
- दुर्गा प्रसाद काफ्ले
स्ट्याण्डर्ड चार्टडले एफपीओ जारी गर्ने अनुमति पाएको छ । सेबोनले जनाएअनुसार एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडेर चार्टर्डले १२ सय ९० रुपैयाँ दरको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो । चार्टर्डको चुक्ता पुँजी तीन अर्ब ७४ करोड ९९ लाख एक हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा (बार्षिकीकरण) रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ भने २२० रुपैयाँ २९ पैसा छ ।
तर स्ट्याण्डर्ड चार्टडको एफपीओ गलत समयमा आएको छ । अहिलेको विसम परिस्थितिमा बजार ओरालो लागिरहेको छ भने बजारमा तरलताको चरम अभाव छ । आर्थिक आतंक छ बजारमा ।तरलताको कलह मच्चिरहेका बेला, सेबोन भित्रै समेत प्रपन्च रचीएको बुझ्न गाह्रो छैन । ठूला लगानीकर्ताहरु मिलेर सानालाई डुबाउने खेलमा लागेको बुझ्न गाह्रो छैन ।
बजार बलियो हुनुपर्छ । तर सानालाई डुबाएर ठुला मोटाउने चलखेल भएको छ । केहि समय अघि मात्र सेबोनले नेपाललाइफ र माइक्रोफाइनान्सको एफपीओ र आइपीओ चांडो बाँडफांड गर्न लगाएर देशको आर्थिक मन्दी लाइ सहज बनाउने भन्दै नाटक गर्यो । यस्तो विसं परिस्थितिमा के स्ट्याण्डर्ड चार्टडको एफपीओको अनुमति दिनु ठिक हो त ? के यसले तरलता अभावलाइ अझ अभाव बनाउदैन र ?
बुझ्न गाह्रो छैन, स्ट्याण्डर्ड चार्टडको एफपीओ किन्नकै लागि भोलि बजारमा सेलीङ प्रेसर बढी हुनेछ । र पुन स्वाभाविक रुपमा बजार घट्नेछ । बल्ल बल्ल हरियो देख्न पाएका लगानीकर्ताहरु पुन: निराश हुनेछन् । स्ट्याण्डर्ड चार्टडको एफपीओ केहि समयपछी मात्र जारी गर्ने अनुमति दिएको भए हुन्थ्यो ।
आज एकातर्फ बजार बढ्नु र उता स्ट्याण्डर्ड चार्टडको एफपीओ अनुमति दिएको खबर आउनुभित्र कतिसम्म नियोजित निर्णय हुँदो रहेछ ब हान्ने बुझ्न गाह्रो छैन । आज नियोजित रुपमा सेयर बेचेर भोलि त्यहि पैसा एफपीओमा हाल्ने सुरसारमा लगानीकर्ताहरु पक्कै छन् । देखादेख यस्तो हुँदा सम्बन्धित निकाय किन मौन छ? यसको विरोध हुनुपर्छ । बजार झन् बिग्रँदो अवस्थामा छ ।
बजार बढ्नुपर्छ भन्नेहरु यसको विरोधमा उत्रिनै पर्छ । सक्छौ बिरोध गर, सक्दैनौ चुप बस । होइन भने सानालाई लडाउ बस । अरु त के भन्नु र ? होइन भने दुर्गा प्रसाद काफ्लेले भनेजस्तै बजार १२०० मा होइन अव ९००मा आउँछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्