- रामु खनाल
कोहि मानिसको मृत्युपछि भनिने वा लेखिने शब्द हो ‘मृत आत्माको स्वर्गमा बास होस् ।’ आत्मा कहिल्यै पनि मर्दैन । नाशवान् भनेको त शरीर मात्र हो, किनकि आत्मा भनेको शक्ति हो, उर्जा हो । शरीरबाट आत्मा अर्थात ‘इनर्जी’ शरीरबाट बाहिर गइसकेपछि त्यो स्वर्गमा बस्छ । त्यसैले त आत्माको स्वर्गमा बास होस् भन्ने गरिन्छ । जसरी ईन्टरनेटका सबै डाटाहरु सर्भरमा सेभ हुन्छन् त्यसरी नै विभिन्न मानिसका आत्माहरु अर्थात इनर्जी स्वर्ग भन्ने बिशाल भन्ने सर्भरमा सेभ हुन्छन् ।
श्राद्ध कर्मको माध्यमबाट तपाईको आत्मा र मृत मानिसको आत्माबिच कनेक्सन गर्ने काम हुन्छ । जसरी बिदेशबाट नेपालमा फोन गर्नु परेमा पहिला कण्ट्री कोड ९७७ अनि एरिया कोड काठमाडौको लागी ०१ र फोन नम्बर डायल गर्दा बिदेशबाट नेपालमा रहेको मान्छेसँग फोन सम्पर्क हुन्छ । त्यसैगरी श्राद्धमा उच्चारण गरिने भारत बर्षे भरत खण्डे नेपाल देशे भनी कण्ट्री कोड काठमाडौ क्षेत्रे भनी एरिया कोड अनि तपाईको नाम भनी स्वर्ग भन्ने सर्भरमा रहेकोे आत्मा र तपाईबिच कनेक्सन गराइन्छ । फोन कनेक्सन भइ कुरा गर्दा मान्छे नै जाने त होईन नि तरङ्ग मार्फत आवाज मात्र जाने हो त्यस्तै श्राद्ध कर्म मार्फत तरंगको सहायताले तपाईले अर्पण गरेका बस्तुहरुका सारभुत तत्वहरु स्वर्ग भन्ने सर्भरमा रहेको आत्मा सग कनेक्सन भइ ट्रान्सर्फमर हुने हो । तपाईले चढाएका बस्तुहरु मृत आत्माले सिंगै खाने होईन, सारभुत तत्वहरु मात्र लिनेे हो । जसबाट तपाईमा सकारात्मक उर्जा प्राप्त हुन्छ । जसरी बैंक खाता निश्चित समय सम्म नचलाए निष्क्रिय हुन्छ , पैसा आउदैन , पुनः संचालन गर्न थप प्रक्रिया गर्नुपर्छ । त्यस्तै नियमित श्राद्ध गरिएन स्वर्ग भन्ने सर्भरबाट नियमित उर्जा प्राप्त हुदैन र तपाईको जीवन सहज हुदैन । यसलाई पुनः थप प्रक्रिया औंशी लगायतमा श्राद्ध गरी खाता गराइन्छ र नियमित उर्जा प्राप्त हुन्छ ।
सामान्यतया श्राद्धमा होम गरिदैन तै पनि होमबाट कसरी सारभुत तत्व ट्रान्सर्फमर हुन्छ बुझौं । यसले बिज्ञान र आध्यात्मिक कसरी एक आपसमा अन्तर सम्बन्धित हुन्छन् त्यसको उजागर गर्छ । जब हामी कुनै ठाउमा फ्याक्स गर्छौं त्यहा पठाउने बिषय बस्तु लेखिएको कागज फ्याक्स मेसिनमा राख्छौ अनि नम्बर च्याप्छौ र Send गर्छौं । त्यस्तै होममा पनि पठाउने बस्तु जौ हातमा लिन्छौं , अनि मन्त्र भन्छौं जुन फ्याक्सको नम्बर जस्तै हो अनि जब स्वाहा भन्छौं त्यो Send भनेको हो । होमखाडि भनेको फ्याक्स मेसिन जस्तै Transfer मेसिन हो । फ्याक्स गर्दा सिंगै कागज जाने त होईन, बरु सारभुत तत्व मात्र जाने हो । त्यस्तै होममा पनि सिंगै जौ जाने त होईन, सारभुत तत्व मात्र जाने हो । यसरी फ्याक्स मेसिनको कार्यगत प्रणाली र होमको कार्यगत प्रणाली उस्तै-उस्तै छ । आध्यात्मिक होम बिधिको आधारमा फ्याक्स मेसिनको बिकास भएको हो भनी हामी बुझ्ने गर्छौं ।
सबै धर्म संस्कृतिमा मानिसको मृत्यु पश्चात आ-आफ्नो धर्म संस्कृति अनुसार मानिसको मृत्यु कर्म गरिन्छ । मृत्यु कर्म गर्नुको बैज्ञानिक कारण के हो भने मृत्यु कर्म गर्दा उत्पन्न हुने भाइब्रेसनले आत्मालाई स्वर्ग भन्ने सर्भरमा पठाउने काम गरिन्छ । यदि आत्मा स्वर्ग भन्ने सर्भरमा सेभ भएन भने आत्मा भडकिन्छ र उक्त आत्माले मानिसलाई दु:ख दिन्छ भनिन्छ । तपाईको आत्मा र मृत मानिसको आत्माको बिचमा सिगनल कनेक्सन हुन्छ । यसरी दुई आत्मा बिच सिग्नल कनेक्सन हुँदा तपाईको दिमागमा रिफेलेक्ट भइ सपनाको माध्यम बाट उक्त मृत मानिसको चित्र देखिन्छ जसलाई हामी बोलचालीको भाषामा दिक्षे देखाएको भन्छौं । यसरी मृत्यु कर्म मार्फत मृत मानिसको आत्मा तपाईको आत्मा सग सिग्नल कनेक्सन नहुने गरि टाढा पठाउने काम गरिन्छ ।
जहिले पनि पितृलाई पहिलो र भगवानलाई दोस्रो हो । तर हामी भगवानलाई पहिलो र पित्रीलाई दोस्रो गर्छौं , जुन नितान्त गलत हो । पित्रीलाई पहिलो भन्नुको कारण के हो भने यो श्रीष्टिको आरम्भ, जीवको उत्पति देखि हाम्रो अहिलेको यो अवस्थासम्म हामी निरन्तर एक अर्कोमा अन्तर सम्बन्धित छौं । अनादी काल देखिका मृत्य शरीरका जिनसँग हामीहरु कुनै न कुनै रूपमा जोडिएका हुन्छौं । अत: पितृ जहिले पनि पहिलो हुने गर्छन् । भगवान भनेका यो श्रीष्टिका ब्यवस्थापक मात्र हुन् र भगवान दोस्रो हुन् । अत: पित्रीहरुको नियमित श्राद्ध गर्नु भनेको स्वर्ग भन्ने सर्भरबाट श्राद्ध गर्ने मृत आत्मा फोल्डर बाट तपाईमा सकारात्मक उर्जा प्राप्त गर्नु हो ।
गाडी त गाडी नै हो तर त्यहा प्रयोग हुने इन्जिनको शक्ति , इनर्जी अनुसार वर्गीकरण गरिएको हुन्छ । त्यस्तै सबै मान्छे त मान्छे नै हुन् । तर तिनीहरुको रहनसहन , रितिरिवाज, परम्परा , आनुबशिक जीव बिकास लगायतका कारणहरुबाट तिनीहरुको वर्गीकरण गरिएको हुन्छ र धर्म संस्कृति फरक फरक हुने गर्दछ । सबै धर्म संस्कृतिमा आ-आफ्ना पितापुर्खाहरुको सम्झना हुन्छ तर तिनीहरुको परम्परा, रितिरिवाज, धर्म संस्कृति अनुसार सम्झिने तरिका फरक हुन्छ । त्यसैले नै हिन्दु , बौद्ध , इसाई, मुस्लिम लगायत सबैले आ-आफ्ना पितापुर्खाहरु सम्झिन्छन् तर सम्झिने तरिका भने फरक फरक हुने गर्दछ ।