Skip to content

अनुत्पादन क्षेत्रमा लगानी नगर्ने नेपाल राष्ट्र बैंकको निर्णय यसकारण स्वागतयोग्य… (दुर्गा प्रसाद काफ्लेको विश्लेषण)

Dish Home

अर्थ सरोकार

  • दुर्गा प्रसाद काफ्ले 

आज बैंक तथा वित्तीय संस्थाहरु धरासायी अवस्थामा पुग्नुमा सेयर तथा घर जग्गा कर्जा प्रमुख हो । संगसंगै अरवौं भारतीय रुपैयाँ आलू सरह कुहिनु पनि अर्को कारण हो ।  नेप्से १८८१ हुँदा मुल्यांकन गरेर दिइएको सेयर ऋण आज उक्त सेयरको भाउभन्दा कम हुन्छ । धेरै सेयर लोन लगानी गर्दा यो विकराल अवस्था भोगेपछि काठमाडौँ छोडेर गाउँ तिर लागेको कुरा धेरैलाइ थाहा छ । यो अवस्थामा सेयर लोन बन्द गरी बैंकले दिएको ऋण पनि सकेसम्म छिटो उठाउनु पर्ने देखिन्छ । 
यो नै बैंक तथा लगानीकर्ताहरुका लागि सुरक्षित उपाय हुनसक्छ । किनभने बैंक जोगाउनुपनि लगानीकर्ता जोगिनु हो वा लगानीकर्ताको लगानी जोगिनु हो ।  बैंक डुबे देश डुब्छ । तसर्थ, यो समयलाई ख्याल गरी बैंकले लगानीकर्तालाई जोगाउंदै उचित कदम चाल्नुपर्छ । 
नेपाल राष्ट्र बैंकले अनुत्पादन क्षेत्रमा लागानी नगर्नु भनी दिएको निर्देशन स्वागतयोग्य छ । यसलाई नबुझी कतिपयले गलत व्याख्या गरेको पाइन्छ । तर समग्र नेपालको पूँजी बजार, देशको अर्थतन्त्र वा समग्र नेपाली लगानीकर्ताहरुको हितका लागि यो निर्णय निकै नै राम्रो निर्णय हो । 
(यो दुर्गा प्रसाद काफ्लेको निजी विचार हो ।)

दुर्गा प्रसाद काफ्लेका यी विश्लेषणहरु छुटे कि ?    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्