
काठमाडौं – राजा हुनासाथ सम्पत्ति जोड्नु शाही खानदानका लागि सौख हो की बाध्यता ? लामो समयसम्म नेपालको राजगद्दीमा बसेका तर दरबार हत्याकाण्डमा देवशाहन भएका राजा वीरेन्द्रको अचल सम्पत्ति टन्नै भेटिएको छ ।
नेपालमा राजतन्त्रको बहिर्गमन हुनासाथ वीरेन्द्रको सम्पत्तिको राष्ट्रियकरण गर्ने घोषणा भएको थियो । नारायणहिटीबाट अन्तिम राजाका रुपमा ज्ञानेन्द्रको विदाई हुनु पूर्व नै वीरेन्द्रको सम्पत्ति खोज्नका लागि नेपाल ट्रष्ट स्थापना भएको थियो ।
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा अहिलेसम्म २३ हजार रोपनी जमीन पाइएको नेपाल ट्रष्टको कार्यालयले जनाएको छ । धादिङको छत्रे देउरालीमा सबैभन्दा धेरै, १५ हजार १०२ रोपनी जमिन फेला परेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभे्रपलाञ्चोक, धादिङ, कास्की, धनकुटा, सुर्खेतलगायतका स्थानमा अचल सम्पत्तिको खोजी गरिएको थियो ।
नेपाल ट्रष्टले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा रहेको अचल सम्पत्तिलाई खोजी गर्ने भएको छ । कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका एकाइ कार्यालयले अचल सम्पत्तिलाई खोजी गर्नेछन् ।
जनप्रहार साप्ताहिक अगाडी लेख्छ, ‘नेपाल ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले प्रत्येक आर्थिक वर्षमा विभिन्न १० जिल्लामा वीरेन्द्रका परिवारको नाममा रहेका अचल सम्पत्ति खोजी गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार ट्रष्टको सञ्चालक समितिले देशका विभिन्न स्थानमा रहेका सम्पत्तिलाई सङ्कलन गरी त्यसको संरक्षण गरी दुर्गम क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास तथा छात्रवृत्ति, समाज सेवा आदिमा उपयोग गरिने लक्ष्य राखिएको छ ।’
राजा वीरेन्द्र तथा उनका परिवारको चल तथा अचल सम्पत्तिको खोजी गर्ने उद्देश्यले सरकारले विसं २०६४ मा नेपाल ट्रष्ट ऐन ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्