×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालमा मात्र होइन भारतमा पनि यसरी ठगी गरेको रहेछ हुन्डाईले ! सामाजिक सञ्जालमा भाइरल भयो भिडियो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपालमा हुन्डाई पीडीतका कथा त हामीले सुनेका नै छौं । बेच्दा व्यापक कालोबजारी गर्ने हुन्डाईले सर्भिसीङमा पनि ठग्ने गरेको तथ्य पनि हामीले पढेकै छौं, सुनेकै छौं, भोगेकै छौं । तर यो समस्या नेपालमा मात्र होइन भारतमा पनि रहेछ । अझ नेपालमा त आफुलाई धनी भन्न रुचाउनेहरुले हुन्डाईको ठगीको बारेमा खास बोल्दैनन् । तर भारतमा त हुन्डाईले आफुलाई बर्बाद बनाएको भन्दै, हुन्डाई चोर कम्पनी भएको भन्दै गाडीमै विरोधका नाराहरु लेखेर गाडी चलाइने गरेको पाइएको छ ।
गरिव ट्याक्सी चालकलाई कम्पनीले ठगेको भन्दै त्यसको विवरणसमेत बटुवाहरुलाई बाँड्दै भारतमा विरोध भएको भिडियो यतिबेला चर्चामा छ । यदी नेपालमा पनि हुन्डाईका पीडीतहरु यसरी नै जाग्ने हो भने त नेपालमा सानो तिनो चक्का जाम नै हुन्छ । तर पैसा र पावरका भरमा सरकारले चलाउन लागिसकेको ठगी मुद्धा रोक्ने यो मुलुकमा हुन्डाईको गुण्डागर्दीबारे कोहि पनि बोल्न सकेको छैन ।
हेर्नुहोस् अहिले भारतभर चर्चामा आइरहेको भिडियो :
         
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: