×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिओकेका सीइओको गैरकानुनी काम, नक्कली सर्टिफिकेटधारीलाई संरक्षण, कानुनलाई मुठीमा लिने दुष्प्रयास !

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बैंक अफ काठमाडौँका सीइओ शोभन देव पन्त नक्कली सर्टिफिकेटधारीहरुलाई संरक्षण गर्ने, र भगाउने काममा लागेको खुलासा भएको छ । विभिन्न भारतीय विश्वविद्यालयका नाममा छापिएका नक्कली सर्टिफिकेटका आधारमा बैंकमा जागिर खाएका कर्मचारीहरुलाई छानविनका नाममा उनले उल्टै उनीहरुलाई संरक्षण गर्ने गरेको खुलासा भएको हो । नक्कली सर्टिफिकेटधारीहरुको अखडा नै बनेको बैंकमा उनले कतिपय नक्कली सर्टिफिकेटधारी कर्मचारीहरु आफ्नै आफन्त र आफु निकट परेपछि ती कर्मचारीहरुलाई प्रहरीकहाँ बुझाउनुको साटो उनीहरुलाई बैंकबाट भाग्न सहयोग पुर्याउंदै आएको पाइएको छ ।

पहिला ३० जनालाई र पछि ७ जनालाई यसरी भगाए !
बैंक अफ काठमाडौँमा भारतीय नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका ३० जनालाई उनले केहि समय अगाडी उनीहरुको सर्टिफिकेट नक्कली भएको थाहा पाएपछि बैंक छाड्न अनुरोध गरेका थिए । ‘पछि छानविन भयो भने झ्याउँ हुन्छ, अहिले बैंक छोडेर सेफ्ल्यांड हुनु’ भन्दै उनले ती कर्मचारीहरुलाई भगाएका छन् ।  बैंकले भारतीय दुताबासको अनुमति लिएर सर्टिफिकेटमाथि छानविन गर्ने प्रक्रियाका नाममा नक्कली सर्टिफिकेटधारीहरुलाई भगाउने, उनीहरुलाई ब्ल्याकमेल गर्ने र बैंकमा सीइओ निकट अरु कर्मचारीहरुले ती कर्मचारीहरुबाट कमिसन उठाउने दाउ सुरु गरेको चर्चासमेत बैंकभित्र चल्न थालेको छ । यसरी जागिर छाड्नेमा तल्लो तहका कर्मचारी देखि केहि माथिल्लो तहका कर्मचारी समेत छन्  भने बैंकका सीइओका कतिपय आफन्त समेत छन् ।

कानुनमा के छ ?
नेपालको प्रचलित कानुनमा यसरी अपराध भएको थाहा पाएमा उनीहरुलाई भगाउनुको साटो प्रहरीमा खबर गर्नुपर्ने उल्लेख छ । अपराधी भगाउनेलाई पनि अपराधको ‘मतियार’को रुपमा कानुनमा स्पष्ट व्याख्या गरिएको छ । यस अर्थमा पनि बैंक अफ काठमाडौँका सीइओ नक्कली सर्टिफिकेटधारीहरुले गरेको अपराधको ‘मतियार’ बनेका छन् ।  अझ अचम्मको कुरा त के छ भने कानुनको धज्जी उडाउंदै कहि नक्कली सर्टिफिकेटधारीले अझैपनि बैंक छाडेका छैनन् । ‘उनीहरुलाई सीइओले नै ‘तिमीहरुले बैंक छाड्नु पर्दैन, म मिलाउँछु’ भने बचन दिएका छन् ।’ बैंकका एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमसंग भने । 
बैंक अफ काठमाडौँमात्र होइन, अन्य केहि बैंकहरुमा पनि नक्कली सर्टिफिकेटधारीहरुको समूह ठुलो छ । प्रमोसनका लागि भारतीय विश्वविद्यालयबाट ठुलो संख्यामा नक्कली सर्टिफिकेट नेपाल भित्रिएका छन् । नक्कली सर्टिफिकेटधारीहरुले लामो समय बैंक अफ काठमाडौँमा काम गरेका थिए । कर्मचारीहरुमध्ये केहि लुम्बिनी बैंक बाट आएका कर्मचारी छन् भने अधिकांस भने पूरानै बैंक अफ काठमाडौँका कर्मचारी छन् ।    
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: