
- अर्थ सरोकार सम्बाददाता

राष्ट्र बैंकले परिपत्र गर्दै सीइओहरुको समेत योग्यता तोक्ने विषयमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुख बन्न अब व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ भनेको छ । सो योग्यतासँगै चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश बर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । यी दुइ नियमका बीच वा, अथवा जस्ता शव्द नभई अल्पविराम अर्थात ‘कमा’ रहेकाले कानुनी रुपमा बुझ्दा अव वाणिज्य बैंक, विकास बैंक र वित्त कमाप्नीको सीइओ हुन माथि उल्लेखित विषयमा माष्टर्स गरेको र स्नातक सकी १० बर्ष अधिकृत तह वा सो भन्दामाथि कार्यानुभव भएको हुनुपर्नेछ ।
यसको अर्थ माष्टर्ष पास नगरेको खण्डमा सिए सहित माथि उल्लेखित बिषयमा स्नातक गरेको भए स्नातक गरेपछि संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० बर्षको कार्यअनुभव गरेको व्यक्ति सीइओ बन्न पाउँछ भन्ने पनि होइन । सीइओ हुन माष्टर्सपनि अनिवार्य गर्नुपर्छ । र स्नातक वा सिएपछि १० बर्ष अधिकृत तह वा सोभन्दा माथिल्लो तहमा काम गरेको १० बर्ष पुग्नुपर्छ ।
अझ राष्ट्र बैंकको नियमलाई छोटोमा बुझ्नुपर्दा, ‘सिए पास भएर अधिकृत तह वा सो भन्दा माथिल्लो तहमा १० बर्ष काम गरी माष्टर्स समेत पास गरेको व्यक्तिले मात्र सीइओं हुन पाउने नियम नेपाल राष्ट्र बैंकले ल्याएको छ ।
सीइओलाई यहाँ विज्ञको उपाधि दिइएको छैन । नेपाल राष्ट्र बैंकले गरेको परिपत्रको आ-आफ्नै व्याख्या भएपनि सिएहरुलाई खास कुनै विज्ञको रुपमा नलिइएको राष्ट्र बैंकका उच्च तहका कर्मचारीहरुको स्पष्टोक्ति छ ।
सिए पासको योग्यता सामान्य स्नातक सरह मात्रै !
यता, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हासिल गरेको ब्यक्ति लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको स्वतन्त्र सञ्चालकको योग्यता तथा कार्य अनुभव पनि तोकेको छ । यहाँ पनि सिएलाई विज्ञको रुपमा नभई सामान्य स्नातक तहको मान्यता दिइएको छ ।

नियामक निकाय आइक्यानको कमजोरी र नीति निर्माताको हेपाहा प्रवृतिले ल्यायो यस्तो नियम
यता यसरी सिएहरुलाई ‘होच्याएर’ आएको नियमलाई अधिकांस सिएले सिएहरुको नियामक निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को कमजोरी भनेका छन् । ‘आइक्यानले राष्ट्र बैंकसंग मिलेर लविङ नगर्दा यस्तो निर्णयसमेत देख्नुपर्यो । राष्ट्र बैंकका साथीहरुले यसै पनि सिएहरुलाई कसरी पछाडी पार्ने भन्ने विषयमा लामो समयदेखि लविङ गरिनै रहेका थिए । आइक्यानकै कमजोरीका कारण यस्तो भयो । यसले बैंकिङ क्षेत्रमा एकातर्फ सिएहरुको बेइज्जत गरेको छ भने अर्कोतर्फ सिएहरुको योग्यता र सीपको खिल्ली उडाएको छ ।’ एक सिएले अर्थ सरोकार डटकमसँग भने ।
राष्ट्र बैंकको सर्कुलरपछी अधिकांस सिए सीइओ हुन ‘अयोग्य’
नेपाल राष्ट्र बैंकको सर्कुलरपछी अधिकांस सिए वाणिज्य बैंकको सीइओ हुन अयोग्य भएका छन् । सिए उतीर्ण गरेपछि १० बर्षको कार्यानुभव हुनुपर्ने र सँगै माष्टर्स पनि पास गरेको हुनुपर्ने नियम संगै अधिकांस सिए हरु सीइओ हुन अयोग्य भएका हुन् । पछिल्लो समयमा सिएपछि १० बर्ष काम गरेका अधिकांस सिएहरुले माष्टर्स पास गरेका छैनन् । स्नातक र सिएलाइ त्रिभुवन विश्व विद्यालयले माष्टर्षको समकक्षता दिने गरेको भएपनि नेपाल राष्ट्र बैंकले भने सो समकक्षतालाई सीइओ बन्ने हकमा मान्ने छैन । यो नियम साउन १६ गतेदेखि नै लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्