×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विदेशमा ‘डिभोर्स इन्स्योरेन्स’ गर्नेहरुको संख्या अचाक्ली बढ्यो, नेपालमा पनि यस्तो पोलिसी आए के होला ?

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – नेपाली संस्कृतिमा हुर्किएका तपाई हामीलाई ‘डिभोर्स बीमा’ पनि हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यसो त नेपालमा प्रचलनमा रहेका कुनै पनि संस्कारमा डिभोर्सलाई सामान्य मानिंदैन । तर यो बीमा पोलिसी हाल नेपालमा नभएपनि बाहिरी देशहरुमा भने खरिद बिक्री भईरहेको छ । समय परिवर्तनसँगै वैवाहिक सम्बन्धमा आउने खटनपटन पछी हुने डिभोर्समा धेरै खर्च नलागोस् भनेर विश्वका धेरै बीमा कम्पनीहरुले डिभोर्स बीमा पोलिसी बिक्री गर्दै आएका छन् । 
यस्तो छ डिभोर्स इन्स्योरेन्सको इतिहास !
इतिहास पल्टाउने हो भने ‘डीभोर्स इन्स्योरेन्स’को सुरुवात सन् २००५ देखि भएको देखिन्छ । पहिलोपटक सन् २०१० मा डिभोर्स पोलिसी बिक्रि भएको थियो । ४ वर्षको अवधि हुने यो बीमामा बीमा अवधि समाप्त हुनुभन्दा पहिले नै डिभोर्स भएको खण्डमा बीमा भुक्तानी पाइन्छ । धेरैले यस बीमा पोलिसीलाई नकरात्मक रुपमा हेरेको भएपनि यस पोलिसीका केहि सकारात्मक पाटोहरु पनि छन् । श्रीमती पनि छोड्नु पर्ने, डिभोर्सको खर्च पनि स्वाहा हुनु त पक्कै राम्रो भएन । डिभोर्स इन्स्योरेन्सको पोलिसी किनेकाहरुलाई इन्स्योरेन्स कम्पनीले डिभोर्स हुँदा लागेको खर्च ब्यहोरिदिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यम ‘टाईम म्यागजिन‘का अनुसार डिभोर्स बीमा पोलिसी वा बीमालेखले डिभोर्सको प्रक्रियमा लाग्ने खर्च वहन गर्छ । यो इन्स्योरेन्सको पोलिसी खरिद गरेकाहरुले वकिललाई तिर्नुपर्ने रकम, कागजात मिलाउन लाग्ने खर्च र विभिन्न कानुनी प्रक्रियामा लाग्ने खर्च सबै बीमा कम्पनीले ब्यहोरिदिन्छ । डिभोर्स बीमा पोलिसीलाई दुर्घटना बीमा पोलिसीको आधारमा तयार गरिएको हुँदा डिभोर्स बीमा पोलिसीले बीमकलाई डिभोर्स पश्चात डिभोर्समा भएको खर्चको भुक्तानी दिन्छ ।
जीवनसाथीको भर नभएका देशमा डिभोर्स बिमा गर्नेहरु बढे !
उखानै छ नि, ‘अमेरिकामा थ्री डब्लु अर्थात वर्क (काम), वेदर (मौसम) र वाइफ (श्रीमती)को कुनै टुंगो नै हुँदैन । तस्तै अमेरीकामा एक बर्षभरी हुने विवाहको ४४ प्रतिशत विवाह डिभोर्समा गएर टुगिंएको तथ्यांक छ । विवाहको पहिलो ८ बर्ष भित्रै सबैभन्दा धेरै डिभोर्स हुने गरेको टाईम म्यागजिनको अध्ययनलेसमेत देखाएको छ । अहिले विभिन्न देशमा यो रोग भाइरल भएको छ । सम्बन्धहरु कमजोर बनेका छन् । अमेरिकामा प्रति डिभोर्स न्युनतम १५ हजार अमेरिकी डलर र अधिकतम ३५ हजार अमेरिकी डलर सम्म खर्च लाग्ने गरेको तथ्यांक छ ।नेपालमा पनि विवाह महँगो हुँदै गएको तथ्य कसैले नकार्न सक्दैन । टाईम म्याागजिनकै अर्को अध्ययनबाट निस्किएको तथ्य अचम्मलाग्दो छ । म्यागजिनका अनुसार डिभोर्सका लागि आवेदन दिनेमध्ये करिब ७० प्रतिशत मानिस डिभोर्सको खर्च व्योहोरेर गरिबीको रेखामुनि आउने गरेका छन् । 
यस्तो पोलिसी नेपालमा आए के होला ? 
नेपालमा पनि पछिल्लो समय डिभोर्सका घटनाहरु बढीरहेका छन् । नक्कली विवाह गरेर विदेश जानेहरु बढीरहंदा डिभोर्सका घटना बढेका छन् । बुढा विदेशमा पसीना खर्च गर्ने र बुढी नेपालमा अर्कैसँग सल्किने वा श्रीमती विदेशमा दुख गर्ने, श्रीमानले नेपालमा अर्कैको सेवा गर्ने चलन बढेपछी डिभोर्सका घटना बढेका छन् ।मुलुकी देवानी संहिता ऐन २०७४ ले पति र पत्नी बीचको सम्बन्ध आपसी मन्जुरीबाट जहिले सुकै बेला पनि विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । यस ऐनको दफा ९४ मा पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्न सक्ने अवस्थाको विवेचना गरिएको छ । तर नेपालमा सम्बन्ध विच्छेदको प्रक्रिया महँगो छैन । त्यहि भएर सम्बन्ध विच्छेद गराउने खर्चकै लागि यसो वीमा नेपालमा उपयोगी नहुन सक्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: