
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ निष्काशन गर्ने भएको छ। दिर्घकालिन पुंजी संकलनका लागि निष्काशन गर्न लागिएको १३ बर्षे लामो अवधिको उक्त ‘विकास ऋणपत्र २०८६’ को आज बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार ‘विकास ऋणपत्र २०८६’ का लागि आज अपरान्ह ३ बजेसम्म बोलकबोल मार्फत आबेदन दिन सकिने छ। यस ऋणपत्रमा सर्वसाधारण नेपाली नागरिक देखि बैक तथा वित्तीय संस्था, गैर बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाले आबेदन दिन सक्ने छन्।
ऋण पत्रमा आबेदन दिन चाहने बोलकबोल दाताले न्यूनतम ५० हजार र बढीमा निष्काशन गरिएको रकम अर्थात ५ अर्बको सिमा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने गरि आबेदन दिनु पर्ने छ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धि गरि बोलकबोल दाताले आबेदन दिन सक्ने छन। ५ अर्ब रुपैयाँ मध्य ८० प्रतिशत प्रतिस्पर्धीलाई र २० प्रतिशत अप्रतिस्पर्धिलाई छुट्याइएको राष्ट्र बैंकले जनाएको छ राष्ट्र बैंकका अनुसार क, ख र ग बर्गका वित्तीय संस्थाले भने अप्रतिस्पर्धिको रुपमा भाग लिन पाउने छैनन।
१३ बर्षे लामो अवधिको यस ऋणपत्र धितोको रुपमा राखेर कर्जा लिन तथा दिन पाइने छ। ऋणपत्र बापतको सावाँ भुक्तानी २०८६ सालमा हुने छ भने हरेक ६ महिनामा ऋणपत्र बापतको ब्याज प्राप्त हुने छ। प्राप्त ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
त्यस्तै बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकम सम्ममा कायम भएको ऋगत(इाा ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा मुनीका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्