×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजारको ओरालो यात्रा, १३४४.११ विन्दुमा पुगेर बन्द भयो बजार, लगानीकर्ता तनावमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रोकिएन बजारको ओरालो यात्रा, १३४४.११ विन्दुमा पुगेर बन्द भयो बजार, लगानीकर्ता तनावमा !

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चुनाव घोषणाले पनि टिक्न नासकाएको बजार पुन: ओरालो लागेको छ । आजपनि १३.४६ अंकले घटेर बजार १३४४.११ अंकमा आइपुगेको छ ।  चुनाव घोषणा गरिएसंगै बढ्ने भन्ने अपेक्षा लिइएको बजार नबढेपछी अधिकांस लगानीकर्ता निरास भएका छन् ।
यता आज कुल कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । कारोबार रकम पनि घटेसँगै लगानीकर्ता थप तनावमा परेका छन् ।   
स्थानीय निकाय निर्वाचन मिति घोषणा भएलगत्तै सबै लगानीकर्तामा अब बजार बढ्छ भन्ने आशा थियो ।
तर  राजनीतिक अस्थिरताको बादल मडारिंदा सेयर बजारका लगानीकर्ता पनि केही अस्थिर बनेको छ । सूचकसँगै कारोबार रकम पनि प्रभावित भएको छ ।
यस दिन १३७ कम्पनीको ३४ करोड ५५ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सात लाख ६४ हजार ६७९ कित्ता सेयर कारोबार भएको छ । नेप्से तल झर्नुमा अल्पकालीन कारोबारीले नाफा बुक गरेर बजारमा बिक्री परिमाण बढाउनु अर्को कारण रहेको छ । पछिल्लो समय बजार बेस्सरी घटेका बेला सेयर किनेका अल्पकालीन कारोबारीले भाउ बढेको मौकामा बेच्न थालेपछि बजारमा आपूर्ति बढेको फ्रन्टलाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई छ । 
बढ्दो बैंक ब्याजदर, हकप्रद र बोनसका कारण सेयर संख्या बढे पनि त्यसलाई थेग्ने संस्थागत संयन्त्र नहुनुले पनि सेयर बजार प्रभावित हुँदै आएको छ । हामीकहाँ संस्थागत लगानीकर्ता नभएकाले बजारमा माग र आपूर्तिबीच सन्तुलन ल्याउन कठिनाई हुँदै आएको छ । 
सामूहिक लगानी कोष कम्पनीले पनि बजारमा नाफा कमाउने रणनीतिक हिसाबले मात्र सेयर कारोबार गरिरहेको देखिन्छ । यसले पनि बजारलाई दिगो विकासको प्रक्रियामा अघि बढाउन सकेको छैन । 
उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक राताम्य भएका छन् ।
उत्पादनमूलक समूहमा भने कुनै पनि परिवर्तन भएको छैन । सबैभन्दा धेरै बिमा सूचक ११२।६९ विन्दुले तल झरेको छ । वाणिज्य बैंक समूहको सूचक पनि १३।४६ विन्दुले ओर्लिएको छ । कारोबार रकममा नेपाल टेलिकमले अग्रता लिएको छ । टेलिकमको दुई करोड नौ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमका आधार दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक संस्थापक र बैंक अफ काठमान्डू लुम्बिनी परेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: