
- पर्शुराम कुँवर
विगत २-३ दिनमा तरलताका सम्वन्धमा छापामा आएका समाचार, टिप्पणी आदीका सम्वन्धमा म यो लेख्दै छु ।
थप निक्षेप परिचालनका लागी वैंकहरुलाई वचत खातामा व्याज वृध्दी गर्न सुझाव, निर्देशन दिईएको समाचारहरु आईरहेकोछ! अहिलेको स्थितिमा व्याज दर वढ्दै गएको अवस्थामा वचतको व्याज दर पनि वढाउनु पर्ला (कतिपय वैकले वढाउन पनि शुरु गरेका छन) तर व्याज दर वढाएकै कारणले वैकिंग प्रणालीमा उल्लेख्य निक्षेप वढ्ने छैन। किनभने जनताहरुले वैंकहरुले कहिले व्याजदर वढाउलान र वैकमा पैसा जम्मा गरौंला भनेर घरमा पैसा राखेका छैनन् ! जनताको पैसा बैंकमा नै छ !
एउटा चल्तिको पत्रिकाको सम्पादकियमा व्याज दर बढाएमा सहकारीमा जम्मा हुने निक्षेप वैकमा आकर्षित हुनेछ भन्ने पढ़ें ! सहकारीहरुले पनि संकलन गरेको निक्षेप आफ्नो ढुकुटीमा नगद मै राखेका छैनन् । सहकारीको निक्षेप पहिला नै वैकमा आईसकेको छ ।
मुध्दतिमा धेरै व्याज दिने वैकले वचतमा कम व्याज दिएकोमा वैकहरुको खूव आलोचना भएको छ ! यसमा हामीले ३-४ कुराहरु विचार गर्नु पर्छ !
(१) व्याजदर क्रमस वढ्दै जान्छ, पहिला अन्तरवैक, कल खाता (खास गरेर संस्थागत), ट्रेजरी विल्स / वण्ड, मुध्दति र वचत !
(२) अव वचतको व्याज दर वढ्ने छ तर मुध्दतिको जस्तो धेरै व्याज वढ्ने छैन! हामी जस्तै कुनै पनि मार्केटमा वचतको व्याज दर मुध्दतिको व्याजको हाराहारीमा हुंदैन ! किन भने वचत निक्षेप स्वभाविक रुपले वढी उतार चढाव (volatile) हुने र वचतकर्ताले आफ्नो वचत कुनै पनि वखत झिक्न सक्छन् ।
(३) राष्ट्र वैकले निक्षेप र कर्जाको व्याज स्प्रेड ५% भन्दा वढी हुन नपाउने भनि तोकि सकेको सन्दर्भमा कुनै एक अमुक ग्राहकको कर्जाको व्याज वढेको तर उसको वचतको व्याज वढेन भनि वैकहरुको आलोचना हुनु अलि वढी नै भयो जस्तो लाग्छ। राष्ट्र वैकले विभिन्न वचत खाताहरुको व्याज दर को फरक वढीमा २% हुनुपर्ने भनि तोकेको छ । वैकहरुलाई ५% को व्याज स्प्रेड र अन्य निर्देशनहरु भित्र काम गर्न स्वतन्त्र छोडिदिनुपर्छ ।
(४) वैकहरुले ठुला कर्जामा र निक्षेपमा व्याजको फाईदा दिएको तर त्यस्तो सुविधा साना ग्राहकहरुलाई नदियकोमा पनि वैकहरुको आलोचना भएको छ।व्यापारमा थोक र खुद्रा कारोवारमा एउटै दर नभएको जस्तै हो यो ! पत्रिकामा पनि संस्थागत विज्ञापनदाताले खुद्रा विज्ञापनदाता भन्दा वढी छूट पाउछन नि !
राज्यका संचालकहरुले पनि यो भएन र त्यो भएन
भनेर वैकहरुको आलोचना गर्नु भन्दा आवस्यक निति निर्देशन जारी गर्ने र निर्देशन भित्र नवस्ने वैकहरु विरुध्द आवस्यक कार्यवाही गर्नु वढी तार्किक हुनेछ ! वैकहरुले यो निर्देशन उल्लंघन गरे भनेर भन्न पनि नसक्ने अनि कार्यवाही पनि नगर्ने अनि वैकहरुको एकोहोरो आलोचना मात्र गर्दा आफ्नै कमजोरीहरुको उजागर हुने छ !
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्