- शिशिर तामाङ
म जन्मले बौद्धमार्गी जस्तो देखिने हिन्दु सस्कारलाईपनि स्वीकार्दै मान्दै आएको तामाङ परिवारमा जन्मेर हिन्दु बुद्धिस्टको परिचय भन्दा पनि सानै उमेरदेखि नै कर्म गरेर एउटा पूर्ण मानवीय सामाजिक प्राणीको रुपमा परिचित बन्न खोज्दै ज्ञानको तिर्खैमा भौतारिदै हिड्दा भौतिक सुख सुबिधाको लोपमा भनौ वा बाध्यतामा वा तात्कालिन सामाजिक परिवेश तथा वातावारणको प्रभावमा वास्तविक मानवीय जिवनको यथार्थ भन्दा केहि पर पुग्न खोजेको रहेछु । म कुनै धर्म संस्कृतिको, सम्प्रदाय, वर्ग लिङ्गको बिरोधी होइन बरु सबै धर्म, समाज, सस्कृति, देशहरुमा शान्ति र उन्नति चाहने व्यक्ति हुँ ।
सुरुमै मेरो परिचय र स्पष्टीकरण
म जन्मिएको परिवार बौद् मार्गी जस्तो देखिएको हिन्दु सस्कारलाई पनि अंगाल्दै भन्नुको मतलव पूर्ण रुपले बौद्धधर्म र हिन्दु धर्ममा उल्लेख गरिए अनुसारको सकारात्मक मानवीय बाटोमा अज्ञानताको कारणले हिडेको नपाइएको कुरा अहिले बल्ल बुझ्दै आएको छु त्यसैले मैले यसो भनिएको हो । तर मेरो रगतमा बौद्ध र हिन्दु परम्पराको सास्कृत सभ्यताको ज्ञानहरु गुणहरु बगेको होला । यो कुरा म भावनात्मक अवस्थामा बगेको बेला हुबहु देखिन पनि सक्छ तर म जुन समाज वा धर्मको बहुल्यातामा जन्मिएता पनि त्यो समाज त्यो धर्म सम्प्रदायले अंगालेको सबै परम्परागत कुरा र नियम कानुन मैले स्विकार्नु पर्छ भन्ने छैन र गर्दिन पनि । किनकि म सम्पूर्ण प्राणी र मानब जिबनकोलागि हित हुने कुराहरुको मात्र विकास र प्रबर्दनको पक्षमा छु ।
तर म कहिल्य पनि अन्य नेपालको परम्परागत राष्ट्रिय धर्म सस्कृतिलाई त्यागेर अर्को अरुको धर्म सस्कृतिमा अभ्यास गर्ने छैन है । जिवनको आधा-आधी यात्रा तय भैसक्दा बल्ल थाहा हुन आयो, ‘मलाई वा हामीलाई वास्तविक के चाहिन्छ’ भन्ने कुरा । मलाई मेरो नामको चिनारी सम्मान चाहिने होइन, म एक व्यक्तिको लागि समाजले-देशले वा अरुले व्यक्तिले दिने मान सम्मान मेरो आस होइन, मलाई मेरो रुढिवादी व्यक्तिगत इज्जतको पहिचाहन होइन, मलाई मेरो भौतिक शरीरको लागि सुख सुविधा होइन, सिंगो मानव समाज तथा प्राणीलाइ कसरि दिर्घकालीन खुशी शान्ति दिलाउन सकिन्छ भन्ने कुराको खोजी चाहिन्छ, उपाय चाहिन्छ र त्यसैको खोजीमा छु ।
यसो भन्दा मलाई त्यागी सन्यासी देख्नु होला त्यो गलत हो मेरो स्वार्थ भन्नु सिंगो मानव समाजको विकास र प्राणीको सुख शान्ति भित्र म पनि एउटा प्राणी वा मानव भएको हुँदा मैले पनि सुख र शान्ति पाउने नै छु । म सधै यसैको खोजीमा हिडेको जस्तो लागेको थियो हिजो पनि र आजदेखि भोलि र अनन्त काल सम्म हरेक जुनीमा मेरो एक मात्र जिबनको लक्ष नै यहि होस् ! यहि चाहनछु ।
ल्होछार- लोछार
विविधतामा एकताको सिंगो मालामा अटेका दया, माया, करुणाले सज सजाउ गरेर हुर्केका र हुर्किएका हामी सारा नेपाली आफ्नो समाजको सभ्यताको सुरुवात देखि नै चिनारी र परम्परालाई कर्म र धर्म बनाउंदै आएका नेपालीहरुको विभिन्न समाजहरु मध्य बौध मार्गी समाज वा घर परिवारमा हुर्केका व्यक्तिहरुले पछिलो समयमा तिवेटिया भाषा वा तामाङ भाषा अनुसार लोछार अर्थात् नया बर्षको अगामनको उपलक्षमा देशव्यापी रुपले खुसी बाड्ने क्रममा बौधमार्गीभित्र पनि छुट्टा छुट्टै भाषा-भाषी बोल्ने व्यक्तिहरुको बहुल्याताको आधारमा एक मात्र नया बर्ष लोछारलाइ पनि धेरै चोटी धेरै थरिको लोछारको रुपमा मनाउन सुरु गरेको हुँदा कुन दिनलाई कसले कसरि लोछार भनेर मनाउने हो र राष्ट्रिय स्तरबाट कसरि आफुले चाहेको दिनमा छुटी पाउने हो भन्ने कुरामा त छाट म छाट गरेको देखिन्छ ।
यसरि एउटा एकै प्रकारको एउटा परम्परालाई पनि रास्ट्रिय र सामाजिक तवरले सबैको लागि सामान्जस्यता पूर्ण रुपले मनाउन र मान्न सकिएन भने विविधताले भरेको हाम्रो समाजको भोलिको दिनहरुमा नेपाली समाज र सहिष्णुता भाइचारा एकताको डोरी काट्ने देशी अज्ञानी नगरिक र बिदेशी शत्रुले व्यापारको रुपमा मानबियता बिर्सेर एउटा मनोरन्जनको क्रिडा स्थल हाम्रो नेपाललाइ बनाउन सकिने कुरा मेरो बुझाई नजिक पुगेको हुँदा लोछारको औचित्य र सिंगो मानव समाजको लागि कसरी फाइदा हुन्छ भन्नेबारे मेरो बिरोध होइन ।
प्रस्ट्याई प्रश्नको रुपमा मेरो भोलि सन्तानको लागि आजको अग्रज र सहपाठी समाजका अभियन्तहरु सामु देशमा सामाजिक र धार्मिक सहिष्णुताको हितको साथै नदेखिएको आर्थिक पक्षको बिकासको लागि पनि बैचारिक बिचारको मन्थन राख्न गैरहेको छु । मेरो प्रत्येक प्रश्नहरुको अर्थ कसैलाई, कुनै सस्कृतिलाई पनि तिरस्कार, विरोध, त्याग होइन कि जगेर्ना । यसभित्र रहेका सकारात्मक पक्षहरुको विकास र परम्परागत चल्दै-चलाउँदै आएका नकारात्मक पक्षहरुलाइ सकारात्मकतामा परिमार्जन गर्दै लान सकिएन भने त्यस्ता क्षेत्रहरुलाई हटाउँदै जानुपर्छ भन्न खोजेको हो ।
यस धर्तीमा मानव सभ्यताको सुरुवात देखि आज सम्म आइपुग्दा मान्छेले धेरै शदाब्दीका विभिन्न प्राकृतिक र सामाजिक, आर्थिक बिकासका विभिन्न प्रक्रियाहरु पार गर्दै, झेल्दै आउने क्रममा सभ्यताका सुरुका ति सबै प्रक्रियाहरुलाइ/परम्परा-सस्कृतिलाइ समय अनुसार आफुलाई परिमार्जन गर्दै संगै केहि कुरालाई ल्याउँदै र केहि कुरालाई छोडेर/त्यागेर, बिर्सीदिएर पनि आएका हुनाले नै समग्रमा मानब समाज आजको २१ शौं शादाब्दिको चरम बिकासको चुलीमा आइपुगेका देखिएता पनि अरु देश भन्दा नेपाल आर्थिक, सामाजिक र राजनैतिक पक्षहरुमा केहि कमजोरी देखिएको छ ।
तामांङ्ग, जिरेल, ज्वारचन, शेरचन, थकाली, गुरुङ, शेर्पा, टिबेट भाषामा लोछार को मतलब नया बर्ष हो भन्ने कुराचाहिं मलाई पनि थाहा छ । तर यसको मानबिय मर्म, विकास र सहिष्णुतालाइ कसरि कायम राख्ने भन्ने कुरा देशको सबैलाई नागरिकलाई थाहा हुनुपर्छ ।
(१) लोछार के हो ? तपाइको हजुरबाको मेरो बुबाको, हाम्रो काकाको, हाम्रो पार्टीको नेताको, हाम्रो कम्पनीको प्रमुखको जन्म दिन अर्थात् अग्रेजीमा भनेझै ह्याप्पी बर्थडे हो कि? वा तपाइको जन्म दिन हो ? होइन भने आफूखुशी एक बर्षमा जत्ति जात जाति भाषा भाषी व्यक्ति भयो त्यति नै लोछार भन्ने चिज छुट्टा छुट्टै हुन्छा र ?
(२) दशैँ तिहार हिन्दु सस्कार मात्र नभई सिंगो नेपालको सास्कृत भए जस्तै लोछार पनि हो कि ? यदि हो भने व्यक्ति पिच्छेको पनि लोछार हुन्छ र ? त्यसैले लोछार के हो ?
(३) कि मारकाट गरेर हत्या हिम्सा गरेर अर्को समाजलाई वा देशलाई लडाई लडेर जितेको दिनलाइ लोछार भनिएको हो ? त्यसो हो भने यो बौद्ध मर्गिको चाड पनि होइन । क्रिस्टिन धर्म लम्बिको हो भने क्रिस्टमस अर्थात नया वर्षा जानुवारी १ गतेलाई मान्छन उनीहरु । सिंगो नेपालको परम्परा सास्कृत हो भने कसैलाई थाहै छैन लोछार कुन दिन चाही हो भनेर । यसको मतलब कोहि कसैले बिचमा लोछार मान्नु पर्छ भन्ने सुनेको भरमा खेतमा धान रोपेको जस्तो, नया कपडा किनेर फेरेको जस्तो जसलाई जहिले मन लाग्यो जत्ति खेर पैसा भयो त्यत्तिखेर हिजो अस्ति देखी मात्र मान्न खोजेको जस्तो देखिन्छ । त्यसैले लोछार के हो ?
(४) लोछार कसको हो ? नेवार, तामांग, गुरुङ, चेपांग, शेर्पा, जिरेल, भुजेल, मगर, राइ वा बौद्ध मर्गिको हो ? बौध मार्गी भन्ने बित्तिकै त बौध मार्ग अबलम्बन गर्ने तामांग गुरुङ शेर्पा मात्र होइन ब्राम्हण, क्षत्री, बैस्य सबै सम्प्रदायमा जन्मेको मान्छे हुन सक्छ । यदि सबैको हो भनेर लोछारलाइ दिनदिनै मान्दै प्रत्यक दिन उत्सब र विधा मात्र लिने हो भने आर्थिक, राजनैतिक, कुटनीतिक, सामाजिक, बौद्धिक बिकासका कामहरु कहिले गर्ने ? त्यसैले लोछार के हो भनेको ?
(५) लोछारको बिषयलाई लिएर बिभिन्न समाज र सम्प्रदयाहरुमा अहिले नै बिभेत र मत्भेतको सिर्जना भै सकेको देखिन सुन्न आएको छ । यो सानो बिषय होइन यो बिषयलाई रास्ट्रिय मुद्धाको रुपमा लिएर समाधान गरिनु पर्छ तर यहाँ रास्ट्रिय मुद्धा हेर्ने अहिले सम्म न सरकार न राजनैतिक व्यक्तिहरु नै अगाडी बढ्न सकेको छ । बरु केहि राजनैतिक परिवेस र व्यक्ति पार्टीहरुले चुनाबमा भोट आफ्नो पक्षमा पार्न र अज्ञानताले अरुको कुरा सुनेर समाजमा जात जत्ति धर्म सस्कृतिको नाममा उक्साएर नेपालमा सामाजिक बिचलन ल्याउन खोजेको देखिन्छ । त्यसैले लोछार कसको र के हो ? कसको लागि हो किन हो ? के राजनीतिक एजेन्डा हो ?
(६) यदि भुलबस भावनात्मक रुपले बगेर होस् वा आर्थिक बैज्ञानि दृष्टिकोणले कुनै राजनैतिक नेता वा व्यक्तिले परम्परागत सास्कृतको रुपमा मनाउंदै आएको गलत कुरालाई परिमार्जन गर्ने सल्लाह वा सम्झाउन खोज्यो भने व्यक्ति व्यक्तिबाट कुरै नबुझी बिरोध हुने कुरा केहि महिना अगाडी केपी ओली जी ले भारतबाट खादा ल्याएर होइन सके सम्म खादाको ठाउँमा फूलको प्रयोग गरौं नभए स्वदेशमै उत्पादन गरेर खादा जस्तै अरु कुनै बैकल्पिक कुराको प्रयोग गरेर स्वदेशमै रोजगारको सिर्जना र बिदेशमा जाने पैस्सा स्वदेशमै राखौ भन्न मात्र के खोजेको थियो ४ तिरबाट बिरोध भयो कुरै नबुझी । हो थाहा छ खादा भनेको भगवानको नाम र वहाको आसिर्बाद र सुभकामना, स्वागत लेखिएको पबित्र उपहार हो तर यो कुरा किन नैलानकै कपडामा मात्र लेखिनु पर्ने अनि भारतबाटै मात्र आउनु परेको ?
अनि यति राम्रो भगवानको आसिर्बाद सुभकामना देश द्रोही नेता, गुण्ड, चोर फटाहालाई पनि पहिरिने अधिकार दिइएको ? नेपालमै उत्पादन गरिएको नेपाली कागज वा कपडामा रंगले लेखेर वा धागोले बुनेर खादाको प्रयोग गर्दा पनि हुने थियो नि होइन र ? यहि भन्न खोजेको हो केपी ओली जी ले । त्यसैले भोलि लोछारको एकता र बिकासको बारेमा र यसको नेपाली समाजमा फाइदा र बेफाइदाको बारेमा कुनै सरकारी निकाए वा व्यक्तिले बोलेमा तुरुन्त कुरै नबुझी एकोहोरो बिरोधको आवाज मात्र आउने छ । त्यसैले तपाई आफै भन्नुस लोछार के हो किन कसको लागि के फाइदा कसलाई ? धेरै पटक धेरै वटा लोछार मानेर सबै कुराको फाइदा र राम्रो हुने भए बर्षमा ३/४ वाट लोछार को ठाउँमा अझै बढाएर १००/२०० वोटा लोछार मनाउ आनन्दले । हुन्न र ?
(७) लोछार कहाँ, कसरि, कहिले, कसले, किन, कुन दिन, कुन समय, कुन तिथिमा, कसरि मनाउने ? जाड टन्न खाएर बाटोमा लडेर? राँगा, भैस्सी तथा खसी, बाख्रा कुखरा काटेर भोज गरेर कि ? कुनै ब्यापारीको उत्पादन सामग्रीको प्रचार प्रसार गर्न चोक चोकमा भाषण फुकेर हिडेर वा राजनैतिक पार्टीको आम सभा जस्तो रत्न पार्कमा सबै जम्मा भएर भाषण गरेर हो कि ? के यसरि लोछार मनाएर हामीले धर्म कमाइएला? वा समाज तथा देशलाई उन्नतिको बाटोमा लान सकिएला? वा हाम्रो आफ्नै व्यक्तिगत जीवनमा आर्थिक र सामाजिक, धार्मिक स्थरमा उन्नति गर्न सकिएला ?
हाम्रो समाजमा म जस्तै धेरै युबाहरुलाई र अग्रजहरुलाई पनि लोछार मात्र होइन लोछार, दशैँ, तिहार, छट जस्ता राष्ट्रिय गौरबका धेरै धर्म सस्कृति परम्परागत पर्वहरु कसरि मनाउने भन्ने नै थाहा छैन । त्यसैले लोछार, छठ, दशैँ तिहार जस्ता चाडबाडलाइ तिरस्कार र त्याग, बिरोध होइन मानबिया नैतिकता मूल्य मान्यता भित्र रहेर सम्पूर्ण प्राणी मैत्री हुने गरि परिमार्जन गरेर जगेर्ना गरिनु जरुरि छ ।
(८) लोछारमा के तामांग ड्रेस लाउँदैमा, शेर्पा ड्रेस लाउँदैमा, गुरुङ ड्रेस लाउँदैमा नालाउदैमा लोछारको महत्व घडी बढी हुन्छ र ? भोलि ड्रेस ले गर्दा पनि लोछार उत्सबमा मात्र होइन सामाजिक बिभेतको अवस्था पनि आउन सकिने देखिन्छ । लोछार मान्ने तामांग, गुरुङ, नेवार, मगर आदि केहि जात जाति मात्र नभएर राष्ट्रले जगेर्ना र प्रबर्दन गरिने उत्सब सिंगो नेपाली समाज देशको एउटा सास्कृतिक साझा सम्पत्ति हुनेछ र बनाइनु पर्छ जसमा सबै जात जाति धर्म सम्प्रदायले पनि मनाउन सक्छ ।
जस्तै अंग्रेजी नया बर्षमा देशले नमाने पनि नयाँ युवा पिडिका जनता आफैले पुर्खाको सम्पत्ति परम्परा झैँ गरि साझा रुपमा मनाउन थालेको देखिन्छ । त्यसैले लोछार बिशेषलाइ कुनै सम्प्रदाय व्यक्ति समूह, परिवार, धर्म, जात, जातीको मात्र सम्पत्तिको रुपमा मन लाग्दी गरेर हेर्ने मनाउने प्रयोग गर्ने उपयोग गर्ने उपभोग गर्ने अनि राज्यबाट सेवा सुबिधा, जगेर्ना-बिकाश, प्रबर्तन खोजेर कसरि सम्भब हुन्छ ३ करोड जना संख्यामा ? लोछारलाइ पर्वलाई रास्ट्रिय सस्कृतिको रुपमा मनाउनु पर्छ । कुनै व्यक्ति, धर्म, सम्प्रदायको पारिवारिक सस्कारको रुपमा होइन । लोछार के हो कसरि मनाउने किन कसको लागि?
(९) बौद्ध धार्मिक ग्रन्थ अनुसार लोछार अर्थात् कुनै भगवानको नाममा लोछार नामको उत्सब मनाउने हो भने प्रत्यक व्यक्तिको जन्म कुण्डली वा जन्म बार, बर्ष, दिन अनुसार छुट्टा छुटै आ-आफ्नो इस्ट देवता पाएको हुन्छ । यदि प्रत्यक व्यक्तिले आफ्नो इस्ट देवताको सम्झनामा वा उत्पतिको दिनलाई वा देवताको प्रिय बिशेस बार दिनलाई लोछार मान्दै जाने हो भने एक परिवारमा पनि जत्ति जना सदस्य छ त्यति नै छुट्टा छुट्टै तिथि मितिमा लोछार मनाउदै जानु पर्ने हुन्छ । के यो सम्भब होला त ?
होइन भने एउटा देशमा एउटा धर्म सस्कार मान्ने व्यक्तिहरुले किन लोछार तेरो मेरो उसको हिमालको पहाडको तराइको कालेको गोरेको मोटेको दुब्लोको धनिको गरिबको लोछार भनेको जस्तो गरि छुट्टा छुट्टै मानेको ? राज्य र राज्य भित्र रहेको अन्य समाजलाई कत्ति सास्ती पुग्छ होला साथै आफै खुदलाइ पनि ? के लोछार कुनै व्यक्ति बिशेषको कम्पनीको नाम हो र ? होइन भने किन छुट्टा छुटै ? लोछार के हो ? किन ? कसरि? कसको लागि ? कहिले ?
(१०) तपाई हाम्रो लागि राज्यमा भएको सम्पूर्ण जनताको गास बास कपासको पहिलो प्राथमिकता हो कि ? कुनै सम्प्रदायको , धर्मलम्बिको, जातको, समुहको मात्र कुनै बिशेस खुशी, मनोरंजन, आत्मसम्मान, इज्जत जस्ता भावनात्मक मान इज्जत ठुलो हो ? के नेपालीले नेपाल भित्र अहिले सम्म सरकारी स्थारबाट वा व्यक्ति सम्प्रदाय बिशेष भित्र मनाइदै आएका त्यो उत्सबहरुले सिंगो नेपाल वा कुनै समाज सम्प्रदाय भित्र रहेका सबै प्राणी वा मान्छेको लागि जिबन यापनमा प्रत्यक चोटी सहज र सजिलो बाटोहरु देखाएर बनाएर आउछ वा वातावारण बन्छ वा देशको बिकासको बाटोमा प्रत्यक उत्सब पश्चात एउटा इटा थपेर गएको हुन्छ वा त्यसरी हामीले मनाइदै आएका छौं ?।
छैन भने अब हामीले मनाउदै आएको परम्परागत प्रत्यक उत्सब चाड पर्बहरुलाई परिमार्जन गर्दै मानब-सर्व प्राणीको हितमा, प्राकृतिक वातावरणको हितमा, देशको सामाजिक आर्थिक राजनैतिक जस्ता बिषयहरु मध्य कुनै पनि क्षत्रमा नराम्रो सन्देश नजाने गरि बरु कुनै न कुनै एक क्षत्रमा भएपनि सकारात्मक प्रभाब हुने गरि मनाउदै जानु पर्छ भन्ने मेरो मनसाय हो ।
(११) नेपालमा बिभिन्न भाषा-भाषी, जात-जाति, सम्प्रदाय, स्थानका बौध मार्गी नागरिक बिच मात्र नभई अन्य धर्मालम्बी नागरिक संग पनि एक अर्कामा नेपाली भन्ने साइनो मात्र नभई बिहेवारी देखि मितेरी साइनो जस्ता बिभिन्न सम्बन्धमा बाधिएको हुने हुँदा कुनै एउटा जातले एउटा लोसार मनाउंदा सिंगै देशका सबै प्रकारका सम्प्रदायका धेरै व्यक्तिले चाहेर नचाहेर पनि अमुल्य समय खर्च गर्नु पर्ने हुन्छ । जस्तै तामांगले मान्ने लोसारमा गुरुङ जुवाई, ब्राम्हण जुवाई, मित, साथि जहाँ भएपनि सके सम्म उपस्थित हुनु पर्यो ।
त्यसतै फेरी गुरुङ्गले मान्ने लोसारमा शेर्पा उपस्थित हुनु पर्यो, शेर्पाले मान्ने लोसारमा तामांग उपस्थित हुनु पर्यो यसरि एबम रितले छुट्टा छुटै लोसार मान्दै जाने हो भने सिंगो नेपाली जनताले बिकाशका काम कहिले गर्ने ? अनि समृदि कहिले हुन्छ ? साथै लोसारको महत्व र औचित्य पनि घटदै जाने सम्भावना हुने देखिन्छ ।
अन्त्यमा,
लोछार पर्वलाई बर्षको एक चोटी मात्र सिंगो नेपाली सबै जनताको सामुहिक पर्वको रुपमा व्यापक रुपमा मान्नु-मनाइनु पर्छ । यदि त्यसो भएन भने राष्ट्रिय स्थरबाट लोछार पर्वलाई मन्नेता दिन असम्भब देखिएको । देशभित्र कुनै पनि जनताले, सम्प्रदायले गरिने, गराइने, गर्ने गरेका, मानेका कुनै पनि चाड पर्व होस वा व्यक्तिगत राम्रो नराम्रो कामको असर प्रतक्ष अप्रतक्ष रुपमा सबै खालको जातको, धर्म सम्प्रदायको, उमेरको नागरिकको जिबनमा असर पुर्याउने हुँदा पनि प्रतक्ष्य रुपमा लोसार पर्वमा आस्था राख्ने समाजलाइ नै एक बर्षमा धेरै चोटी लोसार पर्व मनाउंदा धेरै आर्थिक र सामाजिक रुपमै नकारात्मक असर पर्ने देखिन्छ । तर परम्परागत आफ्नो धर्म सस्कृतिलाई बदलेर, त्यागेर, छोडेर होइन जे छ त्यसैलाई निरन्तर सुधार गर्दै अगाडी बढे मात्र व्यक्तिगत जिबन र राज्यमा दिर्घकालिन शान्ति र सम्रिधि हुन सकिन्छ ।
आफ्नो परमपरागत धर्म सस्कृति फेरेर अहिले सम्म विश्वको कुनै पनि देशमा र त्याँहाक जनताको जिबन स्थरमा दिगो शान्ति र सम्रिधि भएको देखिएको छैन ।बरु त्यस्तो देशहरुमा लामो समय सम्म अन्तरिक द्वन्दमा फसेको देखिन आएको छ । देशको एक जना नागरिकको जिबन स्थरमा आर्थिक, सामाजिक, राजनीतिक, बौद्धिक क्षत्रहरु मध्य कुनै एकमा धेर थोर सकारात्मक वा नकारात्मक असर हुँदा अप्रतक्ष रुपमा सिंगो देशको नागरिकको जिबनम अप्रतक्ष रुपमा असर पुग्दछ ।
द्रष्टब्य :
माथिको सबै खालको प्रश्नहरुले हाम्रो देश नेपालको सबै खालको पर्ब, सबै क्षत्र र बिषयमा प्रतिनिध्व गर्दछ । यसमा दुइ मत नगरी आ-आफ्नो क्षत्रबाट आजैबाट सुधार्न जरुरि देखिएको बिषय र क्षत्रमा सकारात्मक सुधारको लागि बैचारिक बौद्धिक विचार विमर्श गरेर सबैको सहमतिमा अगाडी बढ्नु होला । याँहा लोसार त एउटा उदाहरण मात्र हो । कुनै समूह र सम्प्रदायको इज्जत, मान सम्मान जस्ता भावनात्मक पहिचाहन भन्दा मानबिय पहिचाहन र सिंगो देशको मानब प्राणीको लागि समान रुपले गाँस बास कपास जस्ता अति आवश्यक आधारभूत बस्तुहरुको वितरण र उपलब्धिको बिकाशको ग्यारेन्टी नै आजको विश्वको मूल समस्या र चासोको कुरा हुनु पर्दछ । तर नेपालमा मात्र होइन विश्वको धेरै मानब अधिकार बादी देशहरुमा पनि यस बिषयमा पूर्ण रुपले सफल भएको देखिएको छैन ।