
- अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो
काठमाडौँ – काठमाडौँका सुमन पौडेलले ग्लोबल आइएमइ बैंकको साखाबाट पैसा निकाल्दा एउटा नोटमा अर्को हजारको आधा नोट टाँसी बदमासी भएको थाहा भएपछी अर्थ सरोकारको सहयोगमा उक्त रकम सटही भएको थियो । सोहि प्रकरणमा बैंकका सूचना अधिकारीसमेत रहेका सुरेन्द्र राज रेग्मीले यस्तो गर्ने जो कोहि भएपनि आफुहरुले अनुसन्धान गर्ने बाचा गरेका थिए । यतिसम्म कि उनले उक्त नोटको बिटो कहाँबाट आएको थाहा भइसकेकाले आफुहरुले अनुसन्धान गर्ने र यस विषयमा खबर गर्ने बताएका थिए । बैंकका चिफ कम्प्लाइन्स अफिसरले पनि आफुले मोटामोटी नोट फर्जी प्रकरणबारे बुझीसकेकाले आफुहरुले कुनै पनि खालको अनुसन्धानबाट दोषी पत्ता लगाउने बताएका थिए । तर घटना घटेको झन्डै एक महिना हुन लाग्दा पनि बैंकले उक्त प्रकरणमा के गर्यो भन्ने बारे आफु अपडेट नरहेको सूचना अधिकारीको भनाइले दोषी कतै ग्लोबल आइएमइ बैंककै संरक्षणमा त छैनन् ? भन्ने शंका उब्जाएको छ ।
हाकाहाकी झुट बोल्दै सूचना अधिकारी रेग्मी भन्छन्, ‘मलाई यसबारे कुनै अपडेट छैन’
अर्थ सरोकार टेलिभिजन कार्यक्रममा घटनाबारे सत्य तथ्य पत्ता लगाएरै छोड्ने बताएका सूचना अधिकारीलाई हामीले बुधबार घटनाको थप विवरण मागेका थियौं । कसले गरेको रहेछ त यस्तो गलत काम ? छानविन कहाँ पुग्यो ? घटना प्रहरी, वा नेपाल राष्ट्र बैंक कता गयो ? हाम्रो प्रश्नमा उनले आफुलाई घटना बारे थप अपडेट नभएको र अपडेट भएर खबर गर्ने बताएका थिए । १ महिनासम्म ग्लोबल आइएमइ बैंकले के अनुसन्धान गर्यो त ? भन्ने हाम्रो प्रश्नमा उनले यसबारे बुझेर खबर गर्ने बताएका थिए । उनले घटनाबारे बैंकमै बुझ्न गएका अर्थ सरोकारकर्मीलाई बैंकले यस्तो गलत काम गर्ने को हो भन्ने कुरा लगभग पत्ता लगाईसकेको दावी गरेका थिए । तर विहिबार हामीले उनलाई यस विषयमा बुझ्न फोन गर्दा उनले फोन उठाएनन् । यसअघि पनि हामीले पटक पटक उनलाई फोन गर्दा पनि उनले कुनै पनि प्रतिक्रिया दिएका थिएनन् । यसले पनि अपराधी बैंककै संरक्षणमा छ भन्ने शंकालाई थप बढावा पुगेको छ । यस विषयमा थप अपडेट लिएर आफैं जानकारी गराउँछु भन्ने सूचना अधिकारीले नै घटनाबारेमा अपडेट छैन म भन्नुले बैंकभित्र यस विषयलाई लिएर केहि खिचडी पाकिरहेको शंका गर्ने ठाउँ उब्जाएको छ ।
किन लुकाउन खोजिंदैछ अपराधी ?
यसो त यो विषयलाई लिएर बैंकले नेपाल राष्ट्र बैंक र प्रहरी दुवै निकायमा उजुरी दिइनसकेको बैंककै कर्मचारीहरु स्वीकार्छन् । यसले पनि ग्लोबल आइएमइ बैंकले यो प्रकरणलाई थामथुम पार्न खोजेको शंका उब्जिएको छ । नोट फर्की प्रकरण हुँदा पनि बैंकले किन प्रहरीलाई खबर गरेन ? यस्तो विषयको औपचारिक जानकारी बैंकले नेपाल राष्ट्र बैंकलाई नदिनुले पनि शंका गर्ने अरु ठाउँहरु उब्जाएको छ । बैंकको पछिल्लो क्रियाकलापले यस्तो गलत काम गर्ने व्यक्ति कतै बैंककै उपल्लो तहका चिनजानका कर्मचारी त परेनन् ? भन्ने शंका पनि उब्जाएको छ । घटना भएको केहि दिनमै ग्लोबल आइएमइ बैंकका तत्कालीन कान्तिपथ साखा प्रबन्धकलाई सरुवा गरेर नयाँ साखा प्रबन्धक ल्याईनुले पनि कतै यो वा यिनै खालका विषयमा बैंकले आन्तरिक रुपमा केहि थाहा पाएर ‘एक्सन’ लिएको त होइन ? भन्ने शंका पनि उब्जाएको छ ।अर्कोतर्फ देशभर नकली नोटको बिगबिगी बढीरहेका बेला बैंकले किन यस्तो घटना लुकाउने प्रयास गर्दैछ भन्ने कुरा पनि शंकाको विषय हो ।
हेर्नुहोस् घटना के भएको थियो र सूचना अधिकारीले के भनेका थिए ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्