
- अर्थ सरोकार सम्बाददाता
पोखरा – मोरङमा दर्ता भएको बिज्ञापनसम्बन्धि काम गर्ने इजाजत पाएको कमपनी छायाँ एड्भरटाइजिङले गुण्डागर्दी शैलीमा रकम उठाउँदै गरेको फेला परेको छ । ०७३ फागुन २७ देखि २०७५ साल असार मसान्तसम्मका लागि पोखरा लेखनाथ महानगरमा होर्डिङ बोर्ड व्यवस्थापनको जिम्मा पाएको उक्त कम्पनीले पोखराका सोझा व्यवसायीहरुलाई धम्क्याएर बिज्ञापन करका नाममा जवर्जस्ती रकम असुल गराएको व्यवसायीहरुले आरोप लगाएका छन् । कम्पनीका संचालक मनोज कुमार चौहानले सम्झौता विपरित विज्ञापन शुल्क भन्दै चिठि साथ रकम तोकेर पठाउने गरेको पाइएको छ ।

व्यवसायीको गुनासो,’अफिसकै बोर्डको कर उठाउने अधिकार कम्पनीलाई कसले दियो ?
‘हामीले नेपाल सरकारमा दर्ता भएर राज्यको सबै नियम पूरा गरेर व्यवसाय गरेका छौं । तर कार्यलय अगाडी राखेको बोर्डको समेत तपाईंको यति बिल भयो भनेर धम्क्याउने शैलीमा आउँछन् । सिद्धार्थचोकस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सञ्चालक एवं ईक्यान कास्कीका उपाध्यक्ष रमेश कुमार थापाले भने, ‘त्यतिमात्रै होइन हामीमाथि धम्कीपूर्ण भाषा समेत प्रयोग गर्ने गरिएको छ । समयमा नै पैसा दिनुभएन भने जसरी पनि असुल्छौँ भनेर धम्कीपूर्ण भाषा प्रयोग हुने गरिएको छ ।’ उनका अनुसार सम्बन्ध नै नभएका कम्पनीहरुले आएर धम्कीपूर्ण शैलीमा पैसा असुल्छौं भन्दा व्यवसायीहरु आश्चर्यमा परेका छन् ।

छायाँ एड्भरटाइजिङले होर्डिङ बोर्ड व्यवस्थापनको जिम्मा पाएको पक्कै हो । तर कम्पनीले अफिसको बोर्डको समेत कर उठाउन खोजेको ईक्यान कास्कीका उपाध्यक्ष रमेश कुमार थापाले आरोप लगाएका छन् । यस विषयमा हामीले पोखरा लेखनाथ महानगरपालिकाका कर अधिकृत छबिलाल शर्मासँग सम्पर्क गरेका थियौं । ‘ होर्डिङ बोर्डको हो कर उठाउने भनेको । कार्यालय परिचय भनेको त आवश्यकता हो । यो कानुनी नियम पनि हो । कानुन अनुसार आफ्नो कार्यालयको परिचय खुले बोर्ड राख्नुपर्छ । यसमा कर उठाउन मिल्दैन । कसैले त्यस्तो गरेको छ भने त्यो सरासर गैरकानुनी छ । गैरकानुनी रुपमा कर उठाउनेमाथि कारवाही गर्ने कानुनी प्रक्रिया पनि छ । नेम बोर्ड राखेको व्यवसायीलाई कर लाग्ने भन्दै कुनै कम्पनी पुगेको छ भने त्यस्तो कम्पनी कानुनी कारवाहीको भागीदार हुनुपर्छ भन्ने कुरामा कुनै शंका नै छैन ।’

आफैं राजश्व कार्यालयको नियम नटेर्ने, आफैं कर उठाउने ?
अझ खास कुरा त के छ भने आन्तरिक राजश्व विभागको नियम नै पल्टाउने हो भने लेटर हेडमा स्पष्ट ठेगाना लेखिनुपर्छ । कर उठाउने प्रयोजनका लागि कुनै कम्पनीले आफ्नो लेटरहेड प्रयोग गर्छ भने त्यसमा उक्त कम्पनीको प्यान नम्बर पनि लेखिनुपर्छ । कम्पनीमा सम्पर्क हुने गरीको ठेगाना पनि लेटरहेडमा हुनुपर्ने हो । यसले त उक्त लेटरहेड नै सम्बन्धित कम्पनीको हो वा होइन वा उक्त कम्पनी आन्तरिक राजश्व कार्यालयमा दर्ता छ कि छैन भन्ने समेत स्पष्ट रुपमा हेर्न मिल्दैन । सोहि प्रयोजनका लागि नै लेटरहेडमा प्यान नम्बर उल्लेख गरेको हुनुपर्ने भनी आन्तरिक राजश्व विभागले नियम बनाएको हो । तर राजश्व कार्यालयकै नियम पूरा नगरी गुण्डागर्दी शैलीमा नेम बोर्डको समेत पैसा असुल्ने कम्पनीलाई अझै पनि कसैले कारवाही गर्न सकेको छैन । यस विषयमा कम्पनीका संचालक चौहानलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्