
एजेन्सी – पर्यटक आगमनमा अचानक आएको बाढीले त्यहाँको शहर, वातावरण र खाद्यान्न आपूर्तिलाई प्रभावित पारिरहेको छ । विश्वभरि हरेक ११ ओटा रोजगारीमा एउटा रोजगारी प्रवद्र्धन गर्ने पर्यटन क्षेत्र धेरै नै नाफा उन्मुख क्षेत्र हो । कुल जनसङ्ख्या करीब ३ लाख ३० हजार रहेको आइसल्याण्डमा विगत केही वर्षमा पर्यटकको आगमन नाटकीय रूपमा बढेको छ ।
गतवर्ष करीब १७ करोडको सङ्ख्यामा पर्यटक त्यहाँ भ्रमणमा आएको तथ्याङ्क छ भने यो वृद्घि जारी नै रहने अनुमान गरिएको छ । सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटयता आइसल्याण्डको मुद्रा आइसल्याण्डिक क्रोनको भाउमा उच्च कमी आयो । आर्थिक पुनर्बहालीको प्रयासस्वरूप आइसल्याण्डले पर्यटक आकर्षण बढाउन थुप्रै उपाय चालेको थियो । तर, आइसल्याण्डलाई विदेशी राष्ट्रमा मार्केटिङ गर्नेहरू पनि पर्यटक आगमनको सङ्ख्या देखेर चकित छन् ।
वित्तीय सङ्कटका कारण आइसल्याण्डका बैङ्कहरू बन्द हुने अवस्थामा पुगेको र देशमा राजनीतिक गतिरोध उत्पन्न भएको साथै सन् २०१० को ज्वालामुखी विस्फोटका कारण यूरोपभरि उडान अवरुद्ध भएका समाचारका कारण देशबारे जान्ने मानिसमा उत्सुकता बढेको छ । गतवर्ष पहिलोपटक यूरोपेली च्याम्पियन्समा सहभागी भएर क्वार्टरफाइनलसम्म पुगेपछि त उसले विश्वभरि प्रशंसक बटुलेको थियो ।
आइसल्याण्डको केफ्लायिक अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप विगत १० वर्षयता लगातार बढिरहेको छ । गतवर्ष मात्र त्यहाँबाट पास हुने यात्रुको सङ्ख्या ४० प्रतिशतले बढेको थियो । त्यस्तै एट्लाण्टिक भएर जानेहरूलाई आइसल्याण्डले निःशुल्क बसाइको व्यवस्था गरेको छ, जसले पनि पर्यटक आकर्षण बढाएको छ । यसकारण मानिसहरूले यहाँ केही समय बिताउनका लागि आफ्नो ट्रिपमा परिवर्तनसमेत गर्ने गरेका छन् त्यहाँको बसाइमा पर्यटकले गर्ने खर्चका कारण त्यहाँका शहरहरूको मुहार नै परिवर्तन भएको छ ।
कुनै समय मृत क्षेत्रको नाममा परिचित स्थानमा अहिले ठूलो विलासी होटल बन्नु यसैको उदाहरणका रूपमा लिन सकिन्छ । यससँगै सन् २०१४ मा आइसल्याण्डमा रहेको विश्वको सबैभन्दा ठूलो कृत्रिम आइस टनेलमा पर्यटकलाई घुमाउने नयाँ स्किम ल्याइएपछि त्यहाँ घुम्न आउनेको सङ्ख्या अनुमान गरेभन्दा ५० प्रतिशत बढी अर्थात् २२ हजारको सङ्ख्यामा उक्लिएको थियो ।
विदेशी रेष्टुराँ चेनहरू बन्द भएपछि स्थानीय तरकारी र फलफूलको उत्पादनको शुरू गरेका कारण पनि पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो । सन् २००९ मा मसलाहरू आयात गर्न महँगो भएपछि अमेरिकी रेष्टुराँ चेन मेकडोनाल्डका रेष्टुराँहरू बन्द भएका कारण स्थानीय उत्पादनलाई प्रोत्साहन मिलेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्