
काठमाडौं – सरकारले कालोबजारी गर्ने व्यवसायीलाई संरक्षण गर्दा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
बजार हस्तक्षेप गर्न सरकारले समयमै चिनी खरिदका लागि साल्ट ट्रेडिङ कर्पोरेसनलाई भन्सार छुट नदिँदा चिनीको अभाव भएको हो । साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिएको मौका छोपी व्यवसायीले पछिल्लो समय प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएका छन् ।
भन्सार छुटका लागि पटकपटक अर्थमन्त्रालयमा प्रस्ताव पठाए पनि अर्थले चिनी खरिद गर्नका लागि भन्सार छुट नदिँदा यस्तो अवस्था सिर्जना भएको हो । चिनीको उत्पादन कम भएको र सरकारी संस्थानसँग मौज्दात सकिएको फाइदा उठाउँदै चिनी उद्योगीले एक्कासी मूल्य बढाएका हुन् ।
८० रुपैयाँ रहेको चिनीको खुद्रा मुल्य बढेर अहिले प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । कर्पोरेसनले चिनीको अभाव हुनसक्ने भन्दै सिजनमै ५० हजार टन खरिदका लागि आपूर्ति मन्त्रालय मार्फत अर्थमन्त्रालयलाई जानकारी गराएको थियो । तर अर्थले भन्सार छुटमा आनकानी गरेको छ ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बजारमूल्य नियन्त्रणका लागि सरकारले तत्काल चिनी ल्याउने व्यवस्था गर्नुपर्ने बताए । “सरकारकै कमजोरीका कारण उपभोक्ताले महँगो मूल्यमा चिनी खरिद गर्नुपरेको छ,” उनले भने, “कर्पोरेसनसँग चिनीको अभाव भएपछि व्यापारीले प्रतिकिलोमा १० रुपैयाँ मूल्य बढाएका छन् ।”
आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले चिनी खरिद गर्न भन्सार छुटका लागि पटकपटक अर्थमन्त्रालयलाई पत्राचार गरे पनि अहिलेसम्म त्यसका लागि कुनै निर्णय नभएको बताए ।
“बजारमा चिनीको अभाव हुनसक्ने भन्दै चिनी खरिदका लागि भन्सार छुटको प्रस्ताव धेरैपटक पठाइसकेका छौं,” प्रवक्ता श्रेष्ठले भने, “विभिन्न बहाना देखाउँदै भन्सार छुट नदिँदा कर्पोरेसनले चिनी खरिद गर्न नसक्दा बजारमा अभाव देखाइ मूल्यवृद्धि भएको छ ।”
उनका अनुसार मन्त्रालयले चिनी खरिदका लागि भन्सार सहुलियतको लागि असोज, मंसिर र माघ महिनामा प्रस्ताव पठाएको थियो । यता, कर्पोरेसनका विभागीय प्रवन्धक पंकज जोशीले बजारमा चिनीको अभाव हुनसक्ने भन्दै सरकारलाई अग्रिम जानकारी गराइएको बताए । “समयमै चिनी खरिद गर्नका लागि भन्सार छुट नदिँदा कर्पोरेसनसँग चिनी सकिए पनि बजारमा मूल्य बढेको छ,” उनले भने ।
व्यवसायीका अनुसार मुलुकमा वर्सेनि २ लाख ३० हजार मेट्रिक टन चिनीको खपत हुन्छ । गत वर्ष एक लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । स्थानीय उत्पादनले मागको ५० प्रतिशत धान्ने र बाँकी आयात गर्नुपर्ने अवस्था छ ।
अहिले पनि कर्पोरेसनले ७९ रुपैयाँ प्रतिकिलोमा चिनी बिक्री गरिरहेको छ । तर, खुद्रा व्यवसायीले ९० देखि ९५ रुपैयाँमा बिक्री गरिरहेका छन् । सामान्य समयमा मासिक १५ हजार टन चिनीको माग हुन्छ भने दसैं तिहारमा मासिक २५ हजार टनसम्म माग हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्