सम्सदिय प्रणालीमा हुर्केका राजनैतिक दलहरुमा सामाजिक अपराध गर्ने तप्काको जब हात र साथ हुन्छ तब कानुनी प्रणालीको उपहास भईरहछ । कानुनी सर्वोच्चतामाथि निरन्तर प्रश्न उठिरहन्छ । त्यै पनि यि राजनैतिक दलहरुले हामी शान्ति सुरक्षा , अमन चयनको वातावरण बनाउछु भन्छन त्यो आँफैमा हास्यास्पद हो , किनकि राजनैतिक अपराध नै सामाजिक अपराधको जन्मदाता हो ।
राजनैतिक अपराध आफैमा विनाशकारी छ । एउटा पार्टीको संरक्षणमा रहेको गुण्डा अर्को पार्टीको सरकार भए पनि समातिने बित्तिकै छुट्छ, यो कुनै राजनैतिक दबाबको कारण होइन । यो केबल राजनीति भित्र संरक्षण आलो पैचो मात्र हो । राजनीतिको आवरणमा अपराध गर्ने अपराधीको खुल्ला समर्थनमा सम्सदको रोष्टम घेराउ हुन्छ , त्यो अपराधी किन मारियो -कानुनले कसैलाई मार्ने अनुमति दिएको छैन भन्दै घोक्रो फुलाउछन हाम्रा नेता । किन यति सार्है संरक्षण हुन्छ त राजनीतिको आवरणमा अपराध गर्नेहरुको ?
राज्यले ठुलै सफलता प्राप्त गरे झै अपराधीको इन्काउन्टर गरियो भन्छ वास्तवमा सुक्ष्म बिश्लेषण गरेर हेर्ने हो भने राज्यका कारण त्यो गुण्डा नाइके मरिएको हुँदैन , त्यो मारिएको पार्टी भित्र गुट सन्तुलन नमिल्दा उनीहरुको प्राण पखेरो उढेको मात्र हो । नेपालमा धेरै गुण्डा नाइकेहरु मारिएका छन त्यो उनीहरुको सतर्कताको अभावमा होइन ,केवल त्यो राजनैतिक गुटहरुको तिब्र प्रतिस्पर्धाका कारण उनीहरु सिकार मात्र भएका हुन । हरेक राजनैतिक दल भित्र गुण्डा , चोर , फटाहा ,अपराधी र बलात्कारीको जन्म भईरहन्छ ,त्यो सामान्य पनि हो तर किन उनीहरुलाई कारबाही गर्न राजनैतिक नेतृत्व असफल रहन्छ ? सरदर ४५ प्रतिशत नेपाली नेताहरु अपराधलाई नै आफ्नो आधार बनाएर राजनीति सुरु गरेका हामी भेट्टाउन सक्छौ ।
जब अपराधीहरु नै राजनीतिको वरिपरि मसिहा बनेपछी , उनीहरु बाट फेरी अपराधीहरुको संरक्ष हुनु कुनै नौलो चाँही होइन । आफ्नो राजनैतिक गुट भित्रको गुण्डा जब र्को लबी समाउन पुग्छ तब चिन्ता त्यहाँ नै सुरु हुन्छ , हामीले बुझ्नु पर्ने कुरा के भने गुण्डा नाइकेको इन्काउन्टरमा राज्य केबल साधन मात्र बन्छ । भित्री खेल पूर्ण राजनैतिक हुन्छ । अपराधबाट राजनीतिमा आएकाहरुको लागि शक्ति सन्तुलन एकदम प्रमुख बन्दछ भने , गुट परिवर्तन जीवन चोला सक्ने कारण बन्दछ । यदि राजनीति भित्र अपराध सुन्य हुन्थ्यो भने अपराध मुक्त समाज आज होइन ५० बर्ष पहिला नै निर्माण हुन्थ्यो र देश बिकास पनि तिब्र गतीमा हुन्थ्यो ।
नेपालका राजनैतिक दल भित्र संस्थागत अपराध गर्नेहरुको एउटा झुन्ड छ , त्यो झुन्ड र नाइके त्यै राजनैतिक दल भित्रको एउटा गुटबाट पालितपोसित छ । राजनैतिक दल र यो संसदीय प्रणालीले जब सामाजिक अपराधको रुप धारण गर्दछ तब त्यहाबाट नै नयाँ एउटा विद्रोह सुरु हुन्छ । भ्रष्टाचार , कालोबजारी , दण्डहीनता , अशिक्षा , बेरोजगारीबाट प्रताडित जनता जब यो राजनैतिक अपराधबाट पनि घायल हुन्छन तब विद्रोहको आधार निर्माण हुँदै जान्छ । राज्यको चरम यातना र अपराधीक मानसिकताको कारण र यो समाजमा रहेको अभाव र संकटको कारण नेपाली समाजले १० बर्षे जनयुद्धलाई सहर्ष स्विकार गर्यो ।
देश रुपान्तरणकै शिलशिलामा भए पनि यो संसदीय प्रणालीले अन्तत: फेरी एउटा विद्रोह सुरु गर्ने आधार निर्माण गर्दै छ । अहिले हाम्रो राजनीतिमा हुर्किदै गरेको जातीय राजनीति,क्षेत्रीय राजनीति लैङ्गिक राजनीतिमा राजनैतीक पार्टीको भित्री समर्थन छ ,त्यसको आसय के हो त ? अन्तत जातीय द्वन्द्व ,क्षेत्रीय द्वन्द्व नै हो । त्यो द्वोन्दको श्रीजना आँफैमा राजनैतीक अपराध हो । नेपाली समाजलाई अब पनि राजनैतिक अपराधकै बाटोहरुमा हिडाल्ने हो भने यसले अन्तत: नयाँ विद्रोह सृजना गर्छ । दण्डहिनता र अपराधको राजनीति अब बन्द गर्ने बेला भएको छ ।