×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सम्मानको खेती : अवार्ड पाउन बीमा कम्पनीहरुले आयोजकलाई पैसा बुझाएको खुलासा ! के भन्छ नियामक ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि दिनअघि एउटा विदेशी कम्पनीले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्यो । नेपालको एक पाँच तारे होटलमा आयोजित उक्त कार्यक्रममा आयोजकले विभिन्न बीमा कम्पनीहरुलाई विभिन्न शिर्षकमा अवार्ड दियो । उसले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स, र नेपाल इन्स्योरेन्सलाई अवार्ड दियो । सोहि अवार्ड पाएको भन्दै विभिन्न पत्र पत्रिकामा प्रचारबाजी पनि गरियो । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लाइ बेष्ट ब्राण्ड लिडरशिप अवार्ड, गुराँस लाइफ इन्स्योरेन्सलाई बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड र नेपाल इन्स्योरेन्सलाई पनि बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड प्रदान गरिएको थियो । जवकि गुराँस लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी पटक पटक बीमा समितिबाट कारवाही भोगेका कम्पनीहरु हुन् । 
बीमा समितिले पटक पटक कारवाही गरेका संस्थाहरु कसरी बेष्ट बने त ?  अझ इन्स्योरेन्स कमपनीहरुबाट नेपाल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले उही शिर्षकको अवार्ड पाए । ‘बेष्ट’ भनेको त एउटा पो हुन्छ । दुइटा कम्पनी कसरी उही शिर्षकमा कसरी सर्वोत्कृष्ट भए ? हामीले खोजी गर्यौं । खोजी गर्दै जाँदा बुझियो कि यो अवार्ड कोहि राम्रो भएर होइन, जसले आयोजकलाई पैसा बुझायो, उनीहरुलाई दिइएको रहेछ ।
कसले कति पैसा बुझाए ? के भन्छन् कम्पनीका प्रतिनिधि ?
हामीले खोजी गर्दै गयौं । यसै क्रममा अवार्ड पाउने एक कम्पनीका उच्च तहका कर्मचारीले अवार्ड दिने आयोजकलाई पैसा तिरेको स्वीकारे । त्यसपछि हामीले अवार्ड पाउने कम्पनीका प्रतिनिधिहरुलाई सम्पर्क गर्यौं । गुराँस लाइफ इन्स्योरेन्सका सीइओ नारायण कुमार भट्टराइले आफुहरुले सहभागीता शुल्क भनेर केहि शुल्क आयोजकलाई बुझाएको स्वीकारे । ‘पार्टीसिपेसन फी भनेर तिरेका हौँ । तर अवार्डकै लागि पैसा भनेरचाहिं तिरेको छैन ।’ ‘जे शिर्षकमा भएपनि आयोजकलाई त बुझाएको हो नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘पार्टीसिपेसन फी भनेर बुझाएको हो ।’ यस अघि यस्तै एउटा कम्पनीले पैसा लिएर विभिन्न बैंकहरुलाई विभिन्न शीर्षकमा अवार्ड दिएपछि नेपाल राष्ट्र बैंकले त्यसमा रोक लगाएको थियो । ‘आफुलाई अवार्ड दिने कम्पनीबारे के थाहा छ ?’ भन्ने हाम्रो प्रश्नमा गुराँस लाइफका सीइओ भट्टराइले आयोजकले आफुलाई निरन्तर फलोअप गरेको र पोहोर सालदेखि नेपालमा अवार्ड दिन उक्त कम्पनीले थालेको भन्ने जानकारी आएपछी आफुहरु पनि सहभागी भएको बताए ।
अवार्ड लिने दोश्रो कम्पनी थियो नेपाल इन्स्योरेन्स । यसबारे बुझ्न हामीले नेपाल इन्स्योरेन्सका मार्केटिङ प्रमुख संजय अर्याललाई फोन गर्यौं । उनले अवार्ड लिन कम्पनीले पैसा तिरेकोबारे आफुलाई थाहा नभएको बताए । ‘सबै कुरा सीइओ सरसँग नै भएको हो । उहाँले नै सबै कुरा गर्नुभएको हो । मलाई यस विषयमा थाहा नै भएन ।’ पैसा लिएकोबारे प्रश्न उठेपछि सीइओलाई कुरा पन्छाएका उनको भनाइ सुनेपछी हामीले नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ बिजय बहादुर शाहसँग सम्पर्क गर्यौं । तर तत्काल उनीसँग सम्पर्क भएन । तर नेपाल इन्स्योरेन्सका अर्का एक उच्च तहका कर्मचारीले भने आयोजकलाई पैसा तिरेको स्वीकारे । ‘इन्योरेन्स कम्पनीले लुकाएर खर्च गर्न मिल्दैन । अवार्ड दिने आयोजकलाई केहि पैसा तिरेको हो । भोलि नियामकले जानकारी माग्यो भने दिनुपर्छ । यस विषयमा यहाँभन्दा बढी केहि नभनौं होला ।’
यो अवार्डलाई के के न पायौं जसरी प्रचार प्रसार गर्ने अर्को कम्पनी हो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड । पटक पटक वीमा समितिको कारवाही भोगेको यो कम्पनीले बेष्ट ब्राण्ड लिडरशिप अवार्ड पाएको छ । हामीले यस विषयमा कम्पनीका आधिकारिक व्यक्तिसँग बुझ्ने प्रयास गरायौं । तर त्यसरी कोहि पनि सम्पर्कमा नआएपछी हामीले हाम्रो स्रोत प्रयोग गर्यौं । कम्पनीले पनि आयोजकलाई पैसा तिरेको नै देखियो । ‘आयोजकलाइ तिरेको पैसा थोरै छ । त्यहाँभन्दा ४ गुणा बढी त अवार्ड पायौं भनेर पत्रपत्रिकामा बिज्ञापन गरियो ।’ कम्पनीका एक उच्च अधिकारीले भने ।   
     
के भन्छ बीमा समिति ? 
पैसा दिएर अवार्ड लिइएको प्रमाणित भयो । त्यसपछि हामीले यस विषयमा बुझ्न बीमा समितिमा फोन गर्यौं । यसअघि कुनै विदेशी कम्पनी आएर नेपालका बैंकहरुलाई यसरी नै मनपरी ढंगले जसले पैसा दियो उसैलाई अवार्ड दिने गरेपछि नेपाल राष्ट्र बैंकले यसमा रोक लगाएको थियो । बीमा समितिमा नियम के छ भनी जिज्ञासा लिएर हामीले समितिकी प्रवक्ता पुजन ढुंगेललाई सम्पर्क गर्यौं । ‘नेपाल राष्ट्र बैंकलेजस्तो बीमा समितिले कसैलाई अवार्ड लिन वा दिन रोकेको छैन । तर तपाईंहरुले उठाउनुभएको कुरा ठिक हो । अवार्डको नाममा ‘मिसलिड’ हुनु हुँदैन । बाँकी कुरा म माथि सरहरुलाई सोधेर खबर गर्छु ।’ हामीले पुन प्रश्न गर्यौं, ‘एलआइसी त्यहि कम्पनी हो जसलाई बीमा समितिले पटक पटक कारवाही गरेको छ । अनि त्यहि कम्पनीलाई कुनै विदेशीले आएर बेष्ट ब्राण्ड लिडरशिप अवार्ड दिंदा समिति बोल्नुपर्दैन ?’ हाम्रो प्रश्नमा उनले भनिन्, ‘तपाईंले उठाउनु भएको कुरा सार्है जायज हो । यस विषयमा कुनै पनि नियम छैन जस्तो लाग्छ मलाई । म माथि सरहरुसँग बुझेर तपाईंलाई खबर गर्छु ।’            
यस विषयमा नेपालमा उक्त कार्यक्रम आयोजक गर्ने आयोजकलाई हामीले आयोजकले दिएको नम्बर +९१ ९८२१६२२१११ मा सम्पर्क गर्यौं । तर त्यहाँको फोन उठेन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: