
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ- चिटिक्क परेको आफ्नै घर । हरेक नेपालीमा हुने सपना हो यो । तर जति मिठो छ यो सपना, पूरा गर्न त्यति सहज धेरैलाई लाग्दैन । आफ्नै घरका लागि पैसाको जोहो गर्नकै लागि बैंकबाट कर्जा लिनेहरुको संख्या ठूलो छ । यसो त सर्वसाधारणको घर बनाउने काममा विभिन्न बैंकहरुले घर कर्जा प्रवाह गर्दै आईरहेका छन् ।जनताको सपनासँग बिजनेश गर्न माहिर नेपाली बैंकहरुले अहिले जुनसुकै ठाउँमा नयाँ घर किन्न वा बनाउन परेमा ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । सो योजनामा बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा समेत दिइरहेका छन् ।
यसरी हुन्छ धितो मुल्यांकन, रेटमा बार्गेनिङ चल्छ है !
बैंकको कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ । सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ । यो बार्गेनिङ बैंकमा सामान्य हो । यो विषयमा ख्याल गरे खर्च जोगाउन सकिन्छ भने लामो समयका लागि ढुक्क पनि हुन सकिन्छ । बैंकले सुरुमा तपाईंले कस्तो सम्पत्ति धितो राख्न खोजिरहनुभएको छ भन्ने कुरा हेर्छ । त्यसलाई सरकारी मूल्याङ्कन र प्रचलित बजार मूल्यको भारित औसतका आधार र घर-जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ बैंकले । भ्यालुएसनको निश्चित फर्मुला छ । तर भ्यालुएसन गर्दा हालको बजारमूल्य राख्ने ठाउँ पनि हुने हुनाले त्यसमा केहि तल माथि गर्ने चलनसमेत छ । कुल मुल्यांकनको ४० देखि ५० प्रतिशतसम्म बैंकले ऋण दिन्छन् । अधिकतम ५० % नेपाल राष्ट्र बैंकले नै तोकिदिएको सिलीङ हो । अग्रिम ऋण तिर्दा बैंकले कर्जा लिएको ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।
आफैं निकाल्नुहोस हिसाव ! महँगो भाडा तिर्नुभन्दा आफ्नै घर किन्नु- बनाउनु बेश !
मासिक किस्तामा कति रकम तिर्नुपर्छ भन्ने हिसाब निकाल्न अहिले निकै सहज भएको छ । स्मार्ट फोनबाटै आफ्नै घरमा बसेर नै आफुले तिर्नुपर्ने रकम थाहा पाउन सकिन्छ । कतिपय बैंकले त उक्त हिसाव गर्नका लागि क्यालकुलेटर नै बैंकको वेव साइटमा राखिदिएका छन् । वा यसका लागि कुनै एउटा ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर आफ्नो हिसाव आफैंले गर्न सकिन्छ । यदि, कर्जाको कारोबार गरेकै बीचबीचमा तपाईको कमाई वा आम्दानी बढेमा बैंकले दिएको कर्जा अवधिलाई घटाउन पनि सकिन्छ । अर्थात तपाईले बढि आम्दानी गरेको रकम बैंकलाई सबै बुझाएर वा तिरिदिएर बाँकी रहको कर्जाको व्याज र किस्ता स्वरुप तिर्न पाइने व्यवस्था बैंकहरुको नियमनकारी संस्था नेपाल राष्ट्र बैंकको छ । बैंकले यस्तै योजनालाई प्रचार पनि गरिरहेका छन् ।
यि कागज सुरुमै ठिक पार्नुहोस् है !
१. जसको नाममा कर्जा लिने हो उसको पासपोर्ट साइजको फोटो
२. तयारी घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र
३. ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी
४. निर्माण इजाजत र घरको नक्शापास भएको कागजात
४. जग्गाको लालपूर्जा
५. तिरो तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
६. ब्लू प्रिन्ट र ट्रेस म्याप
७. आम्दानीको प्रमाणपत्र (आफूले काम गर्ने कम्पनी वा संस्थाबाट बनाउन सकिन्छ)
८. ६ महिनाको बैंक स्टेटमेन्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्