×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेलीको २५ मेगावाट बिजुली बाल्ने अन्तिम तयारीमा, बैशाख अन्तिमसम्ममा बिजुली आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण काबेलीको २५ मेगावाट बिजुली बाल्ने अन्तिम तयारीमा, बैशाख अन्तिमसम्ममा बिजुली आउने

६ बैशाख २०७५, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ आयोजनाले सबै काम सकी बिजुली बाल्ने तयारीमा जुटेको छ । पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा बनिरहेको आयोजनाले यही महिनाको अन्त्यसम्ममा बिजुली बाल्ने अरुण काबेलीले जनाएको छ । 
परियोजनाको बाँध, डिसेण्डर बेसीन, सर्ज टेयाङ्क, विद्युत गृहको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । विद्युत गृहमा मेसीन जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । पेनस्टक पाईपको जडान पनि लगभग टुंगिएको आयोजनाको भनाई छ । अब पाईपमा पानी छिराई मेसीन सम्म पुर्याउने काम पनि यही बैशाख महीमा भित्रमा सम्पन्न भई बिजुली बाल्ने काम सूरु हुने जनाईएको छ । 
अरुण भ्याली हाईड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको अरुण काबेलीले थाल्ने २५ मेगावाट बिजुली उत्पादनले देशको बिद्युत माग धान्नलाई ठूलो सहयोग पुर्याउने छ । निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुने छ । यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले रु ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मूनाफा प्राप्त गर्ने छन् ।
आयोजनाले बिजुली बाले पनि प्रसारण लाईनको मुख्य समस्या रहेको छ । सरकारले काबेली करिडोरमा बनाईरहेको ९० किलोमिटर लामो मेची करिडर प्रसारण लाईनको काम तोकिएको समयमा पुरा नगरेर पटक पटक म्याद थपिदा त्यहाँ बनिरहेका धेरै आयोजना मर्कामा परेका छन् । २०७४ बैशाखमा पुरा हुनुपर्ने प्रसारण लाईन निर्माणको काम अझैसम्म पुरा भएको छैन । यो प्रशारण लाईन यथासिघ्र सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय युद्ध स्तरमा लागिरहेका छन् । 
आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित ६ वटा बाणिज्य बैंकले लगानी गरेका छन् । चार अर्ब लाग्ने आँकलन गरिएकोमा प्रति मेगावाट १६ करोड रुपैयाँ लागत पर्ने देखिएको छ, जुन धेरै सस्तो लागत मानिएको छ । नेपालको जलबिद्युत क्षेत्रमा चाँडै आयोजना निर्माण पुरा गर्ने क्षमता राख्ने गुरुप्रसाद न्यौपानेको नेतृत्वमा बनिरहेको यो आयोजनाले लगानीकर्तालाई भबिष्यमा आकर्षक प्रतिफल दिने ठानिएको छ ।
अरुण काबेलीले सर्बसाधारणमा सेयर जारी गरेर २०७४ बैशाखदेखि नेप्सेमा कारोबार थालेको हो । उसको सेयर स्वामित्व मध्ये एक अर्ब पाँच करोड संस्थापकको र ४५ करोड सर्बसाधारणको हिस्सेदारी छ । बिद्युत उत्पादन सुरु भएसँग अरुण काबेलीका लगानीकर्ताले चाँडै लाभांश पाउने संभावना बढ्ने बताईएको छ । 
आयोजनाले बार्षिक रुपमा ७६ करोड आम्दानी गर्ने आँकलन गरिएको छ र आयोजना पुरा भएको पाँचौ बर्षमा कमाई बार्षिक रुपमा ८७ करोडसम्म पुग्ने छ । कम्पनीले अरु आयोजनाहरुमा लगानी गर्नु पर्ने भएकाले लाभांश क्षमता बिकास भएको अबस्थामा बोनस सेयर नै दिने लक्ष्य किटान गरिएको आयोजनाले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी