
सामान्यतया सेयर बजारमा लगानिकर्ताबाट सबैभन्दा धेरै सोधिने प्रश्न हो यो । नव प्रवेशी साना र बजारको कखारा सिक्दै गरेका देखी जानकारहरुले समेत गर्ने प्रश्न हो यो । बजारमा पुर्ण कोही पनि हुँदैन। हरेक परीस्थिती र घटनाक्रमले नयाँ नयाँ कुराहरु सिकाउँदै लैजान्छ ।
कुन राम्रो ? कुन किन्ने ? भनेर सोध्दा प्राय सबैले सिफारिस गर्ने अनि सुझाउने भनेको आफुसँग भएको कम्पनीनै हो । यस सम्बन्धमा केहि बर्ष अगाडी एक मित्रले पोखेको गुनासो उनैको भाषामा सेयर गर्न चाहन्छु , “दाजु यसो जम्मा गरेको केहि रकम सेयरमा लगानी गरौं कि भन्ने सोचेर ब्रोकर अफिस पुग्दा त त्यहाँ एक सय एक बिज्ञहरु पो भेटियो। अरुलाई बोल्नै नदिईकन एक ब्याक्ती हरेक सेयरको बिश्लेशण गर्दै थिए। उनलाई वरिपरीबाट ठुलै जमातले घेरेको थियो । उनको कुरा सुन्दा यस्तो लाग्थ्योकि यिनको पछी लागेर लगानी गर्ने हो भने छिट्टै धनी बनिन्थ्यो अनि कहिले पनि घाटा हुँदैन। म पनि उनिदेखी खुबै प्रभाबित भएँ।
भोलीपल्ट बजार खुल्नु पहिलेनै ब्रोकर अफिस पुग्दा उनलाई पनि त्यहिं भेट भयो । भिड अलि कम थियो । कुन सेयर राम्रो ? अनि कुन किन्दा ठिक होला भनेर उनलाई सोध्दा उनले “RMDC किन्नु मैले पनि धेरैनै किनेको छुँ” भने। मैले हतारिदैं खरिद आदेश भरेर १२ बजे बजार खुल्ने बित्तिकै RMDC किनिदिनु भनेर ब्रोकरको हातमा थमाईदिएँ। RMDC किनियो पनि, बजार बन्द हुँदा २० रुपैयाँ फाईदा भैसकेको थियो । दँग पर्दै घर गएँ ।पहिलो लगानी गतिलै ठाउँमा पर्यो भन्ने लाग्यो ।
केहि दिन पछी पुन ब्रोकर कार्यालय पुग्दा तिनै महाशय भिडको बिचमा बसेर भन्दै थिए, “RMDC पनि कुनै सेयर हो र!” म छाँगाबाट खसेझैं भएँ । महाशयले आफुसँग भएको RMDC को सबै सेयर बिक्री गरिसकेछन्!”
यसैले त भनिन्छ “सेयर बजारमा कुरा सबैको सुन्नु निर्णय आफ्नै गर्नु।”
मलाई पनि धेरै मित्रले यो प्रश्न गर्नुहुन्छ। यस सम्बन्धमा तपाईंले धेरै बुझी रहनु जरुरी पनि छैन। कतै गएर TECHNICAL/ FUNDAMENTAL ANALYSIS को कक्षा लिनै पर्ने बाध्यता पनि हुँदैन। सामान्यत निम्न कुराहरु बिचार गर्ने हो भने आफ्नो लगानी धेरै हदसम्म सुरक्षित हुन्छ।
□ कुनै पनि कम्पनीको सेयर खरिद गर्नु पुर्व त्यो कम्पनीको कम्तिमा पनि ३ बर्ष अगाडी देखिको नाफाको बृद्धी दर्, बितरण गरेको लाभाँश,सेयरको बजार मुल्यमा भएको उतार चढाव , सँस्थापक, सँचालकहरुको पृष्टभुमीलाई हेर्नुहोस्।
□ सेयर कतिको तरल छ बिचार गर्नुहोस्। मतलव बजारमा कत्तिको कारोबार हुन्छ? चाहेको बेलामा बिक्री गर्न सकिन्छ कि सकिंदैन ? लगानिकर्ता कत्तिको आकिर्षित छन् आदी। यसको लागी अहिले बजारको गहिराइ (MARKET DEPTH) को सहयोग लिन सकिन्छ। साथै उक्त कम्पनीको सेयरको दैनिक कारोबारको अवस्था कस्तो छ त्यो पनि बिचार गर्नुहोस्।
□ पछिल्लो समय पुँजी बृद्धी अनुरुप कतिपय कम्पनीहरुले EPS कायम गर्न सकेका छन् भने बिगतमा राम्रा मानिएका कतिपय कम्पनीले EPS कायम गर्न नसकेर “हिङ बाँधेको टालो” को अवस्थामा पुगेका छन्। त्यसकारण लगानी सम्बन्धी निर्णय लिन यो एउटा मुल मन्त्रनै हो। निरन्तर EPS कायम गरेका वा बढाएका कम्पनीमा लगानी गर्नु फाईदा बढी अनि जोखिम कम हुन्छ।
□ पिई रेसियो: बजारमा लगानी सम्बन्धी निर्णय लिनको लागी सबै भन्दा ब्यवहारिक अनि सहज औजार भनेको PE RATIO हो। बजार मुल्यलाई प्रती सेयर आम्दानीले भाग गरेर PE निकालिन्छ । PE १० देखी १५ सम्मको बिचलाई लगानीको लागी उपयुक्त मानिन्छ। तर बजारको बुलिस या बियरिस ट्रेण्डमा भने यसलाई त्यती ध्यान दिईंदैन। PE धेरै कम हुनु भनेको पनि राम्रो हैन । १० भन्दा तल हुनुलाई लगानिकर्ताले बिश्वाश नगरेको भन्ने बुझाउँछ । जस्तै अहिले NBL र NTC को PE १० भन्दा तल रहेको छ ।
मेरो निजी बिचारमा माथी उल्लेख गरिएका बुँदालाई आधार मानेर बिश्लेशण गर्दा धेरै हदसम्म NABIL , NIB, SANIMA, CZBIL, NMB, SICL, LICN, NLIC, SKBBL, CBBL आदि लगायतका कम्पनीहरु उक्त परिधी भित्र रहेको पाएको छुँ।
(पुनश्च: यसको मतलव मसँग पनि यही सेयर छ, अनि अरुले पनि यही किन्नु भन्ने चाहिं हैन।उक्त कम्पनी हरु स्याम्पल को रुपमा लिईएको हो।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्