×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एफडीआइमा नेपालका एकमात्र पीएचडी होल्डर भन्छन्, ‘लगानी बोर्डको काम गर्ने ‘एप्रोच’ नै गलत छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीआई) मा विद्यावारिधि गरेका नेपालका एक मात्र पीएचडी होल्डर डा. सरोज कोइरालाले लगानी बोर्डको काम गर्ने ‘एप्रोच’ नै गलत भएको बताएका छन् । अर्थ सरोकार डटकमसँग विशेष कुराकानी गर्दै उनले लगानी बोर्डमा राजनीति हावी हुनु, लगानीको खास अर्थ नै नबुझ्नु र सम्बन्धित विषयमा दखल भएका व्यक्तिभन्दा राजनीतिक पावरका भरमा लगानी बोर्डको नेतृत्व गरिनुजस्ता विविध कारणले लगानी बोर्डको काम गर्ने ‘एप्रोच’ गलत भएको बताएका छन् ।



लगानी बोर्डको नेतृत्वलाइ नै ‘लगानी’ के हो भन्ने थाहा छैन 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले लगानी बोर्डको नेतृत्वलाई ‘लगानी’ को अर्थ नै थाहा नभएको आरोप लगाएका छन् । ‘यहाँ लगानी भन्नेबितिकै  बैंक भन्ने बुझ्ने गरिन्छ । बैंक तथा वित्तीय क्षेत्रले त कुल लगानीको १० % पनि ओगटदैन । तर लगानी बोर्डमा सकेसम्म बैंकिङ क्षेत्रबाट नेतृत्व लैजाने र त्यो पनि पार्टीको झण्डा बोक्नेहरुलाई मात्र नेतृत्व दिने गरिएका कारण लगानीको खास अर्थ न उनीहरुले बुझेका छन्, न अरुलाई बुझाउन सकेका छन् ।’ उनका अनुसार लगानी भनेको के हो भन्ने बुझ्न नै हालको नेतृत्वलाई पूरा कार्यकालले पनि पुग्दैन । ‘लगानी भनेको के हो नै नबुझेकाहरु नेतृत्वमा छन् । लगानी भनेको के हो भन्ने बुझ्न हालको नेतृत्वलाई एक कार्यकालले पनि पुग्दैन । अव यस्तो नेतृत्व बाट हामीले आशा गर्नु कति सहि वा कति गलत भन्ने कुरा हामी आफैंले पनि सोच्न सक्छौं ।’  

बोर्डमा राजनीति हावी भो, राम्रालाई भन्दा हाम्रालाई नेतृत्व दिने परिपाटी बस्यो 
लगानी बोर्डमा राजनीतिक प्रभाव वा दवाव कै भरमा नेतृत्व छानिने हुनाले नेपालको लगानी बोर्डले राम्रो नेतृत्व नपाएको उनको गुनासो छ । ‘को राम्रोभन्दा पनि को कुन पार्टीको भनेर हेरिने गरिन्छ । यसले समग्र बोर्डको छविमाथि नै प्रश्नचिन्ह उठेको छ ।’ यसअघि आफुपनि लगानी बोर्डको प्रत्यासी भएको स्मरण गर्दै उनी भन्छन्, ‘एक जना कांग्रेसबाट उठ्नुभो, एक जना एमालेको झण्डा बोकेर । म परें स्वतन्त्र । योग्यता लगायतका विविध कारणहरुले धेरैले ममाथि आशा गर्नुभएको थियो । मलाइ केपी ओलीले बोलाएर आफ्नो भिजनसमेत सुनाउन लगाउनुभएको थियो । तर नेकपा एमालेको अर्को गुटले कुनै पनि हालतमा आफ्नो मान्छे राख्नुपर्छ भनेपछि नेतृत्व अर्कै छानियो ।’ उनी अगाडी भन्छन्, ‘म वा त्यो जानुपर्छ भन्ने कुरा होइन । तर लगानी बोर्डजस्तो गरिमामय संस्थामा सवाल मान्छे जानुपर्थ्यो ।’



नेपाललाई के चाहिन्छ भन्ने कुरामै बोर्डमा अन्यौल छ 
‘बोर्ड यति सम्म ‘विचरा’ भएको छ कि बोर्डको नेतृत्वलाई नेपालमा अहिलेको समय के चाहिन्छ भन्ने नै थाहा छैन । केहि काम नगरेको जस्तो देखेपछी बोर्डको अगुवाईमा इन्भेष्टमेन्ट समिट आयोजना भयो । तर नेपाललाई के चाहिन्छ र कति चाहिन्छ भन्ने नै थाहा छैन । १४ खर्बको प्रतिबद्धता आएको छ । जवकी आयोजकको अपेक्षा भनेको १ खर्ब मात्र थियो । अपेक्षामा पनि अलि अलि पो भिन्नता हुन्छ त ! १४ पटकसम्म भिन्नता हुने गरी कस्तो अपेक्षा राखिएको रहेछ त ? यसले पनि अहिलेको नेतृत्व कति असक्षम छ भन्ने पुष्टी गरेको छ ।’ उनी अगाडी भन्छन्, ‘ अझ यो त प्रतिबद्धता मात्र हो । हाम्रो ट्रयाक रेकर्ड नै हेर्ने हो भनेपनि १०% भन्दा बढी प्रतिबद्धता गरिएको रकम आउने गरेको छैन । यसपाली त विविध कारणले त्यो अपेक्षा पनि राख्न सकिँदैन ।

गलत मान्छेलाई सहि ठाउँमा र सहि मान्छेलाई गलत ठाउँमा राख्दा समस्या भयो 
‘समस्या नेतृत्व मै छ ।’ उनले दोहोर्याउंदै भने, ‘लगानी बोर्डको काम बाहिरको लगानी ल्याउने मात्र होइन । ‘डोमेस्टिक फन्ड’ लाइ नेपालमा उपयोग गर्ने पनि हो । तर यो कुरा त नेतृत्वलाइ थाहा समे छैन । केहि समय अगाडी सम्पन्न भएको इन्भेष्टमेन्ट समिटमा पनि लगानीको प्रतिबद्धता आएको छ । तर नेपाललाई चाहिने कुन क्षेत्रमा लगानी आएको छ भन्ने हेक्का नै राम्रो छैन । बोर्डले लगानीको अर्थ, लगानीको बाटो वा उपयोगीताबार केहि पनि बुझेको छैन । अरुलाई बुझाउन त परैको कुरा भयो । लगानी बोर्डमा नहुनुपर्ने मान्छे बोर्डमा छन् । हुनुपर्नेहरु अन्यत्रै छन् । यो कुरा सबैले बुझ्न जरुरी छ । लगानी बोर्डजस्ता ठाउँमा राजनीतिक दवावका आधारमा नेतृत्व चुनिनु नै दु:खद् पक्ष हो । यसले देश र जनतालाई कुनै पनि हिसावले फाइदा गर्दैन। ‘

नाममात्रको प्रतिबद्धता आएको छ, नेपालमा लगानी भित्र्याउन बोर्डको काम नै पुगेन 
अहिलेको प्रतिबद्धता भनेको नाम मात्रको हो । चाइनाले सबैभन्दा बढी प्रतिबद्धता गरेको छ । यसलाई भारतले राजनीतिक रुप दिइसकेको छ । भारतले त लाज बचाउ कार्यक्रममात्र गरेको छ । नेपालमा नचाहिने क्षेत्रमा बढी लगानी प्रतिबद्धता आएको छ । चाहिने कुरामा लगानी प्रतिबद्धता कम छ । नेपालमा सबैभन्दा बढी सम्भावना भएको पर्यटन क्षेत्रमा लगानीको प्रतिबद्धता नै छैन । चाइनाले हाइड्रोमा बढी लगानीको प्रतिबद्धता गरेको छ । जवकि भारतले भारतीय लगानी ५०% भन्दा माथि नरहेको प्रोजेक्टबाट विद्युत नकिन्ने बताईसकेको छ । यसले चाइनाको त्यति बढी लगानी हाइड्रो क्षेत्रमा नआउने पक्का छ । यसमा बोर्डको काम र संयोजन नै मिलेको छैन ।          

(बाँकी अर्को अंकमा)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: