×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्किम आयो भनेर हुन्डाईको गाडी किन्दै हुनुहुन्छ ? पर्खनुहोस्, तपाईं यसरी ठगिंदै हुनुहुन्छ !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रचलित ऐन विपरिक अकुत नाफा लिएर हुन्डाईका गाडी बेच्ने गेरको ठग कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डार्इ गाडीको बजार प्रवर्द्धनका लागि भन्दै जनता ठग्ने अर्को अफर ल्याएको छ । जोयफूल जुलार्इ नाम दिईएको उक्त अफरमा ग्राहकहरुले हुन्डाई गाडी किन्दा आकर्षक छुट दिने पासो थापेर हुन्डाईले जनतालाई लुट्ने अर्को काइदा निकालेको हो । अनावश्यक नाफा लिने र गुणस्तरीय सेवा पनि नदिने गुनासो अत्याधिक बढेपछि हुन्डाईका गाडीहरुको विक्री घटेपछि कम्पनीले अनेकौं बहानामा आफ्ना ग्राहकहरुलाई तान्ने गरेको छ । 
यहि बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गाडी कर्जाको स्ल्याब ६५ प्रतिशत पुर्याएको मौका पारी कम्पनीले जनता ठगीहाल्ने रणनीति लिएको हो । हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इन्स्योरेन्स तथा रोड ट्याक्स र स्क्रयाच कुपन मार्फत १ लाख सम्मको थप नगद छुट पाउने, ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पाउने लगायतका योजना राखेर जनता झुक्याउने गरेको कम्पनीले यी सबै खर्च पहिला नै जोडेर महँगोमा गाडी बेच्ने गरेको छ । देशको प्रचलित ऐनको धज्जी उडाउँदै व्यापारीलाई कसले जनता ठग्न नदिने भन्ने शैलीमा कम्पनीले निरन्तर नेपालीहरुलाई लुटीरहंदा पनि सम्बन्धित निकाय केहि बोलेको छैन ।

हुन्डाईले गाडी बेच्दा अचाक्ली नाफा राख्ने गरेको छ । यो नाफा नेपालको कानुन विपरितसमेत छ । कम्पनीले पहिला टन्न अन्यावाश्यक नाफा लिने र जनतालाई ठगीसकेपछि उपहार, फ्री सर्भिस लगायतका स्किमका नाममा जनता झुक्याउने काम गरेको छ । यो स्किमपनि त्यसैको पछिल्लो तयारी हो ।    

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: