×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर मनोज ज्ञवालीको रोचक प्रेमकथा : ‘पहिलो भेटमै आँखा जुध्यो, फिल्मी स्टाइलमा ‘लभ’ पर्यो’

GLOBAL IME BANK

बैंकर मनोज ज्ञवालीको रोचक प्रेमकथा : ‘पहिलो भेटमै आँखा जुध्यो, फिल्मी स्टाइलमा ‘लभ’ पर्यो’

३ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

प्रेम भन्ने कुरापनि अचम्मको हुँदोरहेछ । कस्तो- कस्तो ! मिल्छ भनेर सोच्दै नसोचेको कुरालाईपनि मिलाउने तागत भएको । दुनियाँ पुरै एकातिर, हुँदापनि सबै दुनियाँलाई आफैंतिर तान्न साहस भएको । ढुंगालाई नौनी बनाउन सक्ने अनि प्राप्तिका लागि नौनीलाइ ढुंगा बनाउन सक्ने । साच्चै अचम्मको छ, तर मीठो छ यो प्रेम भन्ने चीजपनि । 

बैंकर मनोज ज्ञवाली । हाल ज्योति बिकास बैंकमा डेपुटी सीइओ छन् । अहिले एक छोरी र एक छोराका पीता । उनकी पत्नी संगीता । विवाह : प्रेम विवाह हो । त्यो पनि चानचुने होइन, पूरै फिल्मको कहानीजस्तो । भारतको लखनउ बस्दा मनोज सिए पढ्दै थिए । संगीताको परिवार भारतमै थियो । संगीताका बुबा ‘स्कुटर्स इन्डिया’मा काम गर्ने भएकाले स- परिवार बसाइ उतै थियो ।
तीजको कार्यक्रममा पहिलो पटक भेट भयो, फिल्मी स्टाइलमा आँखा जुध्यो :
भारतमा बस्ने नेपालीहरुले नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मनाउने कुरा नौलो थिएन । मनोज ज्ञवाली अगाडी भन्छन्, ‘त्यो दिन तीजको कार्यक्रम थियो । भारतको लखनउमा बस्ने हामी प्राय: नेपाली एकै ठाउँ भेट्यौं । त्यो बेला उनलाई मैले पहिलोपटक देखें । आँखामा आँखा जुध्यो । पहिलो हेराइमै मनमा लड्डु फुटीहाल्यो नि ! त्यसपछी त पुरै फिल्मी स्टाइलमा लभ पर्यो नि !’ ‘उनलाई पहिलो पटक देखेको दिन त के भनौं र ?’ मनोज थप्छन्, ‘संसारमा त्यहाँभन्दा राम्रा आँखा, त्यहाँभन्दा राम्रो मुहार, त्यहाँभन्दा सुन्दर कपाल, त्यहाँभन्दा नशालु हेराइ कसको पो हुन्छ होला र ?’
उनी मगरकि छोरी भएकाले चुनौती थियो, तर मेरो जिद्दीको अगाडी कसको के लाग्छ र ? 
‘प्रेम यति मज्जासँग झाँगीयो कि लाग्थ्यो, पूरै हावा हाम्रैलागि चलिरहेको छ, पानी हाम्रैलागि बगिरहेको छ, पातहरु हाम्रैलागि हल्लिएका छन् । आकाशको जून हाम्रैलागि बलेको छ । यो संसारनै हाम्रा लागि चलेको छ ।’ ज्ञवाली सम्झन्छन्, ‘ थोरै डर, धेरै माया र अगाध विश्वास भएपछी प्रेमभन्दा मीठो कुरा अरु के नै हुँदो रहेछ र ?’ तर मनोज- संगीताको प्रेममा चुनौतीपनि उस्तै थियो । सिएको पढाइ पूरा गर्नु थियो, अनि मनाउनु पनि थियो परिवारलाई । समाजमा गडेर बसेको जात-भातका कुराले मनोजलाई नापिरोल्ने कुरै भएन । ‘उनी मगरकि छोरी म ब्राह्मणको छोरो । अहिले भएको भए केहि सहज हुन्थ्यो होला । त्यो बेला त सानोतीनो महाभारतनै हुन्थ्यो। प्रेम यसरी झाँगिएको थियो कि कुनैपनि कारणले अलग्गिने न सोच थियो, न आँट थियो, न सम्भव थियो । किन कि सबैतिर बस प्रेमको मीठास थियो ।’


सिए पास गरेपछि नेपाल फर्किएँ, फेसबुकको जमाना थिएन, चिठी लेखिन्थ्यो 
संघर्षका बीचपनि जीवनका हरेक मोडहरुलाई पार गरेर अगाडी बढे मनोज । सिए सकेर नेपाल फर्किए । ‘म नेपाल फर्किएको दिन, नमीठो लाग्यो । करियरका लागि देश फर्कनु नै थियो । तर उनलाई छोडेर जान मन लागिरहेको थिएन ।’ मनोज अगाडी भन्छन्, ‘लिन आउंछु भनेर विदा मागें । फोनमा कुरा गरिरहने बाचाका साथ फर्किएँ । अहिलेको जस्तो फेसबुक, वा भाइबरको जमाना थिएन । चिठी लेखिन्थ्यो । ‘प्यारी संगीता’ भनेर उनलाई सम्बोधन गरी चिठी लेखेको अझैपनि झल्झल्ती याद छ । त्यो प्रेमको मज्जानै बेग्लै, त्यो दु:खको आनन्दनै फरक, अनौठो तर संसारमा सबैभन्दा मीठो ।

‘राष्ट्र बैंकको जागिर छ, आउ विहे गरौँ, भनेर बोलाएँ’
सिए पास गरिसकेपछिका केहि समय संघर्षपूर्ण भएपनि त्यतिबेला सिए पास गरेर नेपाल फर्किएको भनेपछि कम्ती सान हुन्नथियो । समय र मेहेनतले साथ दियो । नेपालमा राष्ट्र बैंकमा जागिर मिल्यो । ‘त्यसपछी त छुट्टै आँट आयो । राष्ट्र बैंकको जागिर छ, आउ बिहे गरौँ भनेर बोलाएँ ।  उनी आइन् । ८-१० जना साथी बोलाएँ । गुह्एश्वरी गएर विवाह गरियो । विवाह पनि पूरै ‘फाष्ट ट्रयाक’ विवाह । १.५ घन्टामा विवाह सकियो । ७ फन्का अग्निको फेरो लगाएर उनको सिउँदोमा सिन्दुर भरें । जूनी-जूनी साथ दिने वाचा गरेर ।

संगीताको घरमा उल्लास, मनोज घरमा तनाव !
हेर्दा सुन्दर, जागिर नेपाल राष्ट्र बैंकको, छोरीले मन पराएको सुशील,  र भलाद्मी केटो । छोरीको च्वाइस गज्जब लाग्यो संगीताका बाबु- आमालाई । सबै खुसी थिए । संगीताका भाइ आफ्नी दिदीको हात सुम्पिन काठमाडौँ आइपुगेका थिए । यता मनोजको परिवारमा तनाव थियो । मगरकी छोरी भनेर आमाले मान्नुभएन । बाबा ‘ओके’ हुनुहुन्थ्यो तरपनि घरमा छोराले ब्राह्मण केटीनै बिहे गरेको भए हुने भन्ने थियो । ‘अव हाम्रो भात-पानी’नै चल्दैन भनेर आमा तनावमा हुनुहुन्थ्यो । कति त मनोजको विवाहमा नै आएनन् । ‘मामा काठमाडौँमै हुनुहुन्थ्यो, आउनुभएन ।’ मनोज सम्झंन्छन्,  तर म पहिलादेखिनै जिद्दी स्वभावको । आफुले हुन्छ भनेपछी हुनैपर्ने । अरु केहि सोचिएन । विवाह गरियो ।’

छोरी जन्मिएपछीमात्र आमाले मान्नुभयो, भनौं आमाले संसारको यथार्थ बुझ्नुभयो 
‘भात- पानी चल्दैन’ भन्ने ठुलो तनाव थियो आमालाई । तर राष्ट्र बैंकको जागिर, त्यससँगै बढ्दै गएको सफलतापछी संसार कसरी सफलताको पछी लाग्दो रहेछ भन्ने आमालेपनि बुझ्नु भयो । जात-पात त के हो र ? मन रहेछ सबैथोक, विश्वास रहेछ सबैथोक । जात-पात भन्ने त उही उबेलाका ठुलाबढाले बनाएको विवेधकारी कु-संस्कार रहेछ भन्ने कुरा आमाले बुझ्नुभयो ।’ मनोज भन्छन्, ‘अहिले त यी सासुबुहारीको जतिको प्रेम कसैको हुँदैन जस्तो लाग्छ । त्यति माया छ एक- अर्कामा ।’

विवाह अगाडी कतै डुलिएन, विवाहपछी त विदा मिल्यो कि भ्यालेन्टाईन डे !’
विवाह अगाडी घुम्ने मौका पनि खास मिलेन । पढाइको प्रेसरपनि थियो । विवाहपछी त सबै कुरा मिल्यो । त्यसपछी त किन १४ फेव्रुअरी चाहियो र ? खुब घुमियो । अहिले एक छोरा र एक छोरी छन् । छोरा छोरी लिएर पनि खुब घुम्न गइन्छ ।


प्रस्तुती : सुरज प्याकुरेल 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: