Skip to content
LAXMI SUNRISE BANK

घुँडा धसेर पढेको काम बल्ल आउने भो, मिल्ने भो सर्टिफिकेट धीतो राखेर कर्जा लिन ! कति पढेकाले कति पाउँछन् ?

अर्थ सरोकार

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
‘पढ्यो पढ्यो पाठ… 
नेपालमा काम नपाएपछि विदेशकै आश’
धेरै नेपालीले भोगेको समस्या हो यो । तर अव भने आफुले पढेको सर्टिफिकेट राखेर कर्जा पाइने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरुलाई आग्रह गरेसँगै यस्तो अवसर आएको हो । आर्थिक वर्षको मौद्रिक नितीमा शैक्षिक प्रमाणपत्र राखेर बैंकबाट लिन पाउने नियम आएपनि यसको प्रक्रियामा अलमल थियो । 
चालू आर्थिक वर्षको बजेटमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था भएको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने भएका थिए । राष्ट्र बैंकले कार्तिक २५ गते (आइतबार) एक सुचना मार्फत सबै सम्बन्धित सरोकारवालाहरुलाई सो कर्जा लिन आग्रह गरेको हो । यता केन्द्रिय बैंकले गत साउन ११ गते नै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा प्रवाहा गर्न परिपत्र गरिसकेको थियो । 
आर्थिक वर्ष २०७५÷७६ को बजेटमा व्यवस्था अनुसार महिला उद्यमशीलता, दलित तथा विपन्न वर्ग विकास, उच्च र प्रवाधिक तथा व्यवसायिक, शिक्षित युवा, स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, भुकम्प पिडीतको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपक्षीं जस्ता कार्यका लागि कर्जा उपलब्ध गराउने र तोकिएको व्याज प्रदान गर्ने समेत रहेको छ । यस्तै, कम्तीमा स्नातक तह पास गरेको कर्जा पाउनेछन् र ४० वर्षभन्दा कम उमेर भएको व्यक्तिले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउनेछन् । 
शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । कार्यविधि अनुसार शिक्षित युवाल शैक्षिक प्रमाणपत्र धितो राखि ७ लाख रुपैयाँ र विदेशबाट फर्केका युवा परियोजन कर्जामा १० लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । भूकम्प पिडितको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ, दलित तथा विपन्न वर्ग विकास कर्जा १० लाख रुपैयाँ, महिला उद्यमशीलता कर्जा १५ लाख रुपैयाँ र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाखसम्म लिन पाइनेछ । 
यस्तै, पशुपक्षीं तथा व्यवसायिक कृषि कर्जा रु. ५ करोडसम्म लिन पाउने व्यवस्था गरेको छ । ५ करोड रुपैयाँ भन्दा बढि रकम कसैको माग भएमा वा कर्जाको सीमा प्रति ऋणि ५ करोड भन्दा बढि भएमा केन्द्रिय समन्वय तथा अनुगमन समिति समक्ष स्वीकृतिको लागि पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लिन चाहिरहेका व्यक्तिहरुलाई सहज हुने नजिकैको शाखा मार्फत सेवा प्रवाहा गर्न केन्द्रिय बैंक अर्थात नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । साथै, इच्छुक र योग्य सर्वसाधारणहरुले आफुलाई अनुकुल शिर्षकमा कर्जा लिई उद्यमशीलता र व्यवसाय जस्ता कार्य सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । 
यस्तो छ शैक्षिक प्रमाणपत्र धतो राखि कर्जा लिने प्रक्रिया
शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा सात दिनको सिप विकास तालिम अनिवार्य लिएको वा यो कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गरेको हुनुपर्नेछ । विदेशी वा भारतका विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK