×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पूँजी बजार घट्ने सिजन अझै सकिएको छैन, डराउनू पर्दैन’

PRIME CA
GLOBAL IME BANK

‘पूँजी बजार घट्ने सिजन अझै सकिएको छैन, डराउनू पर्दैन’

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • शुशील भुषाल 
सप्तरीको राजविराजमा भएको गोली काण्डपछि यतिवेला नेपाली राजनीति उथलपुथल भएको छ । यसको प्रभाव पूँजी बजारमा देखिन थालेको छ । अहिले मधेशी मोर्चा सात दिनको अल्टिमेटम दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने धम्की दिईरहेको छ । तराई ठप्प पारेको छ । नेपाल बन्द जस्ता कार्यक्रमहरु सार्वजनिक गरेको छ । स्थानीय चुनाव हुने-नहुने अन्यैलता बढ्दो छ । यसको नकरात्कम प्रवाभ नेपाली पूँजी बजारमा पर्ने निश्चित छ । अर्कोतर्फ बिगतको अभ्यासलाई हेर्ने हो भनेपनि सेयर बजारमा फागुन र चैत महिनामा मन्दी देखिनेर चैत अन्तिम साताबाट नेप्सेले बिस्तारै उचाई लिने गर्दथ्यो ।
अहिलेको अवस्था त्यही हो । अरबौंको कारोवार गर्दै १८८१ पुगेको सेयर मार्केट करोडौंको कारोवार गर्दै खुम्चिएको छ । अहिलेको यो अवस्था नजरअन्दाज गर्न नसक्ने हो भने लगानीकर्ता कुनै लाभ लिन नसक्ने निश्चित छ । विगत ४ महिनादेखि बजार घट्यो लगानी गर्ने बेला यहि हो भन्दै केहि अर्थ पण्डितहरुको पछि लागेर लगानी गर्ने पूँजी सवै बजारमा समय नआउदै खर्चियो, अहिले लगानी गर्ने पैसा छैन । घटेको बजार हेर्दै थुक लिन्ने सिवाय हामीसँग अरु विकल्प छैन ।
नेप्से १८८८ मा पुगी झर्न थाल्यो । १७०० को बिन्दुमा आईपुग्यो । १६०० मा आयो यसो भन्दै गर्दा बजार १५०० भन्दा तल झर्न थाल्यो । नभन्दै बजार झण्डै १२०० को बिन्दुमा आईपुग्न लाग्यो । नेप्से १५०० को हाराहारी हुदै लगानी गर्ने बेला यहि हो भन्दै हिड्ने पण्डितहरु अहिले कहा छन । त्यस्ता हल्लावाजहरुको गतिविधिबाट साधारण लगानीकर्ताले आफुलाई सतर्क राख्न नसक्नु उनीहरुकै कमजोरी हो ।
आफुलाई बिश्लेषकहरु भन्ने त्यो सूलो समुह कहाँ छ जसले बजार बढ्दैछ अब नेप्से २५०० पुग्छ भनेर हल्ला फैलायो । राजनीतिक अन्योल जारी छ । सेयर बजारमा थपिने लगानीकर्ताको संख्या बढ्न रोकिएको मात्रै हैन, ह्वात्तै घटेर गएको छ । ठूला खाले एफपीओ, आईपीओ र हकप्रदले सर्वसाधारण भएको रकम सिध्याएको छ ।
पहिले महंगोमा सेयर किनिहालीयो अब रित्तो छु भन्नेहरुले यसपटक राम्रो शिक्षा लिनुभयो होला । अहिलेपनि ठुला लगानीकर्ताहरु सर्टट्रम प्लानमा बजारमा छिरेका छन । दुई बजार बढाएर तिन दिन बजार घटाउने प्रयत्न गर्दैछन् । अहिलेको अवस्था एक दिन बजार बढ्र्रयो भन्दैमा हौसिने र अर्को दिन बजार घट्यो भन्दैमा बर्वाद भो भन्न जरुरी छैन । मेरो अनुरोध घटनाक्रम हेरौं, हल्लाबाट सतर्क होऔं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: