×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महंगोमा एफपिओ के हेरिरहेका नेपाल धितोपत्र बोर्ड ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महंगोमा एफपिओ के हेरिरहेका नेपाल धितोपत्र बोर्ड ?

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – पछिल्ला दिनमा शेयरबजारलाई एफपिओले थप थला पार्ने स्पष्ट संकेत देखिन थालेको छ । फर्दर पब्लिक अफरिङ एफपिओ लाई यतिबेला केही कम्पनीहरुले आम्दानी देखाउने र बोनस खाने गतिलो हतियार बनाउन थालेका छन् । घट्दो बजारमा यसै पनि सर्वसाधारणको लागि एफपिओमा लगानी जोखिमपूर्ण हुने अवस्थामा महंगो मूल्यमा एफपिओ निष्काशनको सम्भावना देखिएको छ ।
एफपिओको मूल्य निर्धारणका लागि कार्यविधिमा तोकिएको एउटा मापदण्ड हो(कारोबार भएको पछिल्लो १८० दिनको औसत मूल्य । अर्थात नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता हुनुभन्दा अघिल्लो दिनसम्मको औसत १८० दिनको बजार मूल्य पनि एफपिओको मूल्य निर्धारणको एउटा विधि हो ।
धितोपत्र बोर्डले केही सामान्य सूचकलाई आधार मानेर एफपिओ ल्याउन दिंदा सर्वसाधारणलाई एफपिओको भार निकै महँगो साबित हुँदैछ । एफपिओको भाउ तोक्ने सूचक वैज्ञानिक र प्रस्ट छैन् । अस्पष्ट कानुनी प्रावधानको फाइदा लिंदै केही कम्पनीहरुले एफपिओको उच्च मूल्य तोकेर बजारबाट अर्बौं रुपैयाँ असुली गर्ने क्रम जारी छ ।
संस्थापक समूहको हिस्सा घटाएर सर्वसाधारणको बढाउने नाममा एफपिओ ल्याउन त्यस्ता कम्पनीहरुले उच्च प्रिमियम भाउ राख्ने गरेका छन् । त्यति मात्र होइन, अब त वर्षैपिच्छे अड्कली अड्कली एफपिओ निष्काशन गर्ने प्रवृत्तिसमेत बढ्दैछ । एफपिओको नाममा कम्पनीको शेयर भाउ उचाल्ने अनि त्यसै भाउलाई आधार मानेर १८० दिनको बजार भाउको औसत निकालेर उच्च मूल्यमा प्रिमियम तोक्ने गरिन्छ । यो क्रम बढ्दै जाँदा त्यसले समग्र शेयर बजारमै समस्या ल्याउने स्पष्ट संकेत देखिएको छ ।
शेयरबजार घट्दो क्रममा रहेकाले कुनै दिन प्रिमियममा किनेको एफपिओको भाउभन्दा सस्तोमा सोही कम्पनीको शेयर दोस्रो बजारमा किन्न पाइने संभावना देखिदैंछ । बजार घट्दै जाँदा एफपिओको तयारीमा जुटेका कम्पनीहरुलाई पनि झन घट्ने र यसले प्रिमियम रकम निर्धारणमा असर पर्ने चिन्ता बढेको छ । तोकिएको मूल्य धितोपत्र बोर्डले स्वीकृती नगर्ने संभावना हुने र स्वीकृत भइहाले पनि बजार मूल्य झन तल आएमा एफपिओ नबिक्ने संभावना रहन्छ ।
बजार घटिरहेका बेला कम्पनीहरुले एफपिओको निष्काशन तयारीलाई तिव्रता दिएका छन् । यसै क्रममा प्रिमियर इन्स्योरेन्सले पनि एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता शेयर निष्काशनको तयारीमा रहेको छ । कम्पनीले १००४ रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ । बिहिबार कम्पनीको कारोबार बन्द हुँदा १२८५ रुपैयाँ रहेको छ ।
कम्पनीको एफपिओलाई धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ ।
उता शिखर इन्स्योरेन्सले एफपिओको मूल्य नेप्से मार्फत सार्वजानिक गरेको छ । कूल १३ सय ६२ हजार ७८१ कित्ता एफपिओ निष्काशन गर्ने तयारीमा रहेको कम्पनीले बजार मूल्य भन्दा जम्मा ३३० रुपैयाँ कममा एफपिओको मूल्य तय गरेको खबर आजको शेयर बजार साप्ताहिकले लेखेको छ ।
त्यस्तै गतसाता स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि एफपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले १२९० रुपैयाँ प्रतिकित्तामा एफपिओ प्रस्ताव गरेको छ ।
यसअघि नेपाल लाईफ इन्स्योरेन्सले बजारमा २८ सय रुपैयाँ मूल्य हुँदा १४ सय २५ रुपैयाँमा एफपिओको मूल्य तोकेर शेयर जारी गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: