
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राष्ट्र बैंकको नियम नमान्ने सीइओमध्येका एक भरत राज ढकाल प्रमुख कार्यकारी अधिकृत भएको मुक्तिनाथ बिकास बैंकले पार्कीङका नाममा ठगी धन्दा चलाईरहेको खुलासा भएको छ । राजधानीको पुतलीसडकस्थित उक्त बैंकको कार्यालयमा काम परेर बिहिबार पुगेका कोटेश्वर बस्ने कालीकोटका अच्युत बुढाथोकीले आफुलाई आफु मुक्तिनाथ बिकासले ठगेको भन्दै अर्थ सरोकार डटकममा गुनासो पोखेपछी यस्तो खुलासा भएको हो ।
‘मैले मोटरसाइकल पार्क गरें । एकछिनको काम थियो । त्यहि काम पनि नहुनेभएपछि म करिव १० मिनेटमै बैंकबाट फर्किएँ । त्यहाँबाट मेरो स्कुटर लिएर हिंड्दै गर्दा मलाइ २० रुपैयाँ मागियो । मैले भर्खर गएको , त्यो माथि स्कुटरको २० रुपैयाँ कसरी भयो भनेर सोधें । उनले नियम नै त्यहि भएको बताए । ‘म मुक्तिनाथ बिकास बैंक गएर आएको हो । ग्राहकको पार्कीङ शुल्क त बैंकले नै तिरिदिन्छ होला नि ?’ भन्ने मेरो प्रश्नमा उनले आफु मुक्तिनाथ बिकास बैंककै कर्मचारी भएको दावी गरे ।
तर उनले बैंकको परिचयपत्र भने भिरेका थिएनन् । मैले परिचय पत्र देखाउनु भन्दा उनले माथि गएर सोधेर आउनु भन्ने ठाडो उत्तर दिए । ‘ मैले १० मिनेटको २० रुपैयाँ पार्कीङ कतै पनि नहुने भनेर उ सँग ‘डिसकस’ पनि गरें । त्यसपछी उसले, ‘२० रुपैयाँको लागि के किचकिच गरिराको?’ भनेर उल्टो थर्कायो । मैले कुरा ‘२० रुपैयाँको होइन, नियमको हो’ भनेपछि उसले ‘ ल ल १० रुपैयाँ दिनुहोस्’ भन्यो । धेरै समय नभएकाले मैले १० रुपैयाँ दिएँ र १० रुपैयाँकै टिकेट काट्न लगाएँ ।’

उनका अनुसार उक्त टिकेटमा न प्रतिलिपि थियो, न प्यान नम्बर नै । माथि काठमाडौँ प्लाजाद्वारा संचालित भनेर लेखिएको भएपनि उसले आफुहरु मुक्तिनाथ बिकास बैंकको कर्मचारी बताईरहेको थियो । ‘यसरी पार्कीङ गराउन इजाजत लिनुपर्छ । प्यान नम्बर स्पष्ट हुनुपर्छ । त्यसको प्रतिलिपि हुनुपर्छ । त्यहि अनुसारको महानगरपालिकामा कर बुझाउनुपर्छ । तर यहाँ त खुलेआम ठगी भइरहेको छ ।’ उनले अर्थ सरोकार डटकमसँग भने । ‘बैंकले त ब्याजबाट पो कमाउने हो त । यसरी पार्कीङमा ठगी गरेर कमाउने हो त ? न आएको समय छ, न गएको समय छ ! त्यतिकै हचुवाको भरमा पैसा असुली छ । कुरा पैसाको भन्दा पनि नियमको हो ।’ अर्थ सरोकार डटकमलाई आफु ठगिएको प्रमाण देखाउँदै उनले भने ।
के भन्छ महानगरपालिका ?
यसबारे हामीले काठमाण्डौ महानगरपालिकाका संचार अधिकृतसँग कुराकानी गरेका थियौं । ‘इजाजत लिएर पार्किङ संचालन गर्नेहरुलाई महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ । यो भन्दा एक रुपैयाँपनि बढी असुल्नु गैरकानुनी हो ।’ अनि पार्कीङ शुल्क उठाउनेको प्यान नम्बर हुनुपर्छ कि पर्दैन?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘काठमाण्डौ महानगरपालिकाभित्र पार्किङ संचालन गर्दा पार्किङस्थलको नक्सा पास गर्नुपर्छ । सम्बन्धित निकायबाट पार्किङको स्वीकृति प्रदान गरिएपछि मात्र पार्कीङ शुल्क उठाउन पाइन्छ । कुनै पनि आम्दानी हुने काम गरेपछि प्यान नम्बर त लिनुपरिहाल्यो नि !’ उनले भने ।
यसबारे हामीले मुक्तिनाथ बिकास बैंकमा समेत बुझ्ने प्रयास गरेका थियौं । हामीले शुक्रबार मुक्तिनाथ बिकास बैंकमा सम्पर्क गरी यसबारे बुझ्न खोज्दा फोन उठाउने कर्मचारीले हाँसेर फोन राखीदिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्