजनिक गर्न बोलाए, उनी जालान् कि नजालान् ? के हाम्रो केन्द्रीय बैंकको गभर्नर यति सस्ता र हलुका छन् ? गभर्नरका सल्लाहकार र सचिवालयले यस्ता कार्यक्रमको निम्तो स्वीकार गर्नुअघि विचार गर्छ कि गर्दैन होला ? कि गभर्नरलाई राष्ट्र बैंकभित्रको कुनै काम गर्न आउ“दैन र यस्तो झिनामसिना कार्यक्रममा अतिथि भएर माला लगाउने रहरमात्रै छ ?
अझ अचम्मको कुरा त, लोगो सार्वजनिक कार्यक्रममा गभर्नरलाई निम्त्याएर आफ्नै अध्यक्षबाट उद्घाटन गराउने अनि गभर्नरलाई ताली बजाउनमात्र लगाउने बैंकले केन्द्रीय बैंकको नेतृत्वलाई कुन स्तरको सम्मान र हैसियत दिएको रहेछ, देखियो । तर पनि गभर्नर त्यस्ता पार्टीमा एक पेग चुस्की लगाएर फर्किन रुचाइरहेका छन् । 
दीपेन्द्रबहादुर क्षेत्री गभर्नर हु“दा उनले पहिलोपटक सम्पत्ति विवरण तुरुन्तै सार्वजनिक गरे । खरो मिजास र पारदर्शी स्वभावमा क्षेत्रीले छोटो समय राष्ट्र बैंकको नेतृत्व गरे पनि उनले केही नमूनाका थिति बसालेका थिए । उनी कुनै पनि बैंकको शाखा उद्घाटनमा हि“डेनन् र त्यस्ता कार्यक्रममा एकजना डेपुटी गभर्नरलाई खटाइदिए । अदालतले विजयराज भट्टराईको मुद्दा फैसला गरेपछि क्षेत्री पदमुक्त भए । त्यतिबेला कार्यालयमा रहेका उनी राष्ट्र बैंकले दिएको गाडी कार्यालयमै छाडेर एउटा डायरी बोक्दै ट्याक्सीमा घर फर्किए । 
यति उदाहरण काफी छ, राष्ट्र बैंकभित्रका अहिलेको अवस्थाको मूल्यांकन गर्न । वैचारिक हिसाबले क्षेत्रको झुकाव कता छ, त्यतातिर नजाउ“m । उनी उम्दा अर्थशास्त्री वा वित्तविज्ञ पनि होइनन् । तर, राष्ट्र राष्ट्र बैंकमा लामो समय बिताएका उनलाई केन्द्रीय बैंकको व्यवस्थापकीय कुराहरू भने राम्रोस“ग थाहा थियो । 
अर्को उदाहरण दिउ“m, डा. चिरञ्जीवी नेपालले गभर्नरको पदभार ग्रहण गरेको एक सातामै एउटा विकास बैंकको सामान्य शाखा उद्घाटन गर्न दलबलसहित पुगे । पद सम्हालेको केही समय त उनले सचिवालयको केही सहयोगसम्म लिएनन्, आपैm“ मोबाइल उठाउने, निम्तो स्वीकार गर्ने र कार्यक्रममा प्रमुख अतिथि बन्न दौड्ने । केही महिना त उनले ‘प्रमुख अतिथिको ब्याच लगाउने काम नै गभर्नरको मुख्य जिम्मेवारी हो’ भनेभैm“ भान पारिदिए ।
केही वर्षअघिसम्म डेपुटी गभर्नर बीरविक्रम रायमाझीलाई ‘उद्घाटन डेपुटी’ भन्ने गरिन्थ्यो । उनले एटीएमदेखि लघुवित्तका शाखा अनि फाइनान्सदेखि कमर्शियल बैंकको उद्घाटनसमेत गर्न भ्याए । तत्कालिन किस्ट बैंकको उद्घाटन उनैले गरेका हुन् । तर, अवकाशपछि उनी सोही बैंकको सीईओ बन्न दौडधूप पनि गरे । भोलि कतै यस्तो नहोस्, अहिलेका गभर्नर पनि भोलि कुनै बैंकको बोर्डमा बस्नका लागि लालायित होऊन् ।
गभर्नर नियुक्ति भएको छोटो समयमै धेरै विदेश भ्रमण गर्नेमा पर्छन्, डा. नेपाल । उनी गभर्नर भएको केही समयमै बंगलादेश पुगेका थिए, त्यसको केही महिनासम्म उनले आपूm बंगलादेशको कार्यक्रममा गएको र त्यहा“ यस्तो–उस्तो रहेको भन्दै हरक भाषणमा दोहो¥याइरहे । त्यसपछिका दिनमा पनि उनको विदेश भ्रमण त जुरिरहेकै छ । कतिपय आवश्यकता होला, कतिपय इच्छा होला । तर, मूल जिम्मेवारीप्रति बेवास्ता गर्दै प्रमुख अतिथि बन्दै रिवन काट्ने उग्र चाहना किन ?
उसो त गभर्नर नेपालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पनि झन्डै दुई वर्ष लगाइदिए । सार्वजनिक मञ्चमा उनले बोलेका कुराहरू दर्शकका लागि हसी–मजाकको विषयमात्र छैनन्, उनी आपैm“ले अघिल्लो दिन बोलेको कुरा भोलिपल्ट काटिरहेका भेटिन्छन् । 
एउटै मञ्चमा गभर्नर र डेपुटी गभर्नरले आफ्नो मन्तब्यमा बोलेका तथ्यांकहरू नै आनका तान फरक परिरहेको हुन्छ । मौद्रिक नीतिमा मर्जरको प्रमुख उद्देश्यले चार गुणा पु“जी बृद्धिको नीति ल्याएको जिकिर गरेका गभर्नरले केही सातापछि नै बैंकरहरूलाई खुशी पार्न मर्जर नगरी आपैm“ले पु“जी थपे पनि हुन्छ भनिदिए । त्यति नै बेला उनैका कार्यकारी निर्देशकहरूचाहि“ मर्जरका लागि अनौपचारिक दवाब दि“दैथिए ।
उसो त गम्भीर विषयका कार्यक्रमहरूमा गएर पनि प्रमुख अतिथिको मन्तब्यमा हल्काफुल्का घरायसी गफको मन्तब्य दिएर ओर्लने गभर्नरप्रति अब वित्तीय क्षेत्रका कसैको आकर्षण छैन । बैंकरहरू दुई पेग रक्सी खाएपछि भन्छन्, ‘गभर्नरसापलाई अलि अध्ययन गर्न लगाउनुप¥यो ।’ यसबाहेक राष्ट्र बैंककै निर्देशक राजेन्द्र पण्डितलाई ‘भाषण अलि राम्रो लेख्दिनुप¥यो नि’ भनेर जिस्काउने पत्रकारहरूको पनि कमी छैन ।
गभर्नरलाई स्वदेशमै हु“दा सामान्य निजी कम्पनीको ब्राण्ड प्रमोशन कार्यक्रममा समेत अतिथि हु“दै ताली बजाउन जाने समय कहा“बाट जुर्छ ? मुलुकमा वित्तीय संकट नै छ । बैंकिङ क्षेत्र अत्तालिएको छ । सयौं बैंकका हजारौं कर्मचारी अहिले काम नगरी बसेका छन् । 
‘निक्षेप खोज्न गयो पाईंदैन, ऋण दिने पैसा छैन । अफिस आयो, हाजिर ग¥यो, फर्कियो’, एउटा बैंक मेनेजरको भनाईले बैंकिङ क्षेत्र कसरी गुज्रिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ । तर, केन्द्रीय बैंकका अधिकारीहरूको जीवनशैली, काम गराई र गतिविधि हेर्दा उनीहरू त्यहा“ रमाइलो गर्न मात्रै बसेको हो कि भन्ने भान परिरहेछ ।
यसै साता रेमिट्यान्स कम्पनी आईएमई र सक्षम परियोजनाबीच व्यापारिक सम्झौता हुने एउटा कार्यक्रममा गभर्नर पुगेका थिए । त्यहा“ उनले अन्टसन्ट बके । ‘चन्द्रजीस“गको सम्बन्धदेखि देशको नम्बर १ कम्पनी’ भन्दै लामो पट्यारलाग्दो मन्तब्य दिए । कार्यक्रममा विदेशीहरू पनि थिए । उपस्थित प्रायले अंग्रेजीमा बोले गभर्नरले एक–दुई वाक्यबाहेक अरु नेपालीमै दिए । 
कुनै रेमिट्यान्स कम्पनीको व्यापार प्रबद्र्धनका लागि गरिने यस्ता सम्झौतामा केन्द्रीय बैंकको गभर्नरको घन्टौंको समय खर्च उपयुक्त होला कि नहोला ? मुलुकमा रहेको करिब ३ दर्जन रेमिट्यान्स कम्पनीहरूले गर्ने यस्तै कार्यक्रममा उनी जालान् ? कि राष्ट्र बैंकले आपूmले नियमन गर्ने सबै कम्पनीहरूप्रति समान व्यवहार हुनु नपर्ने हो ? 
त्यसो त ग्लोबल आईएमई बैंक र प्यासिफिक डेलभमेन्ट बैंक गाभिएको घोषणा कार्यक्रममा पनि गभर्नर ‘चिफ गेष्ट’ थिए । बैंक अध्यक्ष चन्द्र ढकालले उद्योग बाणिज्य महासंघको चुनावलाई मध्यनजर गरेर सामान्य कार्यक्रम गरे हुने ठाउ“मा बैंकको खर्चमा भब्य पार्टी गरिदिए । ढकाल महासंघमा उपाध्यक्षको उम्मेदवार बन्दैछन् । सो कार्यक्रममा राष्ट्र बैंकका माथिल्ला तहका अधिकारी अधिकांश देखिन्थे भने व्यापारीका नेताहरूको भब्य जमघट थियो ।
दुईवटा बैंकको मर्जर कार्यक्रममा शेखर गोल्छा, हरिभक्त शर्मा, अनिल शाहलगायतले बैंकिङ र व्यापारका विविध विषयमा राम्रो कुरा राखे । उनीहरू सबैले राष्ट्र बैंकलाई नीतिगत प्रश्न सोधे । तर, गभर्नरको पालोमा अन्तिम रोहमा बसेका पत्रकारहरू मूर्छा परेर हा“स्ने अवस्था थियो । उनी नाकाबन्दीको बेला भारतबाट तरकारी नआएर नेपालीले खान नपाएको गुनासो सुनाइरहेथे । गाउ“मा तरकारी खेती गर्नुपर्ने बोल्दै उनले केही दिनअघि म्यानेजमेन्ट एशोसिएसनको कार्यक्रममा यस्तो भाषण दिएको सुनाउन व्यस्त देखिए । विदेश जा“दा देखेको कुरा गरे । तर, मूल विषयमा आएनन् । बैंकर, व्यापारी र उद्योगीले राखेका अपेक्षा पानीको फोका भयो । कार्यक्रम सकिएपछि सबैले कानेखुशी गरेर डा. नेपालको खिसीट्यूरी गर्नेबाहेक अरु केही भएन ।
देशको गभर्नरको मन्तब्य भनेको मुलुकको मौद्रिक नीतिको प्रतिविम्ब हो । वित्तीय व्यवस्थापनको नीति हो । औपचारिक समारोहमा उनका बोली भोलिका दिनमा कानुन बन्ने अवस्था रहन्छ । उनका मन्तब्यले मुलुकको आर्थिक अवस्थाको चित्रण गर्नुपर्ने हो । तथ्यांकहरूले आफ्ना भनाईको पुष्टी गर्नुपर्ने हो । तर, करिब २ वर्षको अनुभवमा गभर्नर नेपालले आफ्नो कुर्सीको वजन यति हलुका बनाइसकेका छन् कि भोलिका दिनमा त्यसको आयतन पनि घट्दै जाने निश्चित छ । 
गतवर्षसम्म डा. युवराज खतिवडाका कटु आलोचकहरू अहिले उनको प्रशंसा गर्न थालेका छन् । उनको कुनै राम्रो काम गरेर हैन कि पहिले र अहिलेको तुलना गरिएको हो । गभर्नर हुनासाथ व्यक्तिगत सुविधाको निर्णय गराएका उनले भूकम्पको दुई वर्ष बित्दासमेत आफ्नो कार्यालय बनाउन सकेका छैनन् । भत्किएका भवनहरू अझै त्रिपालले ढाकेर राखिएका छन् । एउटा निजी बैंकको भवनमा अन्य निजी कम्पनीस“गै राष्ट्र बैंकका ३ वटा विभाग भाडामा बसेको छ । जहा“ राष्ट्र बैंकले एउटा साइनबोर्डसमेत राख्ने औकात राख्दैन । सुन्धाराको टक्सार विभाग अलपत्र छ । थापाथलीको बैकिङ कार्यलयको बिजोग छ । तर, राष्ट्र बैंकको व्यवस्थापन अझै पनि सुशासनको रटान दिन व्यस्त छ । यस्तोमा हामीले लाज मानिदिनुपर्ने हो कि उनीहरूमा पनि केही शरम छ ?
(लेखक सेयर बजार साप्ताहिकका सम्पादक हुन)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: