
- सविता सापकोटा
काठमाडौँ – धेरै यात्रुहरुलाई आफनो गन्तव्यमा पुर्याउन सहयोग गर्ने चालकहरुको संख्या यो सहरमा कमि छैन । पुरुषमात्र होइन, आजकल महिला टेम्पो चालकको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पुरुष सँगसगै महिलाहरुपनि टेम्पो चलाउन अगि बढ्न थालेका छन । आफनो खुट्टामा उभिएर आत्मानिर्भर बन्नकै निम्ति महिलाहरुपनि यो पेशामा लागेको पाइन्छ ।
मासिक ३० देखि ४० हजार कमाउँछिन् सोभा :
सोभा महत । सुन्धारामा भेटिएकी एक टेम्पो चालिका । उनी विगत ५ वर्षदेखि टेम्पो चलाउँदै आएकी छिन् । सुरुमा उनले टेम्पो चलाउँदा काठमाडौँको सडकमा धेरै टेम्पो थिएनन् । कालीमाटी हुदैँ छाउनी सितापाइलाको रुटमा आफ्नो टेम्पो चलाउने उनी आफ्नै टेम्पो किनेर चलाउन सिकेको बताउँछिन् । ‘बिहानै उठेर खाना पकाएर हटकेसमा लिएर आउंछु । आफ्नै टेम्पो भएकोले आफूले चाहेको समयमा आएर चलाउँछु। ‘ उनले भनिन् । उनी अगाडी भन्छिन्, ‘दैनिक व्यट्रि चार्ज गर्नुपर्ने भएकोले बेलुका ग्यारेजमा लगेर टेम्पो छोड्छु ।बिहान निकालेर ल्याउँछु ।

मासिक ३० देखि ४० हजार कमाइ हुन्छ उनको । यो काठमाडौँमा बसेर गरिने निकै राम्रो कमाइ हो । सरकारी कर्मचारीको अधिकृत तहको तलव ३६ हजार हाराहारीमा छ । ‘सरकारले साना गाडिहरु हटाउने भनेको छ । एउटा टेम्पोको मूल्य १२ देखि १३ लाख पर्छ । तर यसलाई कवाडीमा बेच्दा जम्मा ५० देखी ६० हजार पर्छ । हाम्रोलागि सरकारले केहि व्यवस्था गरिदिनुपर्छ ।’ अलि कडा स्वरमा उनले भनिन्, ‘हामी पनि त यहि देशका जनता हौँ । देश हाम्रो पनि त हो । भएको यहि टेम्पो हटाएपछी हामीले के गरेर खाने ? जानेको यहि छ ।’
सुनमाया तामाङको पीडा : सक्कली बेट्री पाउनै गाह्रो
अर्की टेम्पो चालिका सुनमाया तामाङ । उनीपनि यात्रुहरुको प्रतिक्षामा बसिरहेकी हुन्छिन् प्रायः । उनले टेम्पो चलाउन थालेको भर्खर १ वर्ष भएको छ । दिनभर घरमा बसेर अनावश्यक कुरा मनमा खेल्ने हुदाँ टेम्पो चलाउन सुरु गरेको बताउँछिन् उनी । ‘कोहि पनि मानिस सुखले काममा लागेका हुदैनन । सबै मानिसको आफनो रहर र बध्यता हुन्छ । यात्रुहरुलाई आफनो गन्तव्यमा पुर्याउन होमिने हामी चालक हजारौ यात्रुहरसँग सामना गर्दै अगाडि बढनुपर्छ ।’ बोल्न निकै सिपालु उनी अगाडी भन्छिन्, ‘लिखित रुपमा महिलाहरुलाई हक अधिकार दिएपनि व्यवहारिक रुपमा लागु भएको छैन । बेट्रीबाट चल्ने टेम्पोमा सक्कली बेट्री पाउन निकै कठिन हुन्छ । सरकारले सहजताका साथ बेट्री पाउने अवस्थाको सृजना गरदिनुपर्छ । रोजगारका लागि बिदेश जानुभन्दा आफनै देशमा बसेर रोजगारको अवसर खोज्नुपर्छ ।’

मिना र पुष्पाको दुखेसो, ‘महिलाका लागि शौचालयको समस्या छ’
मिना चौधारी पनि सुन्धारमा यात्रुको प्रतिक्षामा बसेकी थिईन् । उनले टेम्पु चलाउन थालेको ७ वर्ष भयो । उनले सुन्धारा देखि चावहिल तिनचुलेसम्म टेम्पो चलाउने उनी बिहानै ६ बजेदेखि बेलुकी ५ बजेसम्म टेम्पो चलाउँछिन् । उनको पनि कमाइ राम्रै छ । महिनाको ३० हजार हाराहारी कमाइ छ उनको । नाम : पुष्पा थापा । टेम्पो चलाउन थालेको ८ वर्ष भयो । सुन्धारादेखि बल्खुटारसम्म टेम्पो चलाउने उनले संस्थाबाट टेम्पो चलाउन सिकेकी हुन् । दिनमा २५ सय देखि ३ हजारसम्म आम्दानी भएको बताउने उनी साहुको टेम्पो भएकोले उनलाई लगेर पैसा बुझाउनुपर्ने र त्यसबाट दैनिक ५ सय रुपैयाँ तलब आउने गरेको बताउँछिन् । उनी अगाडी भन्छिन्, ‘अरु त दुख सुख चलेकै छ । महिलाहरुका लागि शौचालयको व्यवस्था नहुँदा गाह्रो छ ।

भाडानै नतिरी पनि हिंड्छन्
समस्याका पोकाहरु खोतल्दै उनी भन्छिन्, ‘काम गर्न कहाँ सजिलो छ र ? कतिपय मानिसहरु भाडा माग्दा समेत पछि दिउंला भनेर यतिकै झर्ने गर्छन्ग । कहिलेकाहीं त झगडा नै पर्छ ।’ कसैको घरमा काम गर्नभन्दा टेम्पो चलाउन सजिलो भएको बताउने उनी आफ्नो कमाइ मासिक १० हजार रपैयाँ रहेको बताउँछिन् । ‘कुनैपनि काम आफैमा ठुलो सानो हुदैन । पुष्पा थापा अगाडी भन्छिन्, ‘ मेरो कमाइबाट म सन्तुष्ट छु । आफ्ना साथीहरु ‘अफिस’ गएको देख्दा उनलाई पनि अफिस जाउँ- जाउँ लाग्छ ।
लामो समयको जाम र त्यसमाथि पुरुषहरुको अभद्र व्यवहारले यो पेसा छोडेर अर्कै पेसा समात्न मनपनि लाग्छ । काम गरेर खान सजिलो छैन । यस्तै बेला कहिलेकाहीं भाडाका लागि झगडा गर्नुपर्दा चाहिं दिक्क नै लाग्छ । ‘महिलाहरुलाई यो समाजमा अझै बढि चुनौति छ । घरको कामकाज सकाएर टेम्पु चलाउन आउनुपर्छ ।’ उनले अगाडी थपिन् ‘हुन त जुनसुकै काम गर्ने पनि गाह्रो हुन्छ । गाह्रो भएतापनि आफनो काममा रमाउने उनको स्वभावले अघि बढ्न सहयोग गरेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्