काठमाडौं – ‘मैले मेरै फुपुको छोरासँग विवाह गरेकी छु, मेरो श्रीमान मेरै फुपुको छोरा हो । हाम्रो आदीबासी जनजाति समुदायमा यस्ता धेरै प्रथाहरु छन् । अब बन्ने फौजदारी कानुनले कारवाही गरे म के गर्ने अब के गर्ने ?’ व्यवस्थापिका संसद विधायन समितिकी सभापति गंगा चौधरीले एक सार्वजनिक कार्यक्रमा भनिन् ‘मुलुकी ऐनलाई विस्थापित गरी बन्न लागेको कानुनले यस्ता कुरा पनि ख्याल गर्नु पर्दछ ।’
जंगबहादुर राणाले १६५ वर्षअघि स्थापित गरेको मुलुकी ऐनलाई विस्थापित गर्न फौजदारी कसूरसम्बन्धी ऐनमा अहिले छलफल चलिरहेको छ । फौजदारी कसुर सम्बन्धी ऐनमा चौधरीले उठाएको प्रश्न हाडनाताभित्र पर्दछ । यस्ता हाडनाताभित्र विवाह गर्न नपाइने गरी फौजदारी कानुन बन्न लागेको वरिष्ठ अधिबक्ता समेत रहेका माओवादी केन्द्रका सांसद रामनारायण विडारीले वताए । संसदबाट पारित भएको फौजदारी संहिताको दफा १७० मा हाडनातामा बिवाह गर्न नहुने भनेर केही प्रष्ट कानुनी व्यवस्था गरिएको छ । तर, परम्परा अनुसार चली आएकोे विहेबारीमा भने सजायँ हुने छैन । हाडनाता भन्नाले ११ पुस्तासम्म मानिने कानुनी व्यवस्था छ ।
नेपालमा विभिन्न जात र संस्कृति अनुसारका रितिरिवाज छन् । एउटै महिलाका ४, ५ पति पनि हुने गरेका छन् । त्यसलाई कानुनीरुपमा कसरी परिभाषित गर्ने सांसदहरुबीच मत बाँझिएको छ । मामा छोरी, फुपुका छोरासँग विवाह गर्ने प्रचलन केही छ भने कतै दाजुको मृत्यु भएमा भाउजुलाई विवाह गर्नुपर्ने चलन छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्