×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा साक्षरता : ‘मिठो मह’ दिने मौरीको बीमा गर्नु भयो त ? यस्ता छन् प्रक्रिया, र बीमा दाबीका शर्तहरु…!

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- ‘मह’ नाम सुन्दै मिठो । स्वास्थ्यका लागि काइदाको चिज । धार्मिक काममा पनि उस्तै उपयोगी । मह नै बेचेर करोडपति बनेका कृषकहरु पनि छन् नेपालमा । व्यावसायिक मौरी पालन गरेर निकै राम्रो आम्दानी गर्नेहरुको संख्या पनि दिनानुदिन बढेको छ । महका साथै मैन जस्ता बस्तुको उत्पादन गर्नेसमेत सकिने भएकाले यो पेशा तर्फ धेरैको आकर्षण बढेको छ । इतिहास खोतल्ने हो भने आजभन्दा १५००० बर्ष अघिदेखि जङ्गली मौरीबाट मह संकलन गरिएको पाइन्छ । आजभन्दा ४५०० वर्ष अघिदेखि मौरीलाई घरमै पाल्न थालिएको इतिहास छ । समय चक्रसँगै नेपालमा मौरी पालन व्यवसाय फस्टाउदै पनि गईरहेको छ । 
मौरीको बीमाबारे केहि कुरा: कस्तो क्षति भएमा पाइन्छ हानीको भुक्तानी ?
नेपालको मौरी पालन व्यवसायलाई अगाडी बढाउन बीमा समितिले मौरी बीमालेख जारी गरेको छ । नेपाल सरकारले कृषि बीमा अन्तर्गत मौरी बीमामा कुल बीमाङ्कको ७५ प्रतिशत अनुदान रकम प्रदान गरिने गरिएको चाह । मौरी पालन बीमालेखले रक्षावरण गर्ने अवस्थाहरु मौरी पालन व्यवसायको बीमालेखले सबैको रक्षावरण गर्न सक्दैन । मौरीरघार बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको सीमासम्म वास्तविक क्षतीको ९० प्रतीशत रकमसम्म बीमीतलाई भुक्तानी गर्छ । मौरी बीमा अवधिमा आगलागी, चट्याङ, भूकम्प, बाढी, भूूस्खलन आधिँबेहरी, असिना, हिँउ वा तुसारा, आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु, चरन प्रयोजनको लागि ढुवानी गरी ल्याउदा वा लग्दा सवारी साधन दुर्घटनाको कारण, मौरी रोग-परजिवी र प्राकृतिक शत्रुहरुको महामारी, चरनमा वा घारमा विषादीका कारण घारको मौरी नष्ट भएमा रक्षावरण गर्दछ । 

कस्तो बेला हुँदैन बीमा भुक्तानी ?
छोटोमा भन्दा मौरी पालन बीमालेखले रक्षावरण नगर्ने अवस्थाहरु यस बीमालेखले मौरीले मह उत्पादन नगरेमा वा नभएमा, मौरी बीमितको घरबाट मौरी घार चोरी भएमा, मौरी स्थानतरण गर्दा, परिवारको सदस्यको लापरवाहीको कारणले वा जानीजानी मौरीको हेरचाह नगरेमा, चरनमा लग्दा वा ल्याउदा, बन्द हड्ताल बाटोको समस्या वा अन्य कुनै कारणबाट ढिलाई भै मौरी घारमा क्षति भएमा कम्पनीले दाबी भुक्तानी गर्दैन । साथै, मौरी धनीले प्रस्ताव फाराममा विवरण दिदाँ गलत विवरण दिएमा वा जोखीम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता कुरालाई लुकाकाएर झुट्टा कुरा उल्लेख गरेमा बीमक अर्थात बीमा गराउने कम्पनी बीमा दाबीप्रति उत्तरदायी हुँदैन । मौरी बीमाका सर्तहरु र दाबी गर्दा अपनाउनुपर्ने प्रक्रिया मौरीको बीमा गरिदिने व्यक्ति बीमक वा बीमा गरिएको संस्थाका आधिकारिक व्यक्तिहरु बेला बेलामा मौरीरघारको निरक्षण गर्न आउने हुँदा मौरी धनीले परिक्षण गर्न दिनुपर्ने हुन्छ । साथै, मौरीको घारलाई बीमकले सफा र सुरक्षित हुने वा देखिने गरी एउटा सङकेत चिन्ह लगाएर राख्नुपर्दछ । 

के छ बिमा दाबीका प्रक्रिया ?
मौरी धनीले मौरीरघारको क्षतीहानि – नोक्सानी भएमा सोको ३ दिनभित्र लिखित जानकारी दिनुपर्छ । स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनुपर्छ । मौरी घारको क्षति- नोक्सानी भएमा मौरी धनीले त्यसको २५ दिनभित्र कारणसहित बैंक वा सदस्य संस्था मार्फत देहायका कागजात बीमक समक्ष पेस गनुपर्दछ । जसअनुसार पूर्ण रूपले भरिएको दाबी फाराम, सक्कल बीमालेख, सम्बन्धित प्राविधिकको प्रतिवेदन, गा.वि.स, न. पा., वडा कार्यालय, मौरी बीमालेख अन्तर्गत बीमकले दाबी भुक्तानी नदिएमा वा कम दिएमा सोको जानकारी प्राप्त भएको ३५ दिनभित्र मौरी धनीले बीमा समितीमा उजुरी दिन मिल्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: