- प्रनिश थापा / अर्थ सरोकार डटकम
काठमाण्डौ – हरेक पेशा व्यवसाय आ-आफ्नै आचारसंहितामा चलेका हुन्छन् । आफुलाई आफैले नियमन गर्नका लागि यस्ता आचारसंहिता बनाइएका हुन्छन् । नेपालमा रहेका सार्वजानिक यातायात क्षेत्रलाई नियमन गर्नका लागी पनि आचारसंहिता जारी भएको छ । यातायात क्षेत्रमा विकृति र बिसंगती पनि कम छैनन् । आम नागरीक प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिने यो क्षेत्रमा अनेकन गुनासाहरु आउने गरेका छन् ।
सार्वजानिक यातायात सञ्चालन गर्ने व्यवासायीहरुले बनाएका आचारसंहिता कार्यान्वनमा अझै आउन सकेको छैन् । सायद पालाना गर्नुपर्ने चालक सहचालकका बिचमा आचारसंहिताको जानकारी पनि कम भएको महशुस गर्न हामीले सक्छौं । वि।सं। २०६८ सालमा जारी गरिएक आचारसंहिता सार्वजानिक यातायात सञ्चालक र यससंग सरोकार राख्ने पक्ष र आम नागरिकको हितमा बनेको छ ।
नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा त्रिभुवन राजपथको निर्माणपछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारीसाधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन शुरु भयो । देश भित्र रेल्वेसेवाको विस्तार हुन नसक्नु र हवाई सेवा सर्वसाधारणको पहुंच भन्दा बाहिर रहेको अवस्थामा सडक यातायातको प्रमुख अंगको रुपमा रहेको सवारीसाधनको नेपाली जनजीवनमा महत्वपूर्ण योगदान रहेको छ ।
चार बर्ष अगाडीको तथ्यांङ्क हेर्ने हो भने नेपाल भरमा १० करोड १ लाख ५ हजार २ सय ७१ सवारी साधन दर्ता भई सकेको छ । यसैगरी , देशको ७५ जिल्ला सडक संग जोडिएको र ग्रामिणस्तरमा पनि सडक बनाउने लहर नै चलेको हुँदा दिनानुदिन सार्वजनिक सवारीसाधनको वृद्धिसंगै यस्ता सवारीमा यात्रा गर्ने यात्रुको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । हाल , अनुमानित दैनिक करीब ५० हजार सार्वजनिक सवारीसाधन संचालन हुन्छन् भने दैनिक करीब १० लाख मानिसहरु यात्रा गदर्छन् ।
वर्तमान समयमा बढदो यात्रु तथा सवारीसाधनको व्यवस्थापन गरी सार्वजनिक सवारीलाई भरपर्दो, सुरक्षित, महिला मैत्री, वातावरणमैत्री तथा सर्वसाधारणको पहुँच भित्र पुर्याउनु वर्तमान समयमा चुनौतीको रुपमा रहेको छ । यातायातको क्षेत्रमा खासगरी सार्वजनिक यातायातको क्षेत्रलाई गुणस्तरीय, सुविधाजनक तथा महिला तथा वृद्धमैत्री बनाउनै पर्ने आवश्यकता टडकारो रुपमा देखा परेको छ ।
लामो तथा छोटो दुरीका हजारौ सवारीसाधनहरुमा दैनिक लाखौ यात्रीहरुले यात्रा गर्छन् । आर्थिक कृयाकलापमा गतिशिलता आई हजारौंले रोजगारी समेत पाईरहेका छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाखौ व्यक्तिहरुसंग दैनिक रुपमा जोडिएको यस क्षेत्रलाई शिष्ट, मर्यादित र सम्मानित र सुरक्षित बनाउनु अपरिहार्य भईसके
को महसुस गरिएको छ ।
सार्वजनिक यात्रुवाहक यातायातको क्षेत्रमा खासगरी अशिष्ट भाषाको प्रयोग हुने गरेको, महिला तथा शारिरिक अपांगता भएका व्यक्तिहरुलाई असहज हुने व्यवहार गरिने, तोकिएको भन्दा बढी भाडा लिन गरेको, आरक्षित सिटमा आरक्षित समूहले यात्रा गर्न नपाउने, तोकिएको समयमा तोकिएको स्थानबाट नछुट्ने तथा सोही अनुसार नप जस्ता गुनासाहरु सुनिने गरेको छ । नेपालका विभिन्न् स्थानहरुमा खास गरी लामो दुरीमा रात्री सेवा समेत संचालनमा रहेका छन् । रात्री सेवाबाट यात्रा गर्दा महिला हरुले एकलै यात्रा गर्न नसक्ने वा डराएको अवस्थामा यात्रा गर्नुपर्ने अवस्था समेत विद्यमान छ ।
सार्वजनिक यात्रुवाहक सवारीका क्षेत्रमा सुनिने थुप्रै गुनासाहरु छन् तथा यस्ता गुनासाहरु सबै आधार
हिन पनि छैनन् । नेपाल एक सार्वभौम गणतन्त्रात्मक मुलुक हो । प्रत्येक नेपालीको यात्रा आवत जावत गर्न पाउने अधिकारलाई सुरक्षित गरको छ । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा चालक, परिचालकले यात्रुहरुसंग तथा यात्रुहरु ले पनि चालक तथा परिचालकसंग शिष्ट तथा सभ्य भाषामा कुराकानी गर्नुपर्नेछ ।
यात्रुवर्गले आपसमा कुराकानी गर्दा तथा खासगरी पुरुषहरु ले महिलाहरुसंग शिष्ट र सभ्य भाषाको प्रयोग गर्नु पर्नेछ । सवारी भित्र खासगरी महिला बृद्ध तथा बालबालिका मैत्री वातावरण हुनुपर्नेछ । यस्ता बिषयमा सवारीधनी , सवारी संचालकहरुले कर्मचारीहरुलाई आवश्यक प्रशिक्षण दिने तथा संचेतना बढाउने व्यवस्था मिलाउनु पर्नेछ । महिला तथा शारीरिक अपांगता भएका व्यक्तिहरुका लागि आरक्षित सिटमा अनिवार्य रुपमा उनीहरुले नै बस्न पाउनु पर्नेछ । साथै वृद्ध वृद्धा तथा बिरामीहरु तथा खासगरी गर्भवती महिलाहरुलाई, नावालक सहितका महिला हरु प्राथमिकताका साथ सिट उपलब्ध गराउनु पर्नेछ ।
रात्री सेवामा यात्रा गर्ने महिलाहरुलाई प्राथमिकताका साथ महिलासंगैको सिट उपलब्ध गराउनु पर्नेछ । सवारीचालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपांगता भएका व्यक्ति, बिरामी तथा वृद्ध वृद्धाहरुलाई भेटेमा अनिवार्य रुपमा प्राथमिकता साथ सवारी साधनमा यात्रा गराउनु पर्नेछ । बाटोमा यस्ता व्यक्तिहरुले सवारीसाधन रोक्न हात उठाएमा, अनिवार्य रुपमा सवारीसाधन रोक्नु पर्नेछ । सार्वजनिक यात्रुवाहक सवारीसाधन भित्र कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाउने छैन । यस्ता सवारीसाधन मा अश्लिल, महिला बिरुद्धका उदाहरणहरु लेख्न, लेखाउन तथा अश्लिल चित्र, पोस्टर टाँस्न पाईने छैन् ।यस्ता उछंलिखल पोस्टर चित्र टांसिएको भएमा तुरुन्त मेटाउनु / हटाउनुपर्ने हुन्छ । यस्ता सवारी साधनमा सार्वजनिक हित जनिने तथा उच्च नैतिकतामुखी तथा महिला हिंसालाई दुरुत्साहित गर्ने उद्दरण लेख्न प्रोत्साहन गरिनेछ ।
सार्वजनिक सवारी साधन भित्र कसैले महिलालाई यौन दुव्र्यवहार गरेमा वा गर्न सहयोग गरेमा कानून बमोजिम कडा भन्दा कडा कारवाही समेत हुनेछ । सवारी साधन भित्र मद्यपान गरेको भेटिएमा प्रहरी ले जुनसुकै बखत सवारीसाधनबाट बाहिर निकाल्न सक्नेछ । सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न तथा यात्रु हरुका झिटी गुण्टा बाहेक अन्य मालसामान ढुवानी गर्न पाईने छैन् ।
यात्रुहरुको झिटी—गुण्टा कुनै कारण ले सवारी साधनमा छुटेमा अविलम्ब यस्ता सामानहरु नजिकको यातायात काउण्टर वा प्रहरी चौकीमा बुझाउनु पर्नेछ र यस्ता कार्यालयहरुले पनि प्राथमिकताका साथ सम्बन्धित व्यक्तिलाई बुझाउने व्यवस्था गर्नुपर्नेछ । चालकले सवारी चलाउदा मोबाईल फोनमा कुराकानी गर्न पाउने छैन । सवारी साधन चलाउँदा चालकले यात्रुहरु संग कुराकानी गर्न पाउने छैन साथै यात्रुहरुले पनि चालक
संग कुराकानी गर्न पाउने छैनन् ।
तर , सवारी साधन रोकिएको अवस्थामा भने कुराकानी गर्न कुनै बाधा पर्ने छैनन । सार्वजनिक सवारीसाधनहरुले जुन रुटमा चल्ने सवारीसाधन हो सो रुटको भाडा सबैले देखिने गरी सवारी
साधनमा टाँस गरी राख्नु पर्नेछ । नेपाल सरकारद्धारा तोकिएको भन्दा बढी भाडा लिन पाईने छैन । सार्वजनिक सवारीसाधनले सवारी साधनको दर्ता नम्बर सवारीभित्र सबैले देखिने गरी लेख्नु पर्नेछ ।
सार्वजनिक यात्रुवाहक सवारीसाधन सधै दुरुस्त, सफा तथा यात्रुमैत्री हुनुपर्नेछ तथा सवारीसाधन को नियमित चेकजाँच तथा मर्मत संम्भार समेत गरिएको हुनुपर्नेछ । सवारी साधन तोकिएको समयमा तोकिएको स्थानबाट छुट्ने र तोकिएको समयमा तोकिएको स्थानसम्म पुग्ने गरी संचालन गर्नु पर्नेछ । सार्वजनिक यात्रुवाहक सवारीसाधन का चालक तथा परिचालकले सवारीसंग सम्बन्धित कागजात अनिवार्य रुपमा सवारी साधनमा राख्नु पर्नेछ साथै ट्रफिक प्रहरी, यातायात निरिक्षक वा सम्बन्धित निकायबाट मागिएको बखत तुरुन्त उपलब्ध गराउनु पर्नेछ ।
ट्रफिक प्रहरी, यातायात निरिक्षकले सार्वजनिक सवारीका चालक, परिचालक तथा चालक परिचालकले ट्रफिक प्रहरी,यातायात निरिक्षकसंग शिष्ट तथा मर्यादित भाषामा कुराकानी गर्नुपर्नेछ । लामो तथा मध्यम दुरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले अनिवार्य रुपमा प्राथमिक उपचारका साधन सवारी साथ राख्नु पर्नेछ । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा यात्रुहरु लाई चढाउँदा तथा ओराल्दा तोकिएको स्थानमा मात्र ट्रफिक जाम तथा दुर्घटना नहुने गरी, सावधानी पूर्वक चढाउनु तथा ओराल्नु पर्नेछ । यात्रुहरु पनि लाईन लागेर अनुशासित रुपमा सवारीमा चढ्नु तथा ओर्लनुपर्नेछ ।
सार्वजनिक यात्रुवाहक सवारीका चालक तथा परिचालकले अनिवार्य रुपमा परिचयपत्र देखिने गरी झुण्ड्याउनु पर्नेछ । सार्वजनिक सवारीसाधन बाटोमा बिग्रीएमा वा रोकिने अवस्था आएमा यात्रु हरुलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरुले माग गरेमा दामासाहीले भाडा फिर्ता समेत दिनु पर्नेछ । सार्वजनिक यात्रु वाहक सवारी साधनमा यात्रुहरुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम चलाउन पाईने छैन् ।
लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला वर्गको अपमान हुने खालको गीत, संगित वा भिडियो बजाउन वा संचालन गर्न पाईने छैन । सार्वजनिक सवारी साधनका चालकले आवश्यक भएमा मात्र हर्नको प्रयोग गर्नुपर्नेछ । हर्न निषेधित क्षेत्रमा हर्नको प्रयोग कुनै पनि हालतमा गर्न पाईने छैन साथै प्रेशर हर्नको प्रयोग दण्डनीय हुनेछ । सार्वजनिक यातायातमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग गर्न पाईने छैन् । यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ ।
सार्वजनिक यात्रुवाहक सवारी साधनलाई महिला मैत्री बनाउने सन्दर्भमा यस्ता सवारीसाधनमा चालक, परिचालक तथा कर्मचारी नियुक्ती गर्दा महिलावर्ग लाई प्राथमिकता दिनु पर्नेछ । लैगिंक हिसा बिरुद्ध र आचार संहिता सम्बन्धमा संचेतना समेत बढाउनु पर्नेछ । माथी उल्लेख गरिएका बिषय आचार संहितामा उल्लेख गरिएका वुँदाहरु हुन् । यो कार्यान्वयन भए नभएका अनुगमन मूल्याँकन र कार्वाही गर्ने निकाय समेत त्यो संहितामा उल्लेख गरएको छ । बनाएको संहिता लागु भएको छ छैन भन्ने बिषयमा संम्वन्धीत सरोकारवालाको ध्यान जान जरुरी छ ।
यातायातको क्षेत्रमा सरोकार राख्नेले यो बिषयमा गम्भीर बन्न ढिला गरे विकृती विसंगती अझै बढ्ने निश्चित छ । समय समयमा यो बिषय बारे अन्तरक्रिया छलफल गर्न सके आचारसंहिताका बिषयमा सरोकार वढ्ने थियो । तर, त्यसो हुन सकिरहेको छैन । समयमै सवैको ध्यान जानू आवश्यक तथा जरुरत छ अनि सार्वजानिक यातायातको क्षेत्रमा सुधारका दिनहरु छाउन आवश्यक छ ।