×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिकमको फोरजी सेवा देशैभर पुग्न अझै एक वर्ष लाग्ने, कम्तिमा २६ अर्ब रुयैयाँ खर्च हुने

PRIME CA

टेलिकमको फोरजी सेवा देशैभर पुग्न अझै एक वर्ष लाग्ने, कम्तिमा २६ अर्ब रुयैयाँ खर्च हुने

६ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं – नेपाल टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्न कम्तिमा २६ अर्ब रुपैयाँ खर्च हुने बताएको छ । २ वर्ष अगाडिकै चिनियाँ कम्पनीको प्रस्ताव नमान्दा टेलिकमले गर्ने एउटै काम र करिब उस्तै समयसम्मको लागि २० अर्ब भन्दा बढी लागत लाग्ने उल्लेख छ ।
टेलिकमले पहिलोपटक १७ पुस २०७३ मा पोस्टपेड प्रयोगकर्तामार्फत फोरजी सेवा सुरु गरेको थियो । त्यसको एक महिनापछि (माघ २२ देखि) टेलिकमले प्रिपेड प्रयोगकर्ताहका लागि फोरजीको सेवा दिएको हो ।
टेलिकमले सेवा सुरु गर्दा यसको प्रमुख प्रतिस्पर्धा एनसेल कम्पनी खरिद बिक्री भएर ६३ अर्ब रुपैयाँको पूँजीगत लाभकर विवादमा फसेको थियो । यही विवादका कारण टेलिकमले सेवा सुरु गरेको ६ महिनापछि मात्रै एनसेलले फोरजी सुरु गरेको हो । टेलिकमले ६ महिनाअगाडिको मौकालाई सदुपयोग गरेर देशव्यापी बनाउन सकेन् ।
६ महिनापछि सेवा सुरु गरेको एनसेलले भने २१ वटा सहरका १० लाख ३८ हजार सेवाग्राहिलाई फोरजी सेवा दिन सकेको छ । तर, टेलिकम भने काठमाडौं उपत्यका र पोखरामा मात्रै सिमित रहेर जम्मा ५ लाख ७४ हजार प्रयोगर्ताटै चित्त बुझाइरहेको छ ।
फोरजीमा २०७४ को कात्तिक दोस्रो साताबाट स्मार्ट टेलिकमको फोरजी सेवा सुरु भइसकेको छ । यो कम्पनीका जम्मा ३३ हजार मात्रै प्रयोगकर्ता छन् । टेलिकमले सेवा विस्तार गर्न सकेको र प्रतिस्पर्धी बजारम आक्रामक गति बढाउन सकेको अवस्थामा यसले बलियो बजार हिस्सा बनाउन सक्ने हुँदाहँुदै पनि टेलिकम अझै सुस्त गतिमै रहेको छ ।
टेलिकमले फोरजी सेवा सुरु गरेको ४ महिनापछि नै तत्कालिन संसदको विकास समितिले एक वर्षभित्रै देशैभर सेवा विस्तार गर्न निर्देशन दिएको थियो । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले मागेकै सयम अनुसार विकास समितिले निर्देशन दिएको भएपनि अझै टेलिकम फोरजी सेवा विस्तारमा अब्बल हुन सकेको छैन् ।
नेपाल टेलिकमले फोरजीको कन्ट्रयाक्ट अवार्डको अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ । टेलिकमका अनुसार अबको नौ महिना भित्रमै देशेभरका प्रमुख सहरमा फोरजी सेवा विस्तार हुन्छ । पछिल्लो समय प्रतिस्पर्धी कम्पनीका कारण प्रवन्ध निर्देशकलाई छिटो सेवा सुरु गर्न दबाब परिरहेको छ ।
नेपाल टेलिकमले भने चार वटा सहरमा दिएको फोरजी सवाको ग्राहक र २१ सरहमा सेवा सुरु गरेको एनसेलको ग्राहकको अनुपात धेरैथोरै भएको भन्दै चित्त बुझाइरहेको छ । तर टेलिकमका सेवाग्राहिको ठूलो हिस्सा उपत्यकामै हुने गरेकोले पनि बाहिर धेरैवटा जिल्ला र सहर पुग्दा पनि यसको ग्राहक गुणात्मक रुपले बृद्धि नदेखिएको उल्लेख छ ।
यस्तै टेलिकमले चिनियाँ कम्पनी हुवावेको प्रस्ताव नमान्दा कम्तिमा २० अर्ब रुपैयाँ घाटा सहनुपर्ने भएको छ । नेपाल टेलिकमको तीब्र गतिको मोबाइल इन्टरनेट सेवा फोरजी काठमाडौं उपत्यका र पोखरामा सुरु भएको डेढ वर्ष भन्दा बढी (१९ महिना) भइसकेको छ ।
टेलिकमले अझै आफ्नो सेवा काठमाडौं उपत्यका र पोखराबाट बाहिर लैजान सकेको छैन । टेलिकमले भैरहवा, विराटनगरसहितका स्थानमा सेवा विस्तार गर्ने घोषणा गरेको बर्षो भइसक्यो तर एकैपटक देशैभर पु¥याउने भन्दै ती सहरमा दिने सेवा पनि पछाडि थकेलिएको छ ।
टेलिकमलाई चिनियाँ कम्पनीले भएकै प्रविधिलाई अपग्रेड गर्ने र करिब ५ देखि ६ अर्ब रुपैयाँमै सन् २०२३ सम्मको लागि फोरजी सेवा दिन सक्ने प्रस्ताव सन् २०१७ मै गरेको थियो ।
चिनियाँ कम्पनीको सो प्रस्ताव नमानेकै कारण टेलिकमले न समयमा फोरजी सेवा दिन सकेको न कम लागतमै । टेलिकमले हाल प्रस्ताव माग गरेर फोरजी विस्तार गर्न आवदेन दिने कम्पनीको प्रस्ताव मूल्यांकन गरिरहेको छ । प्रस्ताव मूल्यांकन अन्तिम चरणमा रहेकोले अब ठेकेदार छनोट गर्न कार्य हुने भइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: