- अर्थ सरोकार समाबाददाता
काठमाडौँ – पछिल्लो समय भाषाको विवाद उत्कर्षमा छ । कुन शब्द कसरि लेख्ने भन्ने कुरामै विवाद छ । यहाँसम्म कि नेपाल राष्ट्र बैंकले नोटमा लेखिएको शब्ददेखि सरकारी कार्यालयले प्रयोग गरेका शब्दहरुसम्म विवाद नै विवाद छ । यस्तै भाषा विशेषज्ञहरुले नेपाली बैंकहरुले पनि भाषामाथि प्रहार गरेको आरोप लगाएका छन् । उनीहरुले धेरै प्रचार गर्ने बैंकहरुले नै भाषा सभ्यता बिर्सिएकाले त्यसले नेपाली भाषामाथि ठूलो प्रहार भएको आरोप लगाएका छन् । यस विषयमा अर्थ सरोकार डटकमले बैंकले प्रयोग गर्ने केहि ब्यानर, बिज्ञापन वा अन्य सामग्रीमा आँखा लगाउँदा भाषाविद्हरुले लगाएको आरोप धेरै हदसम्म सत्य भएको भेटिएको छ ।
प्रतिनिधि केहि उदाहरण
पछिल्लो समय आफ्नो बैंकको राम्रै प्रचार गरेको एनआइसी एशिया बैंकले अनलाइनमा छाप्ने विज्ञापनदेखि पपत्रिकामामा छाप्ने विज्ञापनमा मात्र होइन टेलिभिजनका बिज्ञापनहरुमा पनि भाषा बिगारेको पाइएको छ । उदाहरणका लागि बैंकले प्रयोग गर्ने गरेको भ्यानमा ‘उन्नती’ शब्दमा ‘ती’ अर्थात दीर्घ प्रयोग गरिएको छ भने कतै ‘ति’ रश्व प्रयोग गरिएको छ । हुनुपर्ने खासमा उन्नति हो । यहाँसम्म कि बैंकले त ‘भुक्तानि’ लेख्ने गरेको छ, जव कि खास सुद्ध ‘भुक्तानी’ भएको भाषाविद्हरुको भनाइ छ । आफ्नो नारामा हामी संग-संगै भनेर सनराइज बैंकले लेखेको नारा भाषागत हिसावले गलत छ । हुनुपर्ने हामी सँगसँगै हो । एउटा ग्राहकको खाताको रकम अर्कोले चोर्दा पनि जिम्मेवारी नलिने बैंक सानिमा बैंकले त तपाईं लेख्दा पामा चन्द्रविन्दु दिएको छ, जुन सरासर गलत छ । त्यस्तै ओम डेभलोपमेन्ट बैंकले बैंकसँग लेख्दा सँग जोडेको छैन, जुन जोडिनु पर्थ्यो ।
ज्योति बिकास बैंकले त ‘जयन्ती’ लेख्दा ठुलो त्रुटी गरेको छ । बैंकले बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना ब्यानरमा जयंती लेखेको छ । सुनकाण्डमा फसेर जनताको ठुलो विश्वास गुमाएको सिटिजन्स् बैंकले ‘छौँ’ लेख्नुपर्ने ठाउँमा छौं लेखेको छ, जुन गलत छ । यसो त यो बैंकले कतिपय ठाउँमा आफ्नै बैंकको नामसमेत गलत लेख्ने गरेको छ । हुन पनि मिडियाका मान्छे थर्काउन खप्पीस र अन्य बैंकले निकालिदिएका कर्मचारी बिज्ञापन ब्यानर हेर्ने ठाउँमा रहेको आरोप लागेको यो बैंकबाट राम्रो अपेक्षा के नै गर्न सकिन्छ होला र ? यी त प्रतिनिधि बैंकहरु मात्र हुन् । नेपालका थुप्रै बैंकहरुले यसरी आफ्नो प्रचारमा भाषा बिगारीरहेका छन् ।
किन हुन्छ यस्तो ? के भन्छन् भाषाविद् ?
यसरी भाषा बिग्रिने विभिन्न कारणहरु छन् । एक त बैंकसँग भाषाका बारेमा जान्ने स्रोत नै छैन । अर्कोतर्फ यस्तो गल्ती बैंकभन्दा पनि तीनका एजेन्सीहरुले गर्ने गरेका छन् । कुन शब्द कसरि लेखिन्छ भन्ने ज्ञान नै नभएका एजेन्सीहरुलाई काम दिएका कारण बैंकलाई भाषा बिगारेको आरोप लागेको हो । तर पटक पटक यसबारे विभिन्न व्यक्तिले सुझाव दिएको भए पनि बैंकको ‘मै जान्ने हुँ’ भन्ने शैलीले बैंकले गरिरहेको यस्तो गलत काम रोकिएको छैन । नेपाली भाषामा स्नातकोत्तर गरेका सौरभ पौडेल यस्तो गल्ती बैंकको लापरवाहीले हुने गरेको बताउँछन् । ‘एउटा विज्ञापन बनाउँदा लाखौँ खर्च गर्न सक्ने बैंकले भाषाका लागि लगानी गरेको देखिंदैन । लगानी त परको कुरा भयो, सोध्ने काम पनि हुँदैन । मैले गरेको ठिक भन्ने शैलीले यस्तो स्थिति निम्त्याएको हो ।’