
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
काठमाडौँ – कुमारी बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था ऐन विपरित चलिरहेको खुलासा भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार संचालक समितिमा बस्न अयोग्य भएपनि झण्डै एक वर्षदेखि फरार भनिएका केएल दुुगड ग्रुपका सञ्चालक नरेश दुुगड कुमारी बैंकमा सञ्चालक समितिमा रहेका छन् । उनलाई कालोबजारी तथा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको थियो । यसरी अदालतले दोषी ठहर गरेको व्यक्ति संचालक समितिमा बस्न पाउँदैन भन्ने स्पष्ट व्यवस्था ‘बाफिया’ मा छ ।
कस्तो छ यससम्बन्धि बाफियाको प्रावधान ?
बैंक तथा वित्तीय संस्था ऐन २०६३ को परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ठ’ नम्बर बुँदामा ‘चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनैपनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्न स्पष्ट व्यवस्था छ भने सोहि सेक्सनको बुँदा नम्बर ‘ण’ मा ‘ अदालतको फैसला बमोजिम लागेको कैद, जरिवाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको’ हकमा संचालक समितिमा बस्न नपाइने भन्ने स्पष्ट व्यवस्था छ । दुगड ग्रुपका सञ्चालक समेत रहेका कुमारी बैंक लिमिटेडका सञ्चालक नरेश दुगड बाफियामा रहेको यहि परिक्षेद १ : प्रारम्भिक अन्तर्गत सेक्सन १८ को ‘ण’ नम्बर बुँदाअन्तर्गत सञ्चालक समितिमा बस्न ‘अयोग्य’ छन् । तर उनलाई कुमारी बैंक लिमिटेडले अझै संचालक समितिबाट हटाएको छैन । बाफिया २०६३ पूरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

को को छन् अहिले कुमारीको सञ्चालक समितिमा ?
कुमारी बैंक लिमिटेडमा हाल सन्तोषकुमार लामाको अध्यक्षतामा डा. शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, नरेश दुुगड, विनोद दवाडी र पुुनराम भण्डारीसहितको छ सदस्यीय सञ्चालक समिति रहेको छ । यसमध्ये नरेश संस्थापक सेयरधनी समूहका तर्फबाट बैंकमा सञ्चालक रहेका हुुन् । यीमध्ये नरेश दुगड संचालक समितिमा बस्न अयोग्य छन् । यसबीचमा अदालातले दोषी ठहर गरेका दुगडलाई संचालक समितिमा हटाउने वा के गर्ने भन्ने विषयमा बैंकमा कुनै पनि खालको बैठक नबसेको स्रोतको दावी छ । यसरी बैंकका अन्य संचालकहरुले पनि दुगडलाइ बचाउन खोज्नुले बैंकभित्र दुगडलाइ लिएर केहि पाकीरहेको छ भन्ने आशंका गरिएको छ । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी भूमिगत छन् । प्रहरीले उनको खोजी गरिरहेको बताएको छ भने बैंक यस विषयमा मौन छ ।

के थियो उनीविरुद्धको मुद्धा ?
कुमारीको संचालक समितिमा बस्न ‘अयोग्य’ ठहर भएर पनि बसीरहेका दुगडलाई कालोबजारी गरेको भन्दै अदालतले दोषी ठहर गरेको थियो । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको समयमा केएल दुुगड ग्रुपको काठमाडौंको जडिबुुटीस्थित गोदाममा प्रहरी र गुणस्तर तथा नापतौल विभागले छापा मार्दा प्रचलित बजार मूल्यभन्दा उच्चरुपमा मूल्य बढाएर बेच्नकालागि स्टिकर परिवर्तन गरेर राखिएको दुुई ट्रक खाने तेल बरामद भएको थियो । सोहि प्रकरणमा उनी र उनको समूहविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा कालोबजारी अन्तर्गत मुुद्दा दायर गरिएको थियो । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले दुुगड ग्रुपका सबै सञ्चालकहरुलाई दोषी ठहर गर्दे नौ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको फैसला गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
बोल्न मान्दैन कुमारी, राष्ट्र बैंकपनि मौन
यस विषयमा कुमारी बैंक बोल्न मानेन । संचालक अयोग्य भएको खबर बारे बुझ्न हामीले आइतबार बैंकमा सम्पर्क गर्दा यसबारे कोहि पनि बोल्न चाहेनन् । त्यसपछि हामीले नेपाल राष्ट्र बैंकमा यसबारे बुझ्ने प्रयास गरेका थियौं । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका नारायण प्रसाद पौडेलले यसबारे नेपाल राष्ट्र बैंकमा जानकारी भइसकेकाले कारवाही प्रक्रिया अगाडी बढ्ने बताएका छन् । यता नेपाल राष्ट्र बैंक यो प्रकरणमा मौन बसेको सरोकारवालाहरुको आरोप छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्