×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीसँगको टसलका कारण बीरबिक्रम रायामाझीले छोडे राष्ट्रिय बीमा कम्पनी, यस्तो छ ‘टसल’को इतिहास !

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- बिगत लामो समय नेपाल राष्ट्र बैंकमा काम गरेर बीमा कम्पनीमा जोडिएका राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायामाझीले आफ्नो पदाबाता राजीनामा दिएका छन् । उनले पुस २० गतेदेखि लागु हुनेगरी राजिनामा दिएका हुन् । आफ्नो कार्यकाल ७ महिना अझै बाँकी रहेपनि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । अर्थ मन्त्रालयले राजीनामा दिन घुमाउरो दबाब दिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले कार्तिक २० गते कात्तिक २० गते सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । 
अर्थमन्त्री खतिवडा र रायमाझीबीचको टसल !
यसो र अहिलेका अर्थमन्त्री युबराज खतिवडा र बीरबिक्रम राजमाझीको ‘टसल’ निकै पूरानो हो । रायमाझी र खतिवडा गभर्नर बन्ने लाइनमा रहेकाले त्यतिबेला देखि नै यो टसल सुरु भएको थियो । कुनै बेला अर्थमन्त्री खतिवडा र बीरबिक्रम रायमाझी एक अर्कालाई सिध्याउन नै लागेको चर्चा पनि चल्ने गरेको थियो । पछिल्लो समय किष्ट बैंकका तत्कालीन सीइओलाई पक्राउ गर्ने काममा आफ्नो लविङ सफल भएपछि खतिवडाले कुनै बेला आफ्ना प्रतिद्वन्दी रहेका बीरबिक्रम रायमाझीलाई पनि राष्ट्रिय बीमा कम्पनीबाट हटाउन प्रेसर दिइएको आरोप अहिले पनि अर्थमन्त्रीलाई लागेको छ । यसो त राष्ट्र बैंकको गभर्नर बनाउन तत्कालीन समयमा कमल ज्ञवालीले निकै सहयोग गरेपनि अन्तमा खतिवडाले त्यसमा बाजी मारेपछि उनीहरुबीचको टसल पछिल्लो समयसम्म रहँदै आएको छ ।
को हुन् बीरबिक्रम रायमाझी ?
बीरबिक्रम रायमाझी लामो समय नेपाल राष्ट्र बैंकमा काम गरेका व्यक्ति हुन् । उनी डेपुटी गभर्नरसमेत भएका थिए । तत्कालीन अवस्थामा गभर्नरका निकै बलिया दाबेदार मानिने उनी गभर्नर भने हुन पाएनन् । नेपाल राष्ट्र बैंकको जागिर छोडेपछी उनी बीमा व्यवसायमा आएका हुन् । रायमाझी चार्टड एकाउन्टेन्टसमेत हुन् । भारतीय बोर्ड (आइसीएआइ)बाट सिए उतिर्ण गरेका उनी निकै प्रखर, लगनशील व्यक्तिका रुपमा चिनिन्छन् । कसैको चाकडी नगर्ने र सत्य कुरो बोलीहाल्ने उनको बानीले धेरै पटक उनलाई समस्यामासमेत पारेको थियो । 
उदाहरणका लागि तत्कालीन किष्टले बैंकमा एकीकृत कारोबार थालेको दिन ०६६ बैशाख २४ गते तत्कालीन बैंकर्स संघका अध्यक्ष सशिन जोशी र धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले एक कार्यक्रममा किष्ट फाइनान्सबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको भएपनि संस्थागत सुशासनमा समस्या भएको बताएका थिए । तर त्यहि कार्यक्रममा राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर रहेका वीरविक्रम रायमाझीले उनीहरुको कुरा काट्दै राष्ट्र बैंकलाई कसैले पनि सुशासनको कुरा सिकाउनु नपर्ने र किष्टको संस्थागत सुशासनमा कुनै समस्या नरहेको बताएका थिए । किष्टले एकीकृत कारोबार गरेको भोलिपल्ट साँझ सोल्टी होटलमा पार्टी गरेको थियो । डेपुटी गभर्नर रायमाझीले त्यस्तो जवाफ दिएकोले जोशी र पौडेल दुबैजना पार्टीमा गएनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: