
क्षेत्रीयस्तरको विकास बैंकको रुपमा धनुुुषाको जनकपुरमा वित्तीय कारोबार गर्दै आएको सहयोगी विकास बैंकलाई सञ्चालकहरुले लुुटको अखडा बनाएको आरोप सेयरधनीहरुले आरोप लगाएका छन् । अध्यक्ष उदयकान्त झा तथा प्र्रमुुख कार्यकारी अधिकृत कुुञ्ज प्रसाद मिश्रले बैंकको स्रोत र साधनको चरम दुुरुपयोग गरेको भन्दै केही सेयरधनीहरुले अध्यक्ष र प्रमुुख कार्यकारीलाई कारबाही गर्नुुपर्ने मागसहित अनुुसन्धान गर्न केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) २०७४ साउन २५ गते उजुरी समेत दर्ता गराएका थिए ।
उक्त समयमा सेयरधनीहरुले सीआईबीमा अनुसन्धान गरिपाऊँ भन्दै हालेको पत्रमा भनिएको छ, ‘धनुषा जिल्ला जनकपुर उप.म.न.पा. वडा नं. ४ स्थित सहयोगी विकास बैंक लि. एउटा विकास बैंक हो । यस बैंकमा विभिन्न काल चरणमा विभिन्न किसिमको काम हुँदै आए पनि तथा आफ्ना उद्देश्यअनुरुपको काम गर्दै आए पनि बैंकको केही सञ्चालक बैंकलाई लुटको अखडा बनाएका छन् । बैंकमा कर्मचारी नियुुक्त गर्दा एउटा संस्थालाई काम गर्न दिए पनि आफ्नो मान्छे नआउने भएपछि मेरो जब डटकम संस्थालाई दिएको काम स्थगित गरी पुनः आफैँ नियुक्ति गर्ने र त्यस कर्मचारी नियुक्त गर्दा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म रकम लिनेजस्ता काम भएको छ ।’
पत्रमा एउटा सञ्चालक उदयकान्त झाले बैंकलाई आफ्नो पैतृक सम्पत्तिझैँ सम्झी कानुन मिचेर आफूले चाहेकैलाई सञ्चालकमा नियुक्त गर्ने काम गरेको सेयरधनीहरुको आरोप छ । पत्रमा भनिएको छ, ‘उहाँ त स्थापनाकालदेखि हालसम्म अध्यक्ष भई काम गरिरहेका छन् ।’ पत्रमा उनले आफू, आफ्नै परिवार र स्टाफको नाममा सेयर किनेको, त्यस स्टाफबाट नै सञ्चालकमा नियुक्ति गरेको तथा रमेशराज जोशी उदयकान्त झाको अडिट कम्पनीमा काम गर्ने स्टाफ भएको उल्लेख गरिएको छ । उनको अडिट फर्मबाट हुने सम्पूर्ण काममा रमेश जोशी वारेस भएर नै काम गरेको उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘त्यस बैंकमा हालै एउटा गैरकानुनी काम सञ्चालक समितिले गरेको छ, त्यो के हो भने संस्थापन सेयर खरिद गरेका डा. विकल घिमिरेका पिता डिल्ली प्रकाश घिमिरे (पूर्वभन्सार कर्मचारी) जो जहिले पनि संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्दै बैंकमा आउनुहुन्थ्यो उहाँचाहिँ केही साधारण सेयर खरिद गरी संस्थापक सेयरधनीका पिता साधारण सेयरतर्फका सञ्चालकमा नियुक्त गरिएको छ । जो सरासर गैरकानुनी हो । यसबाट साधारण सेयरधनीलाई आँखामा छारो हाली आफ्नो मान्छे त्यो संस्थापक सेयरधनी नै किन नहोस्, सञ्चालकमा नियुुक्त गरिन्छ । यसबारे साधारणसभामा पनि विरोध जनाइन्छ ।’
पत्रमा बैंकमा एउटा ठूलो ‘स्क्याण्डल’ भएको उल्लेख गर्दै बैंकको जग्गा खरिद गर्ने काममा घोटाला भएको खुलाइएको छ । अगाडि भनिएको छ, ‘उदयकान्त झा अध्यक्ष र अन्य सञ्चालक जग्गा खरिद गर्ने निर्णय गर्दछ । जसमा विभिन्न तरिकाबाट सूचना गरिन्छ । सूचनाबमोजिम कम मूल्य गरी पठाइएका कागजात बैंकका सीईओ र अध्यक्ष मिली हटाइदिन्छ र आफ्नो मान्छेको कागजात जो बढी मूल्य राखेर पेस गरेको हुन्छ, त्यो राखिन्छ । त्यसमा एउटा सञ्चालक रमेश सराफको चित नबुझेपछि विवाद हुन्छ ।
रमेश सराफलाई धम्की आउँछ, बाध्य भई रमेश सराफ संचालक पदबाट राजीनामा दिन बाध्य हुन्छ । त्यसपछि बाँकी रहेको सञ्चालकलाई प्रलोभन दिएर तीन÷साढे तीन लाख प्रतिधूर जाने जग्गा छ÷सात लाखमा खरिद गरिन्छ । त्यसै रकमबमोजिमको राजस्व पनि बुझाइएको छ । यसबाट बैंकलाई दोहोरो क्षति पुग्न गएको देखिन्छ । एउटा कम मूल्य पर्ने जग्गा बढी मूल्य देखाई रकम हिनामिना गरिन्छ भने कम राजस्व लाग्ने ठाउँमा बढी राजस्व लगाएकोबाट बैंकलाई दोहोरो क्षति पुगेको प्रष्ट छ ।’
यसबारे साधारणसभा सेयरधनीबाट लिखित रुपमा प्रश्न सोधिएको तर सन्तोषजनक जवाफ तथा अनुसन्धान नगरिएको उनीहरुको भनाइ छ । जो चोर उसकै ठूलो स्वर भनेझैं साधारणसभामा आफ्नो मान्छेबाट हल्ला गराएर आफूखुसी निर्णय गरिएको समेत सेयरधनीहरुले बताएका छन् । यसबारेमा राष्ट्र बैंकलाई पनि निवेदन दिँदा राष्ट्र बैंक मौन रहेको उल्लेख गरिएको छ । पत्रमा उल्लेख भएअनुसार बैंकमा हरेक वर्ष साधारणसभा हुने गरेको, त्यसमा बढीमा ५०÷६० जना मान्छे उपस्थित भएको र जनकपुर जस्तो ठाउँमा ५० रुपैयाँ प्याकेटको नास्ता बाँडिएको छ ।
बैंकको आफ्नो कम्पाउण्मा साधारणसभा गर्ने तर बिलचाहिँ लाखौंको बिल बनाएको समेत उल्लेख गरिएको छ । अध्यक्षनिकटका सेयरधनीलाई जनकपुरकै महंगो होटलमा राखेर खानपिनको व्यवस्था मिलाएको समेत पत्रमा आरोप लगाइएको छ । आफ्ना मान्छे बोलाएर साधारणसभाको पूर्वसन्ध्यामा ठूलो भोज खुवाइएको समेत आरोप लगाइएको छ । उक्त खर्च विभिन्न शीर्षकमा लेखिएको उनीहरुको भनाइ छ । त्यस्तै बैंकको गाडी समेत अध्यक्षको ससुरालीबाट पाएको दाइजोजस्तै गरी चौबीसै घण्टा नै सञ्चालित रहेको आरोप लगाइएको छ ।
पत्रमा भनिएअनुसार बैंकमा आठवटा शाखाहरु छन्, हरेक शाखा खोलिँदा जिन्सी खरिद (फर्निचर, कम्प्यूटर, एसी) लगायतका खरिदमा ठूलो घोटाला हुने गरेको छ । न्यून गुणस्तरको सामान खरिद गर्ने, कम संख्यामा खरिद गर्ने र बढी मूल्य देखाउने र त्यो रकम अध्यक्ष र सीईओले खाने काम गरेका छन् । –आथिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्