
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेता तथा कार्यकर्ता बेरोजगार र फुर्सदिला बनेका छन । मेची देखि महाकाली सम्मका नेताहरु एकीकरणको काम नसकिँदा फुर्सदिला भएका हुन । पार्टी एकीकरण भएको ३ महिना भित्र मातहतका कमिटिहरु एकीकरण गरि सक्ने उद्घोष त गरेका थिए । तर उद्घोष गरे बमोजिम एकीकरणको काम सम्पन्न हुन सकेन जस्को परिणमा तल्ला तह देखि स्वयं स्थायी समितिमा रहेका नेता समेत बेरोजगार बन्न पुगेका छन । राजनीतिक र संगठनात्मक निर्णयकर्ता नेताहरु नै फूर्सदमा छन्।
पार्टीले उनीहरुलाई ठोस जिम्मेवारी दिन नसक्दा नेताहरू कामबिहिन बनेका हुन्। नेकपाको विधानमा केन्द्रीय सचिवालयले केन्द्रीयस्तरका कार्ययोजना, कार्यक्रम र कार्यसूची तयार पार्ने र स्थायी समितिले नीतिगत निर्णय गर्ने ब्यवस्था छ। तर, पार्टीका तल्लो तहको एकता प्रक्रिया र केन्द्रीय विभागको संरचना बन्न नसक्दा स्थायी समितिमा रहेका नेता नै बेरोजगार छन्।,स्थायी समितिलाई नीतिगत निर्णय लिने निकाय मानिन्छ। हुनत केन्द्रीय सचिवालयका कतिपय नेताहरुको विदेश यात्राको कारणले पनि पछिल्लो पटक मातहतका कमिटि एकता प्रकृयामा ढिलाइ भएको हो । पछिल्लो समय नेकपाको निर्णय प्रक्रिया अहिले दुई अध्यक्षमा केन्द्रित छ। बिहीबार पनि दुई अध्यक्षले एकता प्रक्रिया टुंगो लगाउने र नेतृत्व बाँडफाँडमा केन्द्रित रहेर छलफल गरेका छन । ९ सदस्यीय सचिवालयका नेताले जिम्मेवारी पाए पनि स्थायी समितिका नेता भूमिका बिहीन छन्।
एकता प्रकृयामा देखिएको उल्झनका कारण नेताहरुको जिम्मेवारी तय नहुँदा सरकारमा रहेका नेता सरकारमै र केन्द्र तथा प्रदेश संसद्मा रहेका संसदीय भूमिकामै सिमित छन्। यी दुवै जिम्मेवारीमा नरहेका नेताहरू भने फूर्सदिला छन्। स्थायी कमिटीमा रहेका ४५ मध्ये ३० जना संघीय संसद्, ६ जना प्रदेश संसद् र ९ जना संसद् बाहिर छन्। तीमध्ये ११ जना ओली नेतृत्वको सरकारमा सहभागी छन् । २ जना मुख्यमन्त्री (गण्डकी र कर्णाली प्रदेश), २ जना प्रतिनिधिसभातर्फ संसदीय दलको उपनेता र प्रमुख सचेतक, २ जना प्रदेश संसदीय दलको नेता र १ जना प्रधानमन्त्रीका प्रमुख सल्लाहकार छन् । बाँकी ८ जना न संसदीय भूमिकामा छन्, न पार्टीले ठोस जिम्मेवारी दिएको छ।
संसद्मा नरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले यदाकदा जिम्मेवारी पाए पनि स्थायी समिति सदस्यहरू गणेश शाह, मणि थापा, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणि पोखरेल र वेदुराम भुषाल कुनै भूमिकामा छैनन्। ४४१ सदस्यीय केन्द्रीय समिति सदस्यको अवस्था पनि उस्तै छ। पार्टीले जिम्मेवारी तय नगर्दा शीर्ष नेतालाई स्थायी समिति सदस्य अहिले के गरिरहेका छन् भन्ने पत्तो छैन। न सचिवालयका नेताले अन्य नेताको खोजी गरेको छ। नेताहरू कहिले कहीं पार्टी कार्यालय पुग्छन। पार्टी कार्यालय गए पनि शीर्ष नेताहरू कतिबेला आउँछन–आउँदैनन् ? स्थायी समिति सदस्यलाई पत्तो हुँदैन। नेकपाको अन्तरिम विधान–नियमावली अनुसार निर्देशिका बनाउन सुवास नेम्वाङ नेतृत्वमा एउटा कार्यदल बनेको छ । त्यो कार्यदलको समेत बैठक बस्न सकेको छैन । नेकपाले तल्लो तहसम्म पार्टी एकता समपन्न गर्दा दुई लाख भन्दा बढी नेता–कायर्कर्ताले जिम्मेवारी पाउँथे। तर प्रक्रिया लम्बिँदा सिंहदरबार घुम्ने, ब्यक्तिगत काममा रमाउन मै नेता–कार्यकर्ता लाग्न थालेका छन्। । त्यतिमात्र होइन माथिल्ला कमिटीहरुमा पर्नको लागि नेताको घर दैलो चाहार्न दुर दराजका नेता कार्यकर्ताहरुको लर्को समेत संघीय राजधानी काठमाडौँमा भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्