
- सविता सापकोटा / अर्थ सरोकार डटकम
रसुवा जिल्लामा पर्ने ‘गोसाईकुण्ड’। एउटा ‘कुण्ड’ जहाँ फगत ‘जल’ छैन । बरु मन बहकाउने ‘सुन्दरता’को खानी छ । जिल्लामा रहेका एक सय आठ वटा कुण्डहरुमध्येको एक ‘गोसाईकुण्ड’ जो प्राकृतिक रुपमा त धनी छंदै छ, यसको धार्मिक महत्वपनि उस्तै छ । बाग्मती अञ्चलको उत्तर तिब्वती सिमानामा जोडीएको रसुवा जिल्लामा रहेको गोसाईकुण्डको वर्णन थुप्रै किम्बदन्तीहरुमा पनि पाइन्छ । सामुन्द्रिक सतहबाट चौध हजार फिट उचाईमा छ सय मिटर लम्बाई र तीन सय सत्तरी मिटर चौडाई भएर फैलिएको यो कुण्डमा जनै पूर्णिमाको दिन खास मेला लाग्ने गरेको छ ।
कुण्डबारे पौराणिक किम्बदन्ती यस्तो छ :
धार्मिक विश्वास अनुसार समुन्द्र मन्थन गर्दा उत्पन्न भएको कालकुठ विषको असरबाट पृथ्र्वीलाई बचाउन भगवान शिवले सो विष आफैं पिएका थिए । उक्त विष पिएपछि शिवलाई छटपटी भयो । उक्त छटपटीलाई शान्त पार्न शिव गोसाईकुन्ड पुगी आफ्नो हातमा रहेको त्रिशुल पहाडमा गोब्दा निश्किएको गंगाजलले नुहाई शान्त भएका थिए । त्यहि जलबाट बनेको कुण्ड र त्यहाँको मनोहर दृश्यले शिवलाई लोभ्यायो र गोसाईबाबा अर्थात भगबान महादेव गोसाईकुण्डमा सयन गरे भन्ने धार्मिक मान्यता रहेको छ । पूराणमा उल्लेख भएको यहि किम्बदन्ती अनुसार गोसाईकुण्डमा स्नान गर्नाले जन्मान्तर देखिको पापबाट मुत्ति मिल्ने, मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास छ ।
यसरी पुग्न सकिन्छ
गोसाईकुण्ड जाने थुप्रै बाटाहरु छन् । तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराले महत्व राख्छ । काठमाण्डौबाट मात्र होइन पृथ्र्वी राजमार्गमा पर्ने धादीङ जिल्लाको गल्छीबाट पनि यहाँको यात्रा तय गर्न सकिन्छ । काठ्माण्डौबाट रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुदै एक सय अठार किमि यात्रा पछि रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ। धुन्चे बाट पैदल लौरीविनाएकको उकालो पारगरेपछि चन्दन बारिको तेरपैलो बाटो हुदै चोलाङपाटिको बाटो एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।
फोटोग्राफर प्रोफाइल
हेरौं गोसाइंकुण्ड जाँदा देखिने रमणीय दृश्यहरुमध्येका केहि झलकहरु :


















































Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्