×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरलाई सुझाव : ‘जे पायो त्यहि नबोलौ , जे पायो त्यहि नगरौं’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गभर्नरलाई सुझाव : ‘जे पायो त्यहि नबोलौ , जे पायो त्यहि नगरौं’

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम


वर्तमान राष्ट्र बैकका गभर्नर इतिहासकै अर्थतन्त्रको संवेदनशीलताका बारेमा ज्ञान नभएका गभर्नर हुन् त ? एक  प्रश्न अनेक उत्तर ।
१- गाडी र सेयर कर्जा रोक्न वाणिज्य बैंकहरुलाई गभर्नरको निर्देशन  समाचार:
यसबारे केहि टिप्पणी 
अर्थतन्त्र सधै गतिशील एवं चलायमान  हुनुपर्छ । अर्थतन्त्र जति गतिशील एवं चलायमान भयो, उति आर्थिक गतिविधिहरु  बढ्छन्  । जति आर्थिक गतिविधिहरु बढे, उति रोजगारी एवं लगानीका अवसरहरु सृजना हुन्छन् । जति रोजगारी एवं लगानीका अवसरहरु बढे, उति मानिसहरुको आम्दानी बढ्छ । जति मानिसहरुको आम्दानी बढ्दै गयो, मानिसहरुले लगानी एवं खर्चको मात्रा बढ्दै जान्छ । 
लगानीको मात्रा बढ्दै जानु भनेको पुन अन्य मानिसहरु एवं स्वयंको आम्दानि बढ्दै जानु हो । खर्चको मात्रा बढ्नुको आधार भनेको आम्दानि बढेर न त हो । एक जनाको खर्च बढ्दा अन्यको आम्दानी बढ्छ । अरुहरुको रोजगारी बढ्छ । अरुको रोजगारी बढ्नु भनेको अरुको आय बढ्नुपनि हो । यसरी समग्रमा लगानीको मात्रा बढ्नु भनेको तथा  मानिसहरुको खर्चको मात्रा बढ्नु भनेको देशको समग्र अर्थतन्त्रको सबलताको  संकेतपनि  हो । 
लगानीबाट आम्दानी गरेर लगानीकर्ताले राज्यलाई कर तिर्छ । एकजना मानिसको खर्च बढेर न त त्यो आवश्यकता  पूरा गर्न अर्को मानिसले रोजगारी पाई आम्दानी गर्छ । आम्दानी भएपछि सरकारलाइ कर तिर्छ । देशका सबै मानिसहरुको आम्दानी बढ्यो , उद्योगधन्दा खुल्यो भने पो त सरकारले ठुलो मात्रामा राजस्व प्राप्त गर्छ । देशले जति धेरै मात्रा राजस्व संकलन गर्न सक्यो देश उति धनि हुने त हो नि ।  
देश जति धनि भयो उति विकास हुने त हो नि । जति देश विकास भयो राज्यले नागरिक कल्याणकारी कार्य संचालन गर्ने त हो नि । त्यसको लाभ पाउने भनेको आखिरमा जनतालेनै त हो नि । अर्थतन्त्रको गतिको चलायमान १:४ को अनुपातमा हुने गर्छ भनिन्छ । गभर्नरले गाडी र सेयर कर्जा रोक भनेपछि के त्यसले अर्थतन्त्र गतिशील बनाउला त ? एक गम्भीर सवाल ! सरकारको अरबौ रकम खर्च नभई राष्ट्र बैकमा थन्किएको छ । 
अब सबै पैसा एकै  ठाउँमा  जम्मा पारेर त्यहि पैसा माथि निदाउने गभर्नरको सोच पो हो कि त । अहिलेका गभर्नर  अर्थतन्त्रको राम्रो जानकार भएका अर्थशास्त्री  गभर्नर हुन कि व्यापारी मानसिकता भएका व्यापारी गभर्नर हुन् । अर्थतन्त्र खुम्च्याउन होइन विकास गर्नतर्फ लागौं । 
२- अलि केहि समय अगाडी निक्षेपमा ब्याजदर वृद्धि गरी निक्षेप संकलन वृद्धि गरी वर्तमान तरलता संकट समाधान गर भन्ने समाचार आएको थियो ।  
    
यसबारे केहि टिप्पणी
बैकहरुले महँगो ब्याजदरमा निक्षेप संकलन गर्नु भनेको देशको आर्थिक बिकासमा नकारात्मक असर पर्नु हो । बैकले संकलन गरेको निक्षेप उसले आफ्नो खल्तीमा हाल्ने त होइन । उसले पनि  लगानी गर्ने हो । सस्तो ब्याजमा लिएर महगो ब्याजमा लगाउने बैकहरुको कामनै हो । 
ऋण लिने भनेका व्यापारी र उद्योगपतिहरु हुन् । उनीहरुले लिएको ऋणको ब्याजदर महँगो पर्छ ।  ब्याजदर महँगो भएपछि तिनीहरुको लागत महँगो पर्न जान्छ  । बस्तु तथा सेवा महँगो भइसकेपछि, त्यो बजारमा बिक्रि हुन गाह्रो हुन्छ । बिक्रि भइहालेपनि जनतालाई महँगो पर्छ । यहि मौकामा बिदेशी कम्पनीहरुको प्रवेश हुन्छ । अनि विदेश कम्पनीहरु मालामाल स्वदेशी कम्पनीहरु धराशायी ।
यी त केहि संचारमाध्यममा आएका प्रतिनिधिमुलक कुराहरु मात्र हुन । अत: अर्थतन्त्र जस्तो संबेदनशील कुरामा जे पायो त्यो नबोलौ , जे पायो त्यहि नगरौं । तपाईको एक शब्दले मनिसको करोडौं रुपियाँ नष्ट हुनपनि सक्छ । अत: पद अनुसारको संबेदनशीलताको ख्याल गरौं । बाँकी यहाँकै इच्छा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: